November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार
शितलपाटी खलंगा खानेपानी समितिले पटकपटक धमिलो पानी पठाएको खलंगाका उपभोक्ताको गुनासो : उपभोक्ता समितिका अध्यक्ष द्वारा खण्डन

शितलपाटी खलंगा खानेपानी समितिले पटकपटक धमिलो पानी पठाएको खलंगाका उपभोक्ताको गुनासो : उपभोक्ता समितिका अध्यक्ष द्वारा खण्डन

भदौ १, सल्यान । शितलपाटी खलंगा खानेपानी उपभोक्ता समीतिको गम्भीर लापरवाहिका कारण आफुहरुले पटक पटक दुषित खानेपानी पिउन बाध्य भएको खलंगा नेपाल बैंक रोड टोलका स्थानिय बासिन्दाहरुले बताएका छन ।

उपभोक्ता समितिले श्रीनगर बाट बोरिङ गरेर खलंगामा ल्याएको खानेपानीको जिल्ला प्रशासन कार्यालय सल्यान नजिकै रहेको ट्याङकीमा जैतपानी भंगेरी खोला मुहानको पानी मिसाए पछि बर्षादको समयमा जंगलको भल मिसिएर पटक पटक हिलो सहीतको धमिलो पानी आउने गरेको उनिहरुको भनाई छ ।

बोरिङ गरेको शुद्ध पानी पिउने आशामा शितलपाटी खलंगा खानेपानी आयोजना निमार्णको लागी उपभोक्ता समितिलाई सुरुमै प्रति परिवार रु. १३ हजार रुपैयाँका दरले तिर्दा पनी अहिले आएर पुरानै ठाउँको भल मिसिएको पानी पिउने पर्ने अवस्था आएको उनिहरुको गुनासो छ ।

“पहिले पनि त्यहि मुहानको पानि आउथ्यो । महिना २० रुपैया महसुल तिरेर सार्वजनिक धारा बाट धमिलो भएपनि पानी भर्न बाध्य थियौ । विभिन्न तरिकाले शुद्ध गरेर खान्थ्यौं । अरु विकल्प थिएन ।” नयाँ दृष्टि डटकम सँग कुरा गर्दै एक स्थानियले भने – “तर अहिले महिनामा न्युनतम ३०० रुपैया तिरेर पनि उही मुुहानको भल मिसिएको पानी खान बाध्य भयौं । मापदण्ड अनुुसार त हामिले श्रीनगर बाट बोरिङ गरेर फिल्टर गरिएको पानीको लागी पैसा उठाएको हौ, पुरानै ठाउँको पानीको लागी होइन ।”

साउन ३१ आएको पानी एकदमै धमिलो भएकाले आफुले भर्दै नभरेको अर्का स्थानियले बताए । उक्त दिन टोलका सवै धारामा धमिलो पानी आएको उनको भनाई छ । साउन ३१ गते भन्दा पहिला पनी पटक पटक धमिलो पानी आएको स्थानियको दावी छ । श्रीनगर बाट ल्याएको पानीले नपुग्ने भएपछि भंगेरी खोला मुहानको पानी मिसाइएको भएपनि बर्षादको समयमा उक्त मुहानको पानी मिसाउन नहुने उनिहरुको सुझाव छ ।

के भन्छन उपभोक्ता समिति अध्यक्ष ?

उपरोक्त बिषयमा नयाँ दृष्टि डटकमले राखेको जिज्ञासामा शितलपाटी खलंगा खानेपानी समितिका अध्यक्ष केशव बुढाथोकिले भने साउन ३१ गते समितिले ट्याङकी सफाई गर्न लागेकोले पानी फोहोर भएको स्वीकार गर्नु भयो । तर सोहि समयमा एथ्लेटिक्सका प्रशिक्षक रविन कुमार राईको घरमा उनको काजकृयामा बसेकाहरुलाई नुहाई धुवाई गर्नको लागी धारा छोडिदिन परिवारले अनुरोध गरेपछि धारा छोड्दा सवै ठाउँमा फोहोर पानी गएको बताउनु भयो ।

साथै श्रीनगर वाट लिएको पानी मात्र वितरण गर्ने भन्ने कुरा गलत भएको भन्दै उहाँले योजनाको इस्टीमेट मै भंगेरी खोला मुहान लगाएत खलंगाका दुई वटा मुहानको पानी पनि समावेश गरेर पानी वितरण गर्ने उल्लेख भए अनुसार नै भंगेरी खोला मुहानको पानी पिपलनेटामा ट्रिटमेण्ट प्लानमा शुद्ध गरेर मात्रै खलंगाको ट्याङकीमा मिसाईएको उहाँको भनाई छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको