September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
बाढी पहिरो प्रभावित बाफुखोलामा राप्रपा सल्यानको अनुगमण, प्रभावितलाई उचित राहतको व्यवस्था गर्न अपिल

बाढी पहिरो प्रभावित बाफुखोलामा राप्रपा सल्यानको अनुगमण, प्रभावितलाई उचित राहतको व्यवस्था गर्न अपिल

भदौ ८, सल्यान । केहि दिन अघिको बाढी तथा पहिरोले अति प्रभावित सल्यानको बागचौर नगरपालिका वडा नं. १२, बाफुखोला क्षेत्रमा राप्रपा सल्यानको टोलीले अनुगमन गरेको छ ।

सोमवार, पार्टीका जिल्ला सभापति तथा पुर्व सांसद नेत्रलाल श्रेष्ठ, केन्द्रिय सदस्य तथा जिविस सल्यानका पुर्व उपसभापति अनुबम सिंह श्रेष्ठ लगाएतका नेताहरुको टोलीले उ्क्त क्षेत्रको प्रत्यक्ष अवलोकन गरेको हो ।

अवलोकनको क्रममा बाढी तथा पहिरोले घर बिहिन भएका विभिन्न ५ वटा परिवारलाई पार्टीको तर्फबाट सामान्य राहत स्वरुप खाद्यान्न सहयोग गरेको राप्रपा सल्यानले बताएको छ । साथै कोरोना महामारीलाई लक्षित गरी उक्त क्षेत्रमा मास्क पनि वितरण गरिएको पार्टीले जनाएको छ ।

पार्टीले बाढी पहिरो प्रभावि’त परिवारहरुलाई अविलम्व राहत उपलब्ध गराउन र पुर्नवासको व्यवस्था गर्न सम्बन्धीत निकायलाई अपिल गरेको छ । भाद्र २ र ३ गते रातिको भिषन बर्षापछि आएको बाढी तथा पहिरोले बाफुखोलामा ३७ घरपरिवार विस्थापित भएका थिए भने ५ घरपरिवारको घर समेत पहिरोले बगाएको थियो ।

 

शीर्ष समाचार

धेरै पढिएको