May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
कुपिन्डे तालमा सवार डुङ्गा दुर्घटना

कुपिन्डे तालमा सवार डुङ्गा दुर्घटना

बैशाख १, सल्यान । सल्यानको कुपिण्डे तालमा ७ जना सवार डुंगा दुर्घटना भएको छ । आज मध्याह्न साढे १२ बजेतिर यात्रु बाेकेर तालको बीच भागमा पुगेको काठकाे डुंगा तालको मध्ये भागमा पुगेको बेला डुबेको हो ।

दुर्घटना बाट मानविय क्षेती भने भएको छैन । डुंगामा सवार यात्रुले लाइफ ज्याकेट लगाएकोले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । काठले बनेकाे पुरानो डुंगा भएकोले भित्र पानी पस्दा डुंगा डुबेको बताइएको छ ।

डुंगा डुबेपछि यात्रुहरु लाइफ ज्याकेटकाे कारण पानीमा डुब्नबाट जाेगिएका हुन् । चालकले लगाएत त्यहाँ भएका अन्य ढुंगाका मान्छेले यात्रुलाई तालको किनारमा ल्याएर सकुशल उद्धार गरेका थिए । वडा अध्यक्ष कुल बहादुर पुरीका अनुसार डुंगा तालकाे धेरै तल गहिराइमा पुगेकाेले निकाल्ने अवस्थामा छैन् ।

उनले भने, ‘मान्छेहरु राेमान्टिक गर्ने ढंगले डुंगाकाे पीडमा बसेर हल्लिरहेका रहेछन् । डुंगाभित्र पानी पस्दा एकछट्के भएर पल्टियाे । यदि लाइफ ज्याकेट नलगाएकाे भए उहाँहरु पानीबाट उत्रिने सम्भावना थिएन् । लाइफ ज्याकेटले बचाँयाे ।’

नयाँ वर्षको दिन भएकाले आज कुपिण्डे तालमा मान्छेहरुको अत्याधिक भीड रहेको थियो । तालमा मान्छेकाे धेरै भीड हुँदा समेत सुरक्षाकर्मी परिचालन गरिएकाे थिएन् । वडाध्यक्ष पुरीले भने, ‘आज कल्पनै नगरेकाे धेरै मान्छेहरु ताल अवलाेकन गर्न आउनुभयाे, यति धेरै मान्छेहरु आउने थाहा भएकाे भए सुरक्षाकर्मी माग गरिन्थ्याे ।’

अहिले बावियाचाैरबाट प्रहरी पठाइएकाे जिल्ला प्रहरी प्रमुख डिएसपी गाेविन्द थापाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको