August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
सल्यानका १०८ शिक्षकलाई दिइयो, “विद्यार्थी कार्यपुस्तिका” सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम

सल्यानका १०८ शिक्षकलाई दिइयो, “विद्यार्थी कार्यपुस्तिका” सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम

मंसिर २४, सल्यान । “रुम टु रीड” पढ्नको लागी कोठा तथा दलित विकास समाज सल्यानले सल्यान जिल्लाका विभिन्न ६ वटा गाँउपालीकाहरु सँगको साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्र्तगतका कक्षा एक र दुईमा नेपाली भाषा पढाउने शिक्षकहरुका लागी आयोजित तिन दिने विद्यार्थी कार्यपुस्तिका अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

कोभिडका कारण वन्द भएका विद्यालयहरुमा पढाई क्रियाकलाप संचान हुन थालेपछि उक्त तालिम भर्चुअल माध्याम वाटै आयोजना गरीएको हो । भर्चुअल माध्याम द्धारा संचालन गरीएको तालिम लाई रुम टु रीडका क्षेत्रिय कार्यक्रम व्यवस्थापक खड्ग वहादुर कुवर, जिवन कार्की, वावुराम पोख्रेल, विनायक रेग्मी, केशव गुरागाईले सहजिकरण गर्नु भएको थियो ।

तालिमको अवसरमा सल्यान जिल्लाका कपुरकोट,त्रिवेणि तथा छत्रश्वरी गाँउपालिकाका शिक्षा शाखा प्रमुखहरुले कार्यक्रमको सफलताका लागी शुभकाममणा दिनु भएको थियो भने आफनो पालीकाहरुमा साक्षरता कार्यक्रम प्रभावकारी र वालवालीकाको सिकाई केन्द्रित वनाउन आफुहरुले भरपुर मदत गर्ने र हाल सम्म गर्दै आउनु भएको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा पनी तन, मन दिएर लाग्न तालीममा सहभागी शिक्षकहरुलाई अनुरोध समेत गर्नुभएको थियो ।

विगतका वर्षहरुमा भौतिक रुपमै आयोजना गरीने तालिमलाई यस वर्ष भने कोभिडको कारण भर्चुअल माध्याम वाट आयोजना गरीएको हो । दुई चरण गरेर तिन दिन सम्म आयोजना गरीएको विद्यार्थि कार्य पुस्तक अभिमुखिकरण तालिममा साक्षरता कार्यक्रम संचालन भएका ५४ विद्यालयका एक सय आठ जना शिक्षक हरुको सहभागिता रहेको थियो ।

पढ्ने, सिप र वानीको विकास गर्ने उदेश्यका साथ कक्षा १ देखि ५ सम्म्का वालवालिकाहरु लाई लक्षित गरी संचालन गरीएको साक्षरता कार्यक्रम सल्यान जिल्लामा सन् २०१८ देखि संचालनमा आएको हो ।

शीर्ष समाचार

धेरै पढिएको