May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
त्रिवेणी अपडेटः आरोपित वडाध्यक्ष बिहानै छुटे, महिला सम्पर्क बिहिन, स्थानिय आन्दोलित, प्रहरी भन्छ – ‘वडाध्यक्षले सुरक्षा मागेकोले टोली खटाएका  हौ।’

त्रिवेणी अपडेटः आरोपित वडाध्यक्ष बिहानै छुटे, महिला सम्पर्क बिहिन, स्थानिय आन्दोलित, प्रहरी भन्छ – ‘वडाध्यक्षले सुरक्षा मागेकोले टोली खटाएका हौ।’

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष छबिलाल शर्मालाई बुधबार मध्ये रातमा वडा कार्यालयमै एक महिला संग अनैतिक कार्य गर्दै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए ।

राति अवेर सम्म वडाध्यक्ष वडा कार्यालयमा महिला सँग बसेको सुचना पाए पछि स्थानियले कार्यालय घेराउ गरेका थिए । त्यसपछि स्थानियहरुले शर्मालाई इलाका प्रहरी कार्यालय लुहामको जिम्मा लगाएको वताईएको थियो । तर विहिवार विहानै प्रहरीले शर्मालाई छोडिसकेकोे छ भने ति महिला पनि सम्पर्क बिहिन भएको स्थानियले वताएका छन ।

प्रहरीले वडाध्यक्ष शर्मालाई रिहाई गरे पछि स्थानियहरु आन्दो’लित भएका छन । घटनाको छानविन हुनुपर्ने र सम्पर्क बिहिन भएकी ति महिलालाई खोजविन गर्नुपर्ने माग गर्दै उनिहरुले वडा कार्यालय र विद्यालयमा समेत तालावन्दी गरेको सोहि वडाको वडा सदस्य सिता विष्टले बताइन । राति स्थानियले वडा कार्यालय घेराउ गरे पछि वडाध्यक्षले कार्यालयको भित्र बाट ताला लगाएर बसेको पाईएको उनको भनाई छ ।

प्रहरी भन्छ – ‘वडाध्यक्षले सुरक्षा मागेकोले टोली पठाएका हौं।’

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले भने रातको समयमा वडा कार्यालयमा ढुङ्गा हान्ने काम भैरहेकोले सुरक्षाको लागी भन्दै वडाध्यक्ष शर्माले प्रहरी पठाईदिन इप्रका लुहाममा जानकारी गराए पश्चात सुरक्षाको लागी लुहाम बाट प्रहरी टोली घटनास्थल पुगेको र विहान ५ वजे उनलाई गाउँपालिकाको जिम्मा लगाएको जानकारी दिए । वडाध्यक्षले कामको शिलशिलामा कार्यालयमा रातिसम्म बस्ने गरेको बताएका थिए । खतिवडाका अनुसार शर्मालाई पक्राउ नगरिएको तर सुरक्षा मागेकोले सुरक्षा प्रदान गरिएको हो । यद्दपि वडाध्यक्ष माथि लागेको आरोपको भने छानविन हुने उनको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको