September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
बाँचेकोमा गर्व गर, मरिजानेले के पाए ?

बाँचेकोमा गर्व गर, मरिजानेले के पाए ?

प्रकाश शर्मा
– दार्मा सल्यान

बाँचेकोमा गर्व गर, मरिजानेले के पाए ?

कतिकाे सिन्दर पुछियाे
कतिकाे घरबार लुटियाे,
काेहि टुहुरा हुनुपर्याे, काेहि सहिद हुनुपर्याे ।
त्यसैले बाँचेकोमा गर्व गर….

तिमी संग आज सरकार छ ।
सत्ता छ, शक्ति छ ।

सुकिलामुकिला छाै तिमि,
गाडि घाेडा, दलबल छ ।
त्यसैले बाँचेकोमा गर्व गर, मरिजाने ले के पाए ?

जनयुद्धले तिमिलाइ खेल्न सिकायाे, बाेल्ना सिकायाे,
माेजमस्ति गर्न सिकायाे ।
घर, गाडि, पैसा ,जुवातास अनि दलाल बन्न सिकायाे ।
त्यसैले बाँचेकोमा गर्व गर, मरिजाने ले के पाए ?

बाँचेकोमा गर्व गर….
घाइतेहरु बेड मै छन ।
अपांगहरु अपाङ्ग नै छन ।

बेपत्ताको सुचि मात्र छ ।
सहिदकाे टुहुराे खाडिकाे ताताे बालुवामा छ ।
त्यसैले बाँचेकोमा गर्व गर, मरिजाने ले के पाए ?

हाेटेलहरुमा तिम्रै नाम चर्चा छ ।
बारहरुमा तिम्रै नाम चर्चा छ।
सडकमा बच्चा नाङ्गै छ, भाेकै छ।

किसान संग मल छैन,
महिला संग इज्जत छैन
त्यसैले बाँचेकोमा गर्व गर, मरिजाने ले के पाए ?

गाउँमा महिलाकाे लास भेटिन्छ
तिमी संग दर्जन सेना छ, पुलिस छ ।
माझी आज माछा मारिरहेकाे छ,
तिमी माछाकाे स्वाद खाेजिरहेका छाै ।

कर्णालीका बिरामि अाैषधि मागी रहेका छन ।
तर तिमी आज कालाे धान खाेजिरहेका छा‌ै ।
त्यसैले बाँचेकोमा गर्व गर, मरिजाने ले के पाए ?

परिबर्तन गर्छु भन्दै हिडेकाे छाेरा फर्केन
सारी ल्याउछु भन्दै हिडेकाे श्रीमान फर्केन ।
तिहारकाे टीका लगाउन हिडेकाे भाइ फर्केन ।

पेन्सिल किन्न गएकाे बुवा फर्केन ।
आमाले छाेडिन, दिदीले छाेडिन
आज संगै श्रीमती छैन, नयाँ सपना छैन ।

त्यसैले बाँचेकोमा गर्व गर, मरिजाने ले के पाए ?

शीर्ष समाचार

धेरै पढिएको