June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
जन्ती बोकेको गाडी पल्टियो, चार जनाको घट’ना स्थलमै मृ’त्यु

जन्ती बोकेको गाडी पल्टियो, चार जनाको घट’ना स्थलमै मृ’त्यु

• मनाेज डाँगी

मंसिर १३, रुकुम पश्चिम । रुकुम पश्चिममा जन्ती बोकेको गाडी सडक बाट तल खसेको छ ।

शुक्रबार साँझ जिल्लाको आठबिसकोट नगरपालिकाको घारीखोला बाट जन्ति बाेकेर गएको रा १ झ ५८९ नम्बरकाे जीप आठबिसकोट नगरपालिका ८ कै दाजेमा बाटो बाट तल खसेको हो ।

बाटो बाट गाडि खस्दा ४ जनाकाे घटना स्थलमै ज्यान गएको छ । घटनामा परेर १ जना घाइ’ते भएका छन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार सडक बाट गाडि खस्दा ज्यान गुमाउनेहरुमा रुकुम पश्चिम जिल्ला, आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, सोहि ठाउ नीवासी अन्दाजी बर्ष ४८ का आईते चनारा, अन्दाजी बर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपाली, रहेका छन् ।

घाइ,तेहरु रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५८ का लाल बहादुर नेपाली रहेका छन् ।

जीप राेकेर राखेको समयमा चिप्लिएर सडक बाट तल खसेको भएको स्थानीयबासिले बताएका छन । गाडी बाट मान्छेहरु झर्दै गरेको समयमा शुक्रबार साझ ८:३० बजेको समयमा गाडी सडक बाट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार ८ः३० वजेको समयमा आठबिसकोट न.पा. वडा नं. ०८ दाजेबाट १०-१२ जना जत्ती बोकेर रा १ ज ५८९ नंवरको ट्याक्सी सोही पालिकाको वडा नं. १० घारीखोलाबाट फर्किने क्रममा दाजे भन्ने स्थानमा अचानक सडकदेखि अन्दाजी १०० मिटर सडक बाट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीका अनुसार– खसेको गाडिका चालक आठविसकोट ९ बस्ने अन्दाजी बर्ष २७-२८ को डिल्ली बहादुर नेपाली फरार रहेको छन् ।

घटना लगत्तै प्रहरी निरिक्षक लाल बहादुर सुनारको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा खटि उद्धा’र कार्य गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको