September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
सल्यानका नयाँ DSP गोबिन्द थापा भन्छन : हाम्रो कार्यालय बाट न्याय बिक्री हुदैन

सल्यानका नयाँ DSP गोबिन्द थापा भन्छन : हाम्रो कार्यालय बाट न्याय बिक्री हुदैन

भाद्र २८, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका प्रहरी नायव उपरीक्षक (DSP) गोबिन्द थापाले आफ्नो कार्यालयबाट न्याय बिक्री नहुने बताएका छन ।

आइतबार, सल्यान जिल्ला स्थित सञ्चारकर्मी तथा पत्रकारहरु बिच कार्यालयमा भएको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

सत्य,सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुर’क्षाको प्रत्याभुती गराउने बताएका हुन ।

कार्यक्रममा सल्यान जिल्लाको वर्तमान शान्ति सु’रक्षाको अवस्था र कोभिड १९ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा सल्यान जिल्ला स्थित विभिन्न १५ जना पत्रकारहरुको उपस्थिति रहेको थियो।

शीर्ष समाचार

धेरै पढिएको