June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
कोदोको रक्सीलाई ब्राण्ड बनाउन प्रदेश नं. १ का मन्त्री उषाकला राइले बनाइन कार्यदल

कोदोको रक्सीलाई ब्राण्ड बनाउन प्रदेश नं. १ का मन्त्री उषाकला राइले बनाइन कार्यदल

बैशाख १३, काठ्माण्डौ । घरेलुस्तरमा उत्पादनमा हुने कोदोको रक्सीलाई ब्राण्ड बनाउन प्रदेश १ को सामाजिक विकासमन्त्री उषाकला राईले कार्यदल बनाएकी छन् ।

उनले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ, बजारीकरण तथा पर्वद्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल बनाएकी हुन ।

कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ छन । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराइलाई तोकिएको छ ।

पटक पटक संसद सार्वजनिक स्थानमा ‘ ब्याण्ड भर्सेस ब्राण्ड’ भन्दै घरेलु मदिराको पक्षमा आवाजा उठाउदै आएकी सांसद राईले सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन कार्यदल गठन गराएकी हुन । कार्यदलले सम्भाव्यता अध्यन गरेर ४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

नयाँ पत्रीका बाट साभार ।

शीर्ष समाचार

धेरै पढिएको