September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
कोभिडले ग्रामीण शिक्षा बढी प्रभावित : बिद्यालय सञ्चालन होलान् र पढ्न जांउला भन्दै, पर्खाइमा बिद्यार्थी

कोभिडले ग्रामीण शिक्षा बढी प्रभावित : बिद्यालय सञ्चालन होलान् र पढ्न जांउला भन्दै, पर्खाइमा बिद्यार्थी

मिना खड्का

भदौ २९ दाङ । कोभिड-१९ का कारण लकडाउन र निशेधाज्ञा जारि रहदा वर्तमान समयमा प्रायः सबै शैक्षिक सस्थाहरुमा हुने नियमित पठनपाठन बन्द छ ।

निशेधाज्ञा खुले पनि बिद्यालय नखुले पछि बिद्यार्थीको सिकाई प्रक्रिया ठप्प जस्तै छ । सहरि क्षेत्र एवम् अनलाइनको पहुँचमा भएका केही विद्यार्थीले अनलाइन मार्फत अध्ययन गर्ने अवसर पाएका भए पनि पुर्णतः सदुपयोग गरेको पाइएको छैन भने ग्रामीण क्षेत्रका बिद्यार्थी कहिले कोभिड संक्रमणको अवस्था सामान्य होला अनि बिद्यालय सञ्चालन होलान् र पढ्न पाइएला भन्दै पर्खाइमा बसेका छन ।

पहाडी भेगमा कतिपय यस्ता दुर्गम बस्ती हरु छन् जहाँ मोबाइल फोनले समेत राम्रोसँग काम गर्दैनन्, यस्ता ठाउँमा अनलाइन कक्षा सञ्चालन गर्ने र अनलाइनका माध्यमबाट बिद्यार्थीलाई पढाउने वातावरण तय गर्न असम्भव नै देखिन्छ ।

सल्यानको दार्मा गाउपालिकाका पुर्ण खड्का ९ कक्षाको परिक्षा दिए पछि फुर्सदमा छन् । परिक्षा सकेर रिजल्टको प्रतीक्षा गर्दै बाहिरी जिल्ला गएर अङ्ग्रेजी भाषा पढ्ने उनको सपना कोरोनाले रोकियो । “घरमा मात्रै बस्दा बस्दा हैरान भयौं बुक ल्याएर घरमै पढ्छु भने पनि के के नपुगेको जस्तो लाग्छ, मन लाएर पढ्न सकिरहेको छैन” उनलेे भने ।

यसअघि छोराले राम्रै पढिरहेको छ भन्ने सोच्ने उनकी आमालाई समेत अहिले पढाइको पिर लाग्न थालेको छ। घरमा पटक्कै नबस्ने बाहिर बाहिर घुम्ने बानीले पढाइ सङ्कटमा परेको उनलाई महशुस भएको हो । आफ्ना छोराछोरी बिग्रेको, पढ्न नपाएको चिन्ता प्रायः अभिभावकलाई छ ।

पुर्ण त एउटा उदाहरण मात्रै हुन् उनि जस्ता कयौंका सपना अहिले घरभित्रै सिमित छन । ग्रामीण क्षेत्रका बिद्यार्थी पढाइ भन्दा बढी घरायसी कामकाजमा नै व्यस्त देखिन्छन् । बन्दाबन्दिको यो समयमा अधिकांश बिद्यार्थी मन लागे काम गर्ने नलागे खेल्ने तिर केन्द्रीत छन् । अभिभावकले पढ भनेर कराउनु तर बालबालिकाले किताब हेर्ने मन पटक्कै नगर्नुले कोरोना संक्रमणको महामारी संगै अभिभावक र बिद्यार्थीमा असमानता झन देखिन्छ ।

बिद्यालय सञ्चालन भएको बेला आमाबुवाको दबाब र साथिहरुको अनुसरणमा पढ्ने बालबालिकाले झन् पढाइमा पटक्कै मन लायको देखिदैन भने बिद्यालय गएर पढे मात्रै उत्तीर्ण भइन्छ भन्ने मानसिकता बिद्यार्थीमा त छ नै कतिपय अभिभावकमा पनि छ ।

कतिपय जिल्लामा सञ्चालन भइरहेका रेडियो शिक्षा कार्यक्रमप्रति बालबालिकाले ध्यान नदिइरहेको अवस्था छ भने कतिपय ध्यान दिएर पढ्न चाहाने बिद्यार्थीहरु सञ्चारको पहुँचमा छैनन् । सरकारले अनलाइन कक्षा सञ्चालन गर्नु भन्नु अगावै नेपालका कतिपय क्षेत्र दुर्गम पनि छन् जहाँ सञ्चारको पहुँच छैन भन्ने भुल्नु तथा जनताको अाँखामा छारो हाल्न खोज्नु हो भन्दा फरक नपर्ला ।

दार्माका कुनै पनि बिद्यालयले रेडियो मार्फत शिक्षा कार्यक्रम सञ्चालन गरेनन् । केही रेडियोबाट उत्पादन भइ प्रसारण भएका रेडियो कार्यक्रम कक्षा १ देखि १२ सम्मका सबै बिद्यार्थीका लागि प्रभावकारी नभएको बिद्यार्थीको गुनासो छ।

दार्मा गाउपालिकामा ३३ वटा सामुदायिक र २ वटा सस्थागत बिद्यालय छन् जहाँ कक्षा १ देखि १२ कक्षा सम्म अध्ययनरत बिद्यार्थीको सङ्ख्या ६ हजार ८ सय ६३ जना छ । यि मध्ये अधिकांश बिद्यालयमा अध्ययनरत बिद्यार्थी अनलाइनको पहुँचमा छैनन ।

बिभिन्न चरणमा एस.ई.इ सहजीकरण समिति गठन, मोबाइल एस. एम. एस सेवा, टोल शिक्षा, पाठ्यक्रम बितरण, एप्स उपलब्ध जस्ता कार्य गाउ शिक्षा शाखाले गरेपनि बिद्यालयको कक्षा कोठामै बिद्यार्थी राखेर पढाएको जस्तो प्रभावकारी भने नभएको दार्मा गाउपालिकाका शिक्षा शाखा प्रमुख सेर प्रसाद ढकालले बताउनुभयो ।

“यो परिस्थितिमा शिक्षकहरूले टोल टोलमा गएर सामाजिक दुरि कायम गर्दै बिद्यार्थी लाई होमवर्क दिने, रेडियो सुन्नु र पढ्नुपर्छ भन्दै सिकाउने गरेको र पढाइ प्रतिको मानसिकता यथावत राख्न कोशिस गरिरहेको अवस्था छ” उहाँले भन्नुभयो ।

दुर्गम क्षेत्र भएकोले दार्माका सबै क्षेत्रमा सामुदायिक रेडियोको पहुँचमा नभएका हरुलाई छिमेकी जिल्ला रुकुम तथा जाजरकोटमा केन्द्रबाट प्रसारण हुने रेडियोमा रेडियो शिक्षा कार्यक्रम सुन्न अपिल गरिरहेको उहाँको भनाइ छ ।

अहिले पालिकाका २९ वटा बिद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग गरिएका छन् । बिचमा छिमेकी मुलुक भारत बाट अाउने नेपाली नागरिकको सङ्ख्या रोकिएको भएपनि दशै तिहार जस्ता पर्वमा फेरि फर्कने भएकाले निर्मलीकरण गरिएका बिद्यालयलाई फेरि क्वारेन्टाइनकै रुपमा प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको शिक्षा शाखा प्रमुख ढकालको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको