September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
जनप्रिय पोलिक्लिनिकको जनप्रिय काम- वार्षिक उत्सवमा राहत वितरण र बिरामिलाई बिभिन्न सुबिधा प्रदान

जनप्रिय पोलिक्लिनिकको जनप्रिय काम- वार्षिक उत्सवमा राहत वितरण र बिरामिलाई बिभिन्न सुबिधा प्रदान

साउन १,सल्यान

सल्यानको बागचौर नगरपालिका २ बागचौरमा अवस्थित जनप्रिय पोलिक्लिनिक प्रालिले आफ्नो वार्षिक उत्सवको अवसर पारेर बिभिन्न परोपकारी काम गरेको छ ।

बिहिबार परेको बार्षिक उत्सवको अवसरमा पोलिक्लिनिकले बागचौर नगरपालिका वडा नं. ६ र ७ का दुई वटा बिपन्न परिवारलाई नुन, तेल, चामल लगाएत खाद्यान्न सामाग्री वितरण गर्नुका साथै अस्पतालमा रहेका २० जना बिरामिहरुलाई सम्मान पत्र सहित निशुल्क स्यानिटाईजर, सावुन र मास्क लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

पोलिक्लिनिकले आजको मितिमा आफ्नो क्लिनिकमा भर्ना भएका बिरामिहरुलाई आगामि दिनहरुमा उपचार गराउदा २५ प्रतिशत छुट दिने सञ्चालक भिम वलीले वताएका छन । गत बर्ष साउन १ गते बाट नयाँ व्यवस्थापनका साथ जनप्रिय पोलिक्निक सञ्चालणमा आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको