June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
पुर्व प्रअ पुन द्धारा विद्यालयमा करिव अढाई लाख बरावरको अक्षय कोष स्थापना

पुर्व प्रअ पुन द्धारा विद्यालयमा करिव अढाई लाख बरावरको अक्षय कोष स्थापना

असोज १६, सल्यान । सल्यानको एक विद्यालयका पुर्व प्रधानाध्यपकले आफ्नो सेवा निवृत्त हुदासम्म संचित बिरामी बिदा बाट प्राप्त भएको करिव अढाई लाख रकम वरावरको एकमुष्ट रकमबाट आफुले शिक्षण गरेको विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका ४, शिवरथको श्री सरस्वती माद्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक नवराज पुनले सेवा निवृत्त हुदा संचित बिरामी बिदा बाट प्राप्त भएको एकमुष्ट रु. दुई लाख त्रिचालिस हजार नौ सय बाह्र रकमको ‘नवराज पुन जेहेनदारीता छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नुभएको हो ।

पुन द्वारा स्थापना उक्त अक्षयकोष मार्फत प्रत्येक बर्ष सरस्वती मा.वि. बाट एसइइ दिने विद्यार्थीहरु मध्य उत्कृष्ट नतिजा ल्याउने एक एक जना छात्र छात्रालाई अक्षयकोषमा रहेको रकमको ६.५% का दरले बार्षिक रुपमा प्राप्त ब्याजको ७५% रकम छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ र बाकी २५% रकम कोषमा जम्मा हुने बिद्यालयका बर्तमान प्रधानाध्यापक रामरोशनी बस्नेतले जानकारी दिनुभयो ।

जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन मिलोस भन्ने हेतुका साथ आफुले बिरामी बिदा बाट प्राप्त गरेको रुपैयाँ रकम बाट अक्षयकोष निर्माण गरि जम्मा गरेको पुनले बताउनु भयो ।

मिति २०५३–१२–०५ गतेबाट अस्थायी शिक्षकको रुपमा सरस्वती माविमा प्रवेश गरेर २०५९ साल फाल्गुन २६ गतेदेखी सरस्वती मा.वि.को प्रधानाध्यापक जिम्मेवारी सम्हाल्दै आउनु भएका पुनले २३ बर्षपछि मिति २०७५– ०४ –३१ गते बाट प्रअ तथा शिक्षण सेवाबाट स्वैच्छिक सेवा निवृत्त हुनु भएको थियो।

पुर्व प्रअ पुन द्धारा स्थापना गरिएको अक्षयकोष बाट जेहेन्दार तथा तेजस्वी विद्यार्थी लावान्वीत हुने विस्वास गरिएको छ । हाल अहिले अमेरिकामा रहनु भएका पुनलाई विद्यालय परिवारले एक बक्तव्य मार्फत उत्तरउत्तर प्रगतिको कामना सहित हार्दिक आभार, धन्यवाद ज्ञापन गरेको छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको