September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
मिडियाबारे कार्ल माक्र्सको भनाईलाई सल्यानका मिडियासँग जोडेर सांसद बस्नेतको विवादास्पद टिप्पनी

मिडियाबारे कार्ल माक्र्सको भनाईलाई सल्यानका मिडियासँग जोडेर सांसद बस्नेतको विवादास्पद टिप्पनी

भाद्र ३०, सल्यान । ‘‘मिडियाले धनीका अपरा’ध दबाउँछन, गरिबका अपरा’ध उचाल्छन’’ भन्ने कार्लमाक्र्सको भनाईलाई सल्यानका मिडिया सँग जोडेर सल्यानबाट निर्वाचित संघिय सांसद, पुर्वमन्त्री तथा नेकपा सल्यानका ईञ्चार्ज टेकबहादुर बस्नेतले सामाजिक संजालमा एउटा विवा’दास्पद टिप्पनी गरेका छन ।

सोमवार, नेकपा सल्यानका युवा नेता हिमाल यात्रीले ‘‘मिडियाले धनीका अपरा’ध दबाउँछन, गरिबका अपराध उचाल्छन : कार्लमाक्र्स’’ शिर्षकमा एभरेष्ट दैनिक डटकममा २०७६ भाद् १६ गते प्रकाशित सामाचारको लिंक आफ्नो फेसबुकमार्फत सेयर गरेका थिए ।

सोहि पोष्टमा सांसद बस्नेतले ‘‘अझ सल्यानको सन्दर्भमा है’’ भनेर टिप्पनी (कमेन्ट) गरेका हुन । उनले जुनसुकै नियत र आसयले उक्त टिप्पनी गरेका भएपनी त्यसले सल्यानका मिडियाले पैसा हुनेका अ’पराध दवाउने र नहुनेका अ’पराध उचाल्ने गरेको आरोप प्रष्ट हुन्छ ।

यद्यपी कार्लमाक्र्सले खास सन्दर्भमा भनेको उक्त भनाईलाई मिडिया बारे उनको सम्पुर्ण दृष्टीकोणका रुपमा बुझ्न नहुने जानकारहरु बताउछन । माक्र्स आफै पनि मिडियाकर्मी र पत्रकार थिए । सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर उनले ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकालेका थिए । पत्रिकामा किसानमाथि गरिएको विभेद वि’रूद्ध लेखिएपछि सरकारले पत्रिकालाई प्रति’बन्ध लगायो र उनलाई देश निकाला गरियो थियो।

उसो भए माक्र्सकै सवालमा उनको यो भनाई मेल खान्छ कि खादैन ? आज पनि दुनियाँ भरी उनका लाखौंलाख अनुयायी छन । के उनिहरु पनि माक्र्सले भनेझैं गरिरहेका छन त ? तसर्थ माक्र्सको उक्त भनाईलाई निरपेक्षरुपमा बुझ्नु गलत हुन्छ ।

माक्र्सको पाला देखि अहिलेसम्म पनि मिडियाकामा बि’कृति नभएका होईनन । तर मिडिया र सरकार मिले भने नागरिकहरुको आवाज र अधिकार सुरक्षीत हुदैन भन्ने उनको जोड थियो । त्यसैले अहिले पनि मिडियालाई आवाज बिहिनको आवाज र स्थाई प्रतिपक्ष भनिन्छ । पुर्वमन्त्री भैसकेका बहालवाला सांसदले कुन तथ्य र प्रमाणका आधारमा यस्तो टिप्पनी गरेका हुन ? जवाफ उनैले दिउन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको