September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
सुन्तला पकेट कार्यक्रमको लागी अनुदानमा दीइएका हाते ट्याक्टर समूह बाहिर विक्री

सुन्तला पकेट कार्यक्रमको लागी अनुदानमा दीइएका हाते ट्याक्टर समूह बाहिर विक्री

भाद्र २५, सल्यान । कृषि बिकास कार्यालय सल्यानले किसानको लागि वितरण गरेको हाते ट्याक्टर लक्षित समूह भन्दा बाहिर विक्री भएको पाईएको छ । आर्थिक वर्ष २०७६।०७७ मा कृषि बिकास कार्यालय सल्यानबाट ५० प्रतिशत अनुदानमा बागचौर नगरपालिका वडा नं. ३ को सुन्तला पकेट कार्यक्रमको लागि भनेर हस्तान्तरण गरिएका ५ वटा हाते ट्याक्टरहरु लक्षित समूह भन्दा बाहिर विक्री भएको भेटिएको हो ।

लेकाली अनलाईन, छिटो खबर र नयाँ दृष्टि डटकमले गरेको अध्ययनका क्रममा ट्याक्टरहरु किनबेच भएको तथ्य फेला परेको हो । कृषि बिकास कार्यालय सल्यानबाट ५ वटा र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (जोन) बाट १ वटा गरी उक्त समूहमा गएका ६ वटा ट्याक्टरहरु लक्षित समुदाय कहाँ नपुगेर सिधै बाटै बाट अन्य व्यक्तीहरुले किनेका हुन ।

सुन्तला पकेट कार्यक्रम भित्रको फुलबारी कृषक समूहका अध्यक्ष मुर्तिलाल खत्रीले यी सबै मिनी ट्याक्टर दुवै कार्यालयबाट किसानका नाममा बुझिलिएको देखिएको छ । कृषि बिकास कार्यालयबाट प्रति ट्याटर ७५ हजार मुल्यमा ५० प्रतिशत अनुदानले कुल ५ वटा ट्याक्टरको १ लाख ८७ हजार ५ सय अनुदान भुक्तानी भएको देखिन्छ ।

त्यस्तै मुर्तिलाल खत्रीले नै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (जोन) बाट एउटा ट्याक्टरको ७९ हजार १ सयमा ५० प्रतिशतले ३९ हजार ५ सय ५० रुपैयाँ अनुदान लिएको देखिएको छ ।यसरि दुइवटा कार्यालयबाट एउटै व्यक्तीले एउटै आर्थिक वर्षमा एउटै प्रकृतिको अनुदान लिएको देखिएको छ ।

यी सबै मिनि ट्याक्टर उनले समुहमा नलिएर सिधै बागचौर नगरपालिका २ का ४ जना र वडा नम्बर ८ का एक जनालाइ विक्री गरेका छन ।

ज्ञान केन्द्रबाट अनुदानमा किसानलाइ गएका ट्याक्टर २ नम्बर वडाका थल बहादुर डिसी, लिला बहादुर भण्डारी, बल बहादुर केसी, खुमराज केसी र वडा नम्बर ८ का पवित्र कुमार केसीले खरिद गरेको तथ्य देखिन्छ । त्यस्तै, जोनबाट गएको एउटा ट्याक्टर पनि बागचौरकै अर्का एक स्थानीयले खरिद गरेको स्रोतले बताएको छ ।

भिरालोमा काम नगरेर बेचेको हुँ : मुर्तिलाल खत्री

फुलबारी कृषक समूहका अध्यक्ष मुर्तिलाल खत्रीले अनुदानमा लिइएका मिनी ट्याक्टरहरुले भिरालो जमिनमा काम नगरेकोले बिक्री गरेको बताएका छन् । तर समुहलाइ पठाइएका ट्याक्टर लक्षित वर्गभन्दा बाहिर लिनु नियम विपरित ठहर्छ ।

ट्याक्टर जफत गरेर कार्यालयमा फिर्ता ल्याउँछौं : कृषि बिकास कार्यालय

समुह भन्दा बाहिर ट्याक्टर गएकोमा थप अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । समुह भन्दा बाहिर बिक्री भएको ट्याक्टरलाइ जफत गरेर समुहमै पठाउने वा ज्ञान केन्द्रकै कार्यालयमै फिर्ता गर्ने कृषि ज्ञान केन्द्र सल्यानका प्रमुख महेश आचार्यले बताएका छन ।

 

शीर्ष समाचार

धेरै पढिएको