November 26, 2020, Thursday
२०७७ मंसिर ११, बिहीबार
सल्यानका दुई स्थानिय तह देशैभर हिट हुदा सल्यानकै दुई स्थानीय तहले पाएनन अनुदान

सल्यानका दुई स्थानिय तह देशैभर हिट हुदा सल्यानकै दुई स्थानीय तहले पाएनन अनुदान

कार्तिक २७, सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत “कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना” कार्यन्वयनको लागी यसबर्ष पहिलो चरणमा सल्यानका २ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम बाट देशभरमै पहिलो र तेस्रो ठूलो अनुदान रकम पाउदा सल्यानकै २ स्थानीय तहहरू भने अनुदान पाउनबाटै बन्चित भएका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले कार्तिक २५ गते देशभरका स्थानीय तहहरूको नाममा निकासा गरेको पहिलो चरणको अनुदान रकम विवरणको सुची अनुसार धेरै अनुदान पाउनेमा सल्यानका २ स्थानीय तहहरू बागचौर नगरपालिका र दार्मा गाउँपालिका देशैभर क्रमशः पहिलो र तेस्रो भएका हुन भने सोही सुचीको आधारमा सल्यानका अन्य २ स्थानीय तहहरू कालिमाटी गाउँपालिका र त्रिवेणी गाउँपालिका भने अनुदान पाउन बाटै बन्चित भएका हुन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले यसबर्ष ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यन्वयनको गर्न अनुदान पाउन सुरुमा भाद्र मसान्तसम्म र पछि पुनः म्याद थप गरेर असोज २० गते भित्र आआफ्नो स्थानीय तहमा आवेदन दिएर सूचीकरण भएका बेरोजगार ब्यक्तिहरूको विवरण ‘रोजगार ब्यबस्थापन सूचना प्रणाली’ EMIS मा प्रबिष्ट ( इन्ट्री ) गर्नुपर्ने र सोही विवरण र संख्याको आधारमा यसबर्षको अनुदान पठाउने मा. मन्त्री स्तरीय निर्णय गरेको बताएको थियो ।

सोही निर्णय बमोजिम स्थानिय तहहरूलाई तोकिएको समयसीमा भित्र आफ्नो स्थानिय तहमा सुचिकृत भएका बेरोजगार ब्यक्तिहरू विवरण प्रबिष्ट गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले सबै स्थानीय तहहरूलाई परिपत्र गरेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको उपरोक्त निर्देशन बमोजिम आफ्नो स्थानिय तहमा सुचिकृत भएका बेरोजगार ब्यक्तिहरू विवरण तोकिएको समयसिमा भित्र ‘रोजगार ब्यबस्थापन सूचना प्रणाली’ EMIS मा प्रबिष्ट ( इन्ट्री ) गर्न नसकेको कारण सल्यानका २ स्थानीय तहहरू कालिमाटी गाउँपालिका र त्रिवेनी गाउँपालिका पहिलो चरणको अनुदान रकम पाउनबाट बन्चित भएको अनुमान गरिएको छ ।

यद्यपि कतै लकडाउन, कतै ईन्टरनेट र कतै अन्य बिबिध समस्याले गर्दा तोकिएको समयभित्र बेरोजगार ब्यक्तिहरूको विवरण प्रबिष्ट गर्न नसकेका स्थानिय तहहरूलाई तिहारपछी छिट्टै पुनः अर्को सुचना निकालेर अनुदान पठाइने प्रधानमन्त्री रोजगार कार्यक्रमका एक अधिकारीले बताए ।

सोहि क्रममा सल्यानका यी २ स्थानिय तह कालिमाटी गाउँपालिका र त्रिवेनी गाउँपालिकाले पनि अनुदान पाउने आकलन गरिएको छ ।

सल्यानका अन्य कुन स्थानीय तहले कति अनुदान पाए ?

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि देशभरमै सबैभन्दा धेरै अनुदान पाउनेमा सल्यानको बागचौर नगरपालिका पहिलो स्थानमा छ ।

सोही अनुसार सल्यानमा पनि सबैभन्दा धेरै अनुदान प्राप्त गर्ने स्थानीय तहमा बागचौर नगरपालिका पहिलो स्थानमा छ । बागचौरले ८९० बेरोजगार लाई १०० दिन बराबर काम दिनेगरि ४ करोड ५९ लाख ८९ हजार रकम अनुदान पाएको छ ।

त्यसैगरी देशभरमै तेस्रो ठूलो अनुदान रकम पाउने सल्यानको दार्मा गाउँपालिका सल्यानका सन्दर्भमा भने दोस्रो स्थानमा रहेको छ । दार्मा गाउँपालिकाले २ करोड ९७ लाख ८० हजार रकम हजार रकम अनुदानमा पाएको हो ।

त्यसैगरी सल्यानमा तेस्रो ठूलो अनुदान रकम पाउनेमा कुमाख गाउँपालिका रहेको छ । कुमाखले २७५ जनालाई १०० दिन काम दिनेगरी १ करोड ४२ लाख १८ हजार अनुदान पाएको हो ।

चौथो नम्बरमा शारदानगरपालिका रहेको छ । नगरपालिकाले २६८ जनालाई काम लगाउने सक्नेगरि १ करोड ३८ लाख ५६ हजार अनुदान पाएको हो ।

त्यस्तै सिद्धकुमाख गाउँपालिकाले १ करोड १५ लाख ८१ हजार अनुदान पाएको छ भने कपुरकोट, छत्रेश्वरी र बनगाड कुपिण्डे नगरपालिकाले क्रमशः ३४ लाख ६४ हजार, २१ लाख ७२ हजार र १२ लाख ४१ हजार रकम अनुदान पाएका हुन ।

“कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना” कार्यन्वयनको पहिलो चरणमा कत्ति पनि अनुदान नपाउनेमा कालिमाटी गाउपालिका र त्रिवेणी गाउँपालिका रहेका छन ।

यद्यपि प्राबिधिक कारणले अहिले अनुदान नपाएका यी दुबै स्थानीय तहहरू घाटामा भने पर्ने छैनन् । अहिले ६ अर्ब बजेट मध्ये ३ अर्व मात्र बितरण गरिएको र तिहारपछी दोस्रो चरणमा बाकी ३ अर्व अनुदान बितरण गरिने रोजगार कार्यक्रमले बताएको छ ।

कुन स्थानीय तहमा कति छन सुचिकृत बेरोजगार ?

बेरोजगारी हाम्रो देशकै प्रमुख समस्या हो । बेरोजगार ब्यक्तिहरूको घनत्व कतै भन्दा कतै कम छैन तर प्रधानमन्त्री रोजगार कार्यक्रमको “रोजगार ब्यबस्थापन सुचना प्रणाली” EMPS मा इण्ट्री गरेको विवरणको आधारमा हालसम्म सुचिकृत बेरोजगार संख्या नेपाल भरमै बागचौरमा बढी देखिएको छ ।

बागचौरमा ५ हजार ४ सय ५२ जना सुचिकृत बेरोजगार रहेका छन । देशका अन्य स्थानीय तहहरूमा यो भन्दा धेरै संख्या हुनसक्ने भएपनी हालसम्म त्यहाँका स्थानीय तहहरूले सूचीकरण नगरेको र “रोजगार ब्यबस्थापन सुचना प्रणाली” EMPS मा समयमै इण्ट्री नगरेका कारण बागचौरमा सबैभन्दा बढी देखिएको हो ।

त्यस्तै सल्यानको सन्दर्भमा दार्मा गाउँपालिकामा ४ हजार ५ सय ३ जना सुचिकृत बेरोजगार रहेको छन । जसमध्ये ५७६ जनालाई १०० दिन रोजगारी दिसक्ने गरि गाउँपालिकाले अनुदान पाएको छ ।

कुमाख गाउँपालिकामा २९९८ बेरोजगार सूचीकरण भएको विवरण रोजगार ब्यबस्थापन सूचना प्रणालीमा उल्लेख छ भने हालसम्म कालिमाटी र सिद्ध कुमाख गाउँपालिकामा क्रमशः २,०३७ जना र २,००२ जना बेरोजगार सूचीकरण भएका छन ।

यद्यपि असोज २० गतेभन्दा पछि उक्त डाटा इन्ट्री गरेका कारण कालिमाटी गाउँपालिकले अनुदान रकम प्राप्त गर्न नसकेको हो।

त्यस्तै शारदा नगरपालिकामा १,७०९ जना कपुरकोटमा १३४१ जना, छत्रेश्वरीमा २८१ जना, बनगाग कुपिण्डे नगरपालिकामा ९५२ जना र त्रिवेनी गाउँपालिकामा ५३५ जना मात्रै बेरोजगार ब्यक्ति सुचिकृत भएको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकमा उल्लेख भएको छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको