October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
सांसद बस्नेतले फर्काए,विप्लव नेकपालाई जवाफ

सांसद बस्नेतले फर्काए,विप्लव नेकपालाई जवाफ

सल्यान । सल्यान बाट निर्वाचित संघिय प्रतिनिधि सभा सदस्य मा. टेकबहादुर बस्नेतले विप्लव नेकपा सल्यानले प्रसित गरेको खुल्ला पत्रको जवाफ फर्काएका छन ।

सोमबार बिहान सामाजिक संजाल फेसबुक मार्फत उनले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डताको पक्षमा आफुलाई चट्टानी पहाडको संज्ञा दिदै जहाँकहि नझुक्ने जवाफ दिएका हुन ।

‘राष्ट्रिय एकताको सवालमा अहिले पैदा भएको यो अभुतपूर्व एकताको उच्च सम्मान गर्दै नेकपा नेत्रविक्रम चन्द समुह सल्यानका सचिव, सल्यान लगाएत समग्र देशवासीहरुका निवेदन पत्र र सुझावहरुलाई आज ठिक असार १५ गते दिन स्वीकृति प्रदान गरेको छु|’ जवाफमा भनिएको छ ।

आईतवार विप्लव नेकपाले सांसद बस्नेतलाई एमसिसिको पक्षमा मतदान नगर्न सुझाव सहित पत्राचार गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको