September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
नियम उलंघन गर्ने सवारीसाधन बाट सल्यानमा ३२ लाख ६६ हजार राजस्व संकलन

नियम उलंघन गर्ने सवारीसाधन बाट सल्यानमा ३२ लाख ६६ हजार राजस्व संकलन

मेघा रेउले

श्रावण २०, सल्यान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले नियम उलंघन गर्ने सवारीसाधन बाट ३२ लाख ६६ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६-०७७ मा सवारीसाधन बाट जरिवाना स्वरुप ३२ लाख ६६ हजार रकम राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस अबधिमा ६ सय ३५ बस, ५ सय २३ ट्रक, ७ सय १५ जिपकार, १ हजार ४ सय ३८ मोटरसाइकल र ३ सय ५२ ट्याक्टर गरि जम्मा ३ हजार ६ सय ६३ वटा सवारीसाधन लाई जरिवाना गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख सन्दिप बिकका अनुसार निमय उलंघन गर्ने यात्रुबाहक बस बाट ५ लाख ६० हजार, ट्रक बाट ४ लाख ५४ हजार ५ सय, जिपकार बाट ६ लाख २३ हजार ५ सय, मोटरसाइकल बाट १३ लाख २४ हजार र ट्याक्टर बाट ३ लाख ४ हजार राजस्व संकलन गरिएको हो । अघिल्लो आर्थिक बर्षमा सल्यान ट्राफिकले ५६ लाख ५५ हजार ५ सय राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा २३ लाख ८९ हजार ५ सयले राजस्वमा कमी आएको र लकडाउनले गर्दा प्रभाव पारेको ट्राफिक प्रहरी प्रमुख विकले जानकारी दिए । साथै सल्यान जिल्लामा सवारी चालक अनुमति पत्र विना सवारी साधन चलाउने निरुत्साहित गर्न कडाईका साथ चेकजाँच भइरहेको कार्यालय प्रमुख वि.कले जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको