October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
ब्रेन ट्युमरको उपचारको लागी दाताहरुले पठाएको रकम परिवारलाई हस्तान्तरण

ब्रेन ट्युमरको उपचारको लागी दाताहरुले पठाएको रकम परिवारलाई हस्तान्तरण

असोज ३०, सल्यान । ११ वर्षदेखी स्वास्थ्य समस्या भोग्दै आएकी शारदा नगरपालिका वडा नम्बर १० भंगारचौर निवासी ३४ वर्षीया दिपा कवरको उपचारको लागी केही रकम हस्तान्तरण गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि तथा प्रेस संठन सल्यानका संयोजक मिना बुढाथोकीले पीडितका पति लोक बहादुर कवरलाइ २५ हजार ६ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

११ वर्षदेखी टाउकोको समस्याबाट पीडित दिपालाइ पछिल्लो समय ब्रेन ट्युमर भएको चिकित्सकहरुले बताएपछि अप्रेशननै गर्नु पर्ने भएकाले आर्थिक अवस्था कमजोर रहेका पीडित परिवारलाइ बिहीवार बुढाथोकीले सो रकम हस्तान्तरण गर्नु भएको हो ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका सल्यानका माेहन सिं कवर र राेशन कवरको नेतृत्वमा नेपालका विभिन्न स्थानका युवाहरुले आफुले कमाएको केही भागरकम जम्मा गरेर पीडित परिवारलाइ हस्तान्तरण गर्न भनी पठाएका हुन् ।

रकम हस्तान्तरण गर्दै पत्रकार तथा मानवअधिकारकर्मी बुढाथोकीले पीडितको उपचारका लागी आवश्यक कम अझै अभाव रहेकाले अन्य सहयोगीदाताहरुमा सहयोग गरि दिन आग्रह गर्नु भएको छ । पीडित परिवारको स्वास्थ्य उपचारको लागी अन्य कसैले पनि सहयोग गर्न चाहेमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सहयोग रकम लिंदै पीडित महिलाका पति लोक बहादुर कवरले वैदेशिक रोजगारीमा रहेका युवाहरुले यसरी आफुले परिश्रम गरेर आर्जन गरेको रकम आप्mनो बिरामी पत्नीका लागी छुट्याउने युवाहरुलाइ लोक बहादुर कवरले धन्यवाद दिनु भएको छ ।

११ वर्ष अगाडी देखी टाउको दुख्ने समस्या देखिएको थियो,उहाँले भन्नुभयो,चार वर्ष अघि थाइराइडका कारण यस्तो भयो भनेर औषधी खान दिनु भयो,तर पनि सन्चो भएन पछि ब्रेन ट्युमर भयो डाक्टरले अप्रेशन नै गर्नु पर्ने भन्नुहुन्छ तर आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको