September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
नेकपाका जनप्रतिनिधिले बहिस्कार गरेपछि छत्रेश्वरीको ८ औं गाउँसभा दोस्रो पटक स्थगीत- निति कार्यक्रम र बजेट भएन पारित

नेकपाका जनप्रतिनिधिले बहिस्कार गरेपछि छत्रेश्वरीको ८ औं गाउँसभा दोस्रो पटक स्थगीत- निति कार्यक्रम र बजेट भएन पारित

साउन २२, सल्यान । छत्रेश्वरी गाउँपालिका सल्यानको ८ औं गाउँसभा पुनः दोस्रो पटक स्थगित भएको छ । बिहिवार वस्ने भनिएको गाउँसभामा नेकपा निकट वडाध्यक्षहरु र सदस्यहरुले बहिस्कार गरेपछि स्थगित भएको हो ।

गाउँपालिकाले करारमा राखेका आवस्यक्ता भन्दा बढि कर्मचारी हटाउनु पर्ने, मनपरी रुपमा भैरहेको मेसनरी औजार खरिद रोक्नु पर्ने र मोटरसाइकल प्रयोगमा भएको अनियमितता रोेक्नुपर्ने लगाएतका माग राख्दै नेकपाका बाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि गाउँसभा स्थगित भएको हो ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते नै गाउँपालिकाले गाउँसभामा निति कार्यक्रम र वजेट पेश गरेको भएता पनि गाउँसभामा बहुमत प्राप्त दल र नेतृत्वकर्ता २ फरक दल बिच पटक पटक छलफल गर्दा पनि केहि बिषयमा सहमति हुन नसकेकाले गाउँसभा स्थगित भएको प्रमुख प्रसासकिय अधिकृत डिल्ली खड्काले बताउनु भयो ।

छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ३ जना वडाध्यक्षहरु नेपाली कांग्रेस बाट निर्वाचित भए तापनि बहुमत वडाध्यक्ष र सदस्यहरु नेकपा बाट प्रतिनिधित्व गर्ने भएकाले उनिहरुको उपस्थीति बिना गणपुरक संख्या नपुग्ने भएकाले गाउँसभा स्थागित भएको हो ।

के भन्छन गाउँपालिका अध्यक्ष ?

गाउँसभा स्थगित भएपनि गाउँपालिका अध्यक्ष सन्तोष केसीले भने अझै पनि कर्मचारी अभाव भएकोले वडाध्यक्षहरुले भनेझैं गरी करारमा राखिएका कर्मचारीहरु हटाउन नसकिने र कर्मचारीहरुको करार अवधि थपेर मात्रै गाउँसभाले निति कार्यक्रम र वजेट पारीत गर्ने बताउनु भएको छ ।

गाउँसभा स्थगित भएपछि बिहिवार कार्यालयमा भएको पत्रकार सम्मेलणमा बोल्दै उहाँले करारमा कर्मचारी राख्दा पनि आफ्नो गणपुरक संख्या नपुगेको अवस्थामा उहाँहरु सवैको सहयोग र सहमतिमा कर्मचारी राखेको कुरा स्मरण गर्दै अहिले आएर कर्मचारी हटाउन नसकिने बताउनु भएको हो ।

“यो मोटरसाईकल को कुरा, त्यसपछि अरु केके कुरा जोड्नु भएको छ । त्यो सवै वेकार कुराहरु हो ।” उहाँले भन्नुभयो – “उहाँहरुको एउटा अकाट्य माग भनेको करारमा राखिएका कर्मचारीहरु लाई फाल्नुपर्छ । त्यसपछि मात्र वजेट पास हुन्छ नत्र हुदैन भन्ने छ । तर आज पनि स्कूलमा शिक्षकहरु अझै पुगेका छैनन् । आधा शिक्षक अझै थप्नुपर्ने अवस्था छ । स्कुल राम्रो बनाउनु पर्छ भन्ने उदेश्यले कर्मचारी राखिएको हो नि त ।”

अध्यक्ष केसीले आफु अल्पमतमा हुदाहुदै पनि धेरै काम गरेको र काम गर्न सक्छ भन्ने सन्देस आफु र आफ्नो टिमले प्रवाह गरेकोले कुनै एजेन्डा नपाएर बजेट रोकेर आफुलाई असफल बनाउन खोजेको पनि दावि गर्नुभयो ।

उहाँले भन्नु भयो – “उहाँहरुको कुरा के छ भने अल्पमतमा हुदाहुदै पनि यसले सवै काम गरेर भ्याइसक्ने भयो । भोलीको नेतृत्वको कुरा छ । बजेट नआएपछि त काम रोकिन्छ । यसले काम गर्न सकेना भन्ने हुन्छ । त्यसैले यसको हातखुट्टा वाध्नु पर्याे भनेर बजेट आउन नदिएको अनुभुति मलाई भएको छ ।”

अध्यक्ष केसीले आफुलाई जति असफल बनाउन खोजे पनि सल्यानमा छत्रेश्वरीले काम गर्न सक्छ र छत्रेश्वरीको नेतृत्व टिमले (आज बहिस्कार गर्नेहरु सहित) काम गर्न सक्छ भन्ने सन्देस दिन सफल भएको पनि ठोकुवा गर्नू भयो ।

मिल्ने  भने मध्यावधि चुनाव बनाउने थिए

आफ्नो बहुमत नभएर बिगतमा पनि बिभिन्न समस्या झेलेको  र अहिले २ पटक गाउँसभा स्थगित भएपछि आक्रोसित बन्नु भएका अध्यक्ष केसीले मिल्ने भए दिल्लीमा केजरीवालले जस्तै बहुमत लिन राजिनामा दिएर मध्यावधि चुनावमा जान्थे होला सम्म लाग्ने गरेको बताउनु भयो ।

“आम आदमी पार्टीको केजरीवालले दिल्लीमा राजिनामा दिएर पुरै चुनावमा गएको जस्तै मैले राजिनामा दिएर छत्रेश्वरीमा चुनाव हुन्थ्यो भने म राजिनामा दिएर चुनावमा जान्थ्ये होला ।” उहाँले भन्नु भयो – “साच्ची भन्या, त्यती आँट पनि छ हामी सँग । यदि मैले मात्र राजिनामा दिएर पुरै छत्रेश्वरीमा चुनाव हुन्थ्यो भने म त्यो पनि गर्ने थिए । बहुमत पाईन नि त मैलै । अहिले म सँग ३ वटा वडाध्यक्ष हुनुन्छ । ४ जना भएका भए म सँग बहुमत हुन्थ्यो ।”

कुनै पनि पार्टीका क्रियासिल २-३ हजार मान्छे मात्र सबथोक नभएको वताउदै उहाँले पार्टीको आवरण बाहिर लुकेर बसेका सामान्य मान्छेले आफुहरुलाई राम्रो सँग बुझेको पनि विस्वास व्यक्त गर्नुभयो । फरक सन्दर्भमा कुरा गर्देै भ्रष्टाचारको अन्त्य बिना विकास नहुने वताउदै उहाँले राजनितिको आडमा भएको भ्रष्टाचारका बिरुद्धमा सत्यतथ्य लेख्न पनि पत्रकारहरुलाई अनुरोध गर्नू भयो ।

“म ३४ वर्षको भए । म भन्दा अगाडि जिल्लामा होलटाइमर भएका नेताहरु हुनुन्छ । उहाँहरुको काठ्मान्डौमा घर कसरी बन्यो ? उहाँले भन्नु भयो- “भत्ता वुझेर घर वनाउनु हुन्छ ? गाडि चढ्नु हुन्छ ? यो भ्रष्टाचार नभएर केहो ? यसको छिनोफानो कस्ले गर्ने ?” तपाइहरु किन लेख्नु हुन्न भन्दै उहाँले पत्रकारहरुलाई समेत प्रश्न गर्नु भएको थियो ।

के भन्छन करार कर्मचारी ?

करार कर्मचारी हटाउने वा राख्ने भन्ने विषयमा विवाद भएर गाउँसभा नै स्थगित भएपछि करारमा काम गरिरहेका कर्मचारीहरु भने चिन्तीत र आन्दोलित भएका छन । उनिहरुले आफ्नो जागीर बचाउन दवाव दिन संघर्ष समिति नै गठन गरेका छन । करार संझौतालाई निरन्तरता दिनुपर्ने, अस्थाइ र स्थाइमा विभेद गर्न नहुने र आफुहरुमाथी राजनिती गर्न नहुने उनीहरुले बताएका छन । “गाउँसभाका २ राजनितिक दलहरुले आफ्नो लडाईलाइ करारका कर्मचारीहरुमा ल्याएर साडेको जुुधाई, बाछाको मिचाई जस्तो वनाएको संघर्ष समितिकी उपसंयोजक प्रभा डाँगीले बताइन ।

यस  बिषयमा बहिस्कारवाला वडाध्यक्षहरु संग थप प्रतिक्रिया लिन खोज्दा कसैसंग सम्पर्क हुन सकेन ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको