October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
न्यायमा पहुच परियोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यायमा पहुच परियोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

असोज २७ , सल्यान ।सल्यानमा  न्यायमा पहुच परियोजना सम्बन्धी  अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समुदायमा पछाडि पारिएका महिला, सिमान्तकृत तथा विपन्न वर्गलाई न्याय सम्बन्धी संविधान र कानुनी प्रक्रियाका बारेमा सचेतना जगाउने र उनिहरुलाई न्यायमा पहुच पुर्याउने उदेश्यले युएनडिपीको सहयोग र दलित बिकास समाज सल्यानको सहकार्यमा जिल्लाको कपुरकोट गाउँपालिका र त्रिवेनी गाउँपालिकामा सञ्चालन भैरहेको उक्त परियोजनाका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला अदालत सल्यानका न्यायधिस कुल प्रसाद पाण्डेले महिला विरुद्ध हुने विभिन्न खालका अपराध, तिनका कारण, कानुनी उपचार र कानुनी जटिलताका बिषयमा प्रकाश पार्नु भएको थियो ।

दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षतामा सुरुभएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण दुर्गा पुनले गर्नुभएको थियो । ५ अगस्त २०२० देखी सुरु भएको परियोजना २० डिसेम्बर २०२० सम्म सञ्चालन हुनेछ बताईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको