October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
तपाईको आज २०७७ माघ ३० गते शुक्रवारको राशिफल

तपाईको आज २०७७ माघ ३० गते शुक्रवारको राशिफल

तपाईको आज २०७७ माघ ३० गते शुक्रवारको राशिफल

ज्योतिषि ठाकुरप्रसाद देवकोटा मो.९८४७८४४०९५,९८०९५६०५५७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

बिगतमा रोकिएका कार्यहरु सम्पादन हुनेछन । आफनो कार्यमा अग्रता लिन सकिने समय रहेको छ । आर्थिक आर्यआर्जन क्षेत्रमा सफलता रहनेछ । व्यापार व्यवसाय तथा नोकरी गरेका लाई समय ठिकै रहनेछ । सहयोगिहरुको राम्रो साथ र सहयोग रहनेछ । अरुको मन सजिलै जित्ने समय छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)

सामाजिक कार्यमा अगाडि बढने समय छ । नसोचेको व्यक्तिहरु बाट पनि साथ र सहयोग मिल्नेछ । सामाजिक कामको जिम्मेवारी लिनु पर्ने देखिन्छ । अरुको कार्यमा केहि समय दिनु पर्ने देखिन्छ । नसोचेको कामहरु बन्ने योग छ । बिभिन्न अबसरहरु प्राप्त हुने समय रहेको छ । नयाँ कामको योजना आउनेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

आशा दिनेहरु बाट धोका रहनेछ । छेनिक फाईदा लिन खोज्दा समस्या आउनेछ । घरको स साना कार्यमा बढि अलमलमा पर्ने देखिन्छ । नयाँ कार्यमा लगानी गर्नु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । दैनिक कार्यमा केहि ढिलाई हुने देखिन्छ । थोरै आर्जनमा धेरै खर्च रहनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)

केहि मनोरन्जन केहि मनमा चिन्ता रहला । आफन्तले कार्यमा केहि समस्या दिनेछन । सोचे अनुसार काममा सफलता प्राप्त गर्न मुस्किल होला । दाम्पत्य जीवनमा केहि समस्या आउने हुँदा ख्याल गर्नुहोला । यात्रा गर्दा केहि समस्या आउला । व्यवसायमा ठिकै रहनेछ । मेहनत बढि कम प्रतिफल रहनेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

आत्मा बिश्वास साहस पराक्रमले अरुको मन जित्न सकिनेछ । तपाईको नराम्रो सोच्नेहरु बाट पनि सहयोग रहनेछ । तपाईको कार्यको राम्रो कदर हुनेछ । मेहनत तथा लगनशीलता बाट फाईदा रहने समय रहेको छ । बिगतमा रोकिएका कामहरु बन्नुका साथै व्यापारमा आर्थिक लाभ रहने देखिन्छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ समाचारले तपाईमा उत्साह दिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक क्षेत्रमा सफलता रहनेछ । आजको दिन कर्मशील रहने समय रहेको छ । व्यापार व्यवसायमा सफलता नै रहनेछ । सन्तान तथा आफन्तको साथ र सहयोग रहनेछ । सोचेको कामह्रु बन्नेछन । स्वास्थ्य लाई बिशेष ख्याल गर्नुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)

बोल्दा बिचार गरेर बोल्नु होला । आफन्त बाट धोका रहनेछ । आफनो भन्दा अरुको फाईदाका लागि काम गर्ने समय रहेको छ । पार्टनर तथा साझेदारी कार्यमा समस्या आउला । कार्यमा बाधा रहनेछ । सोचेको अनुसार कार्य व्यवस्थापन गर्न नसकिएला । घर परिवारको साथ सहयोग लिएमा सफलता रहनेछ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)

परिश्रम बढि कम प्रतिफल रहनेछ । सहयोगि बाट साथ र सहयोग रहनेछ । बिगतमा रोकिएका कामहरु बन्नेछन । केहि नबिन कार्यहरु गर्ने सोच आउनेछ । व्यापार व्यवसायमा फाईदा रहनेछ । प्रतिस्पर्धामा सफलता रहनेछ । तपाईको कर्मको उचित प्रतिफल रहनेछ । आर्थिक क्षेत्रमा सफलता रहनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

तपाईको परिश्रमको मान्यता हुनेछ । आर्थिक लाभ हुने कार्यमा जुटने समय छ । बिगतका कमि कमजोरी लाई सुधार गर्ने समय रहेको छ । बोलिको प्रभाव बाट कार्य सम्पादनमा सफलता रहनेछ । अरुको समस्या बुझेर अगाडि बढनु होला । सोच बिचार गरेर कार्यमा अगाडि बढदा सफलता छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)

बिगतमा बिछोडिएका साथीहरु सग भेटघाट हुनेछ । सहयोगहरुको साथ सहयोग मिलनेछन । नयाँ कामको थालनी हुनेछ । आत्मा बिश्वासमा वृद्धि रहनेछ । बिगतका गल्ति कमजोरी लाई सुधार गर्ने समय छ । स्वादिष्ट भोजनको समय छ । आर्थिक लाभ रहनेछ । मनोरन्जनमा केहि समय बित्नेछ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)

आर्थिक लाभ लिन खोज्दा केहि जोखिम रहनेछ । छरछिमेकि तथा आफन्तमा केहि बिवाद आउला । बिदेश जानेहरुको लागि समय राम्रो छ । घराँयसि खर्चमा बृद्धि रहनेछ । समय लाई चिन्न नसक्दा केहि समस्या आउनेछ । यात्राको समय रहेको छ । समय लाई चिनेर अगाडि बढने प्रयास गर्नु होला ।

मीन(दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)

व्यापार व्यवसायमा खर्च गर्नु पर्नेछ । तपाई लाई सहयोगको आशा देखाउने बाट समस्या रहेको छ । आम्दानी थोरै धेरै खर्च हुने समय रहेको छ । परिश्रम बाट भने अनुसार प्रतिफल छैन । तपाईको कार्य बाट अरुलाई बढि फाईदा हुने समय रहेको छ । दैनिक कार्यमा ढिलाई तथा बाधा देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको