May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
सल्यानको श्रीनगर बजार र कुपिण्डे ताल एक साताको लागि बन्द

सल्यानको श्रीनगर बजार र कुपिण्डे ताल एक साताको लागि बन्द

बैशाख १४, सल्यान । सल्यानको श्रीनगर बजार एक साताको लागि बन्द हुने भएको छ । बजारका केही व्यापारी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार शारदा नगरपालिका वडा नं. १ ले एक सुचना निकाल्दै वडा नं. १ मा पर्ने श्रीनगर बजार सहित वडाका सवै व्यापार व्यवसाय बन्द हुने बताएको छ ।

कोरोना भाइरस फैलिन सक्ने संभावित जोखिमलाई गम्भीरतापूर्वक लिदै वैशाख १५ गतेदेखी २२ गतेसम्म बजार तथा सम्पूर्ण वित्तिय संस्था बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले बताएका छन । यद्यपि स्वास्थ्य संस्था, डरी, पेट्रोलिय पदार्थ, खानेपानी र बैंक एटिएम जस्ता सेवा संचालन हुनेछन ।

त्यस्तै बिहान ६ : ३० बजेदेखि ८ : ३० बजेसम्म स्वस्थ्य मापदण्ड पालना गरेर दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, ग्यास किनमेल गर्न पाईने बताईएको छ ।

यसैबीच सल्यानकाे प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा जानलाइ राेक लगाइएकाे छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ कुपिण्डे ताल नजिकै रहेकाे बाबियाचौर बजारमा एक जना व्यापारीलाइ काेराेना देखिएपछि ताल सँगै बजार पनि बैशाख १५ देखि २२ गतेसम्मलाइ बन्द गरिएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको