June 14, 2021, Monday
२०७८ असार १, मंगलवार
श्रीमतीको नाममा आत्मह’त्या

श्रीमतीको नाममा आत्मह’त्या

असार १९, सल्यान । सल्यानमा एक युवाले श्रीमतीकाे नाममा आत्मह’त्या गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका -२ बुराँसेका २० वर्षीय बिनोद ओलीले बिहीबार राती घर नजिकै रुखमा झुण्डिएर आत्मह’त्या गरेको इलाका प्रहरी कार्यालय दमाचाैरले जनाएकाे छ ।

घटनास्थलमा दमाचाैरकाे प्रहरी टाेली पुगेर शवलाइ जिल्ला अस्पताल सल्यान पठाएकाे छ । उनि श्रीमतीकाे कारण लामाे समय देखि डिप्रेसनमा भएकाेले आत्मह’त्या गरेकाे हुनसक्ने प्रहरीकाे भनाइ छ ।

ती युवाले दुइ वर्ष अघि छत्रेश्वरी गाउँपालिका १ सुन्दुरे भन्ने ठाउँबाट बिहे गरेका थिए । श्रीमान श्रीमतीकाे राम्राे सम्बन्ध नभएपछि १० महिना अघिदेखि श्रीमती माइतमा बस्दै आएकी थिइन् ।

बिनोदका साथी हेमराज बस्नेतका अनुसार श्रीमती माइतमा बस्ने र अन्य केटा सँग कुरा गर्ने गरेकाे थाहा पाएपछि ति युवा डिप्रेसनमा थिए । श्रीमती माइतीमा बस्दै आएकाले आत्मह’त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

उनले श्रीमतीकाे म्यासेजमा एउटा सुसा’इड नोट समेत लेखेको बताइएको छ। उनले सुसा’इड नोटमा श्रीमती अर्कैसंग लागेको कुरा थाहा पाएको र आफ्नो आखाँले अर्कैसंग गएको देख्न नचाहेकाले आफुले आत्मह’त्या गरेको उल्लेख गरेका छन् । उनले श्रीमतीलाइ ‘तिमी राम्राे हुनु, मेराे जिन्दगी यत्ती नै हाे’ भनेर म्यासेज पठाएका छन् ।

आत्मह’त्या गर्नु अघि घरमा आमा बुबालाइ ति युवाले ‘मेराे माेबाइलकाे लक खाेल्न सिक्नुहाेस, कहिल्यै चाहिन्छ भनेर लक खाेल्न समेत सिकाएर काेठामा गइ सुतेका थिए । बिहान घरकाे छेउमा दाउरा ल्याउन जाँदा आमाले झुण्डिएकाे अवस्थामा फेला पारेकी हुन्।

शीर्ष समाचार

धेरै पढिएको