November 26, 2020, Thursday
२०७७ मंसिर ११, बिहीबार
संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ – पुर्वराजा शाह

संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ – पुर्वराजा शाह

कात्तिक ०६, काठमाडौं । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको बताउदै पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन जिम्मेवार पक्षबाट व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन ।

बिहीवार, दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट नागरिकको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका हुन ।

संकटको बेला पनि नागरिकहरुले सास्ती खेप्नु परेको तर्फ संकेत गर्दै उनले भनेका छन – “नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’’

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको बताउदै उनले राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शुभकाना सन्देशमा शाहले उल्लेख गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको