September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
सल्यानमा ‘सल्यान मुक्तक किङ’ २०७८ हुँदै, यसरी जनाउन सकिन्छ सहभागीता

सल्यानमा ‘सल्यान मुक्तक किङ’ २०७८ हुँदै, यसरी जनाउन सकिन्छ सहभागीता

जेठ ०१, सल्यन । ‘हाम्रो अभियान सल्यान कला साहित्यको उत्थान’ मुल आदर्श वाक्य बोकेको सल्यान कला साहित्य परिषद्ले जिल्लाको कला ,साहित्य,सर्जकको निम्ति विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आइरहेको छ ।

यिनै गतिविधिलाई निरन्तरता दिने क्रममा मुक्तकको केही पृथक कार्यक्रम ‘सल्यान मुक्तक किङ २०७८’ गर्ने भएको छ ।

सल्यानी सर्जकहरुको लेखनी बिकास अभिवृद्धि, हौसला, मुक्तक प्रतिको मोह र नेपाली मुक्तकको उन्नयनका लागि गरिन ‘सल्यान मुक्तक किङ’२०७८ मा भूगोलको जुनसुकै कुनामा रहेर मुक्तकमा कलम चलाउने सल्यानी सर्जकहरु सहभागी हुन पाउने छन् भने अन्य जिल्लाका सर्जकहरु ‘सल्यान मुक्तक किङ’२०७८मा समावेश हुन नपाउने बताइएको छ ।

विश्व महामारी कोरोनाको कारण जेठमा हुन लागेका दुईवटा स्टेज कार्यक्रम पछि धकलिएसगै परिषदले यो कार्यक्रम तय गरेको परिषदका अध्यक्ष भरत रोकाय बताउँछन् ।

दसौं स्थानसम्म नगद पुरस्कार राशी भएको यो प्रतियोगीता पाँचौ चरणमा सकिने छ। पाँचै चरणका बिषयबस्तु फरकफरक रहनेछन् भने पहिलो चरणको बिसयबस्तु कोरोना बिषय रहेको छ । उत्कृष्ट बीस देखि उत्कृष्ट दशसम्म अनलाइनबाट मुक्तक सर्जक छनोट गरिनेछ भने उत्कृष्ट दस देखि प्रथमसगै विभिन्न स्थानका लागि परिषद्ले स्टेज कार्यक्रम गर्नेछ स्टेज कार्यक्रममा उपस्थित भइ उत्कृष्ट दशमा परेका प्रतियोगीहरुले दुई दुईवटा मुक्तक वाचन गर्नुपर्नेछ ।

परिषदका संस्थापक लोकेश जलनका अनुसार विभिन्न साहित्य संस्थाहरुले ठुलो पुरस्कार राशिमा मुक्तक प्रतियोगिता गर्दै आएपनि चरण चरणमा र दसौं स्थानसम्म नगद पुरस्कार भएको यो पहिलो पृथक कार्यक्रम रहेको छ ।

मुक्तकमा कलम चलाउने श्रष्टाहरुको लागि यो अवसर रहेको छ ।सहभागी हुनका लागि थप जानकारी सल्यान कला साहित्य परिषदको अपसियल आइ डि साथै पदाधिकारीहरुको वालमा सुचना हेर्न सकिन्छ !

‘सल्यान मुक्तक किङ’को लागि यस्तो छ परिषदको सुचना :

‘हाम्रो अभियान सल्यान कला साहित्यको उत्थान’ मुल आदर्श वाक्य बोकेको यस सल्यान कला साहित्य परिषद्ले जिल्लाको कला ,साहित्य,सर्जकको निम्ति विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आइरहेको छ ।

यिनै गतिविधिलाई निरन्तरता दिने क्रममा मुक्तकको केही पृथक कार्यक्रम गर्दैछ ‘सल्यान मुक्तक किङ’ ।

यो जिल्ला स्तरीय कार्यक्रम रहेको छ सल्यानी सर्जकहरुको लेखनी बिकास अभिवृद्धि,हौसला,मुक्तक प्रतिको मोह र नेपाली मुक्तकको उन्नयनका लागि गरिन लागेको यो ‘सल्यान मुक्तक किङ’मा भूगोलको जुनसुकै कुनामा रहेर मुक्तकमा कलम चलाउने सल्यानी सर्जकहरु सहभागी हुन पाउनुहुनेछ भने अन्य जिल्लाका सर्जकलाइ ‘सल्यान मुक्तक किङ’मा समावेश गराइने छैन ।

‘सल्यान मुक्तक किङ’मा सहभागीताको लागि सम्पुर्ण सल्यानी सर्जकहरुमा हार्दिक अनुरोध गरिन्छ ।

‘सल्यान मुक्तक किङ’मा सहभागी हुदा पालना गर्नुपर्ने आचार संहिताहरु

१)’सल्यान मुक्तक किङ’ पाचौं चरणमा सकिनेछ । २) मुक्तक,मुक्तक सिद्धान्त भित्र रहनुपर्ने छ । ३) पहिलो चरणको मुक्तक कोरोना बिषयमा हुनुपर्ने छ ।हरेक चरण- चरणका बिषयबस्तु फरक रहेनछन् । ४) पहिलो चरणमा मुक्तक एक पठाउनुपर्ने छ । ५) मुक्तक कुनै कृतिमा प्रकाशन र समाजिक संजालमा समेत पोष्ट नगरेको हुनुपर्ने छ ।

६)मुक्तक राजनीति अराजकता, जातिय विभेद अाक्षेप मुक्त हुनुपर्ने छ । ७) मिति २०७८/२/१ देखि २०७८/२/२२ गते पठाउनुपर्ने छ उत्त मिति पछाडि प्राप्त मुक्तकहरुलाई निर्णायक मण्डलमा पठाइने छैन । ८) उत्कृष्ट बीस देखि प्रतियोगीको नाम सार्वजनिक गरिनेछ ।पुन उत्कृष्ट पन्ध्रका लागि उत्कृष्ट ती बीस प्रतियोगीले फेरि मुक्तक एक पठाउनुपर्ने छ ।

९) उत्कृष्ट पन्ध्रमा परेपछि ति प्रतियोगीको नाम सार्वजनिक गरिनेछ ।पुन उत्कृष्ट दशका लागि उत्कृष्ट ती पन्ध्र प्रतियोगीले फेरि मुक्तक एक पठाउनुपर्ने छ । १०) उत्कृष्ट दसमा पर्नु भएका प्रतियोगीहरुको नाम सार्वजनिक गरिनेछ ।

११) उत्कृष्ट दसबाट तृतीय,दितृय,प्रथमसगै दशौ स्थान छनोटका लागी परिषदले स्टेज कार्यक्रम गर्ने छ ।उत्कृष्ट दस प्रतियोगी कार्यक्रममा उपस्थित भइ दुई,दुईवटा मुक्तक वाचन गर्नुपर्नेछ ।निर्णायकको मुल्यांन निर्णय,अंकको ६०% र परिषदको निर्णय ४०% आधारमा तेस्रो,दोस्रो, प्रथम क्रमश दशौ स्थानसम्म छनोट गरिनेछ ।

१२ )कुनै विवाद अाएमा निर्णायक मण्डल र सल्यान कला साहित्य परिषद पदाधिकारीहरुको निर्णय नै अन्तिम निर्णय मान्य हुनेछ ।

पुरस्कार :

दशौ पुरस्कार नगद १००० (एक हजार )प्रमाण पत्र !, नौ पुरस्कार नगद १००० (एक हजार )प्रमाणपत्र !, आठौं पुरस्कार नगद १०००(एक हजार ) प्रमाणपत्र !, सातौ पुरस्कार नगद १००० ( एक हजार ) प्रमाणपत्र !, छैठौं पुरस्कार नगद १००० (एक हजार )प्रमाणपत्र !, पाचौं पुरस्कार नगद १५०० (पन्ध्र सय )प्रमाण पत्र !, चौथो पुरस्कार नगद २०००(दुई हजार ) प्रमाण पत्र !

तृतीय पुरस्कार नगद ४०००(चार हजार ) प्रमाणपत्र र मायाको चिनो ।, दितिय पुरस्कार नगद ५०००( पाँच हजार )प्रमाणपत्र र मायाको चिनो, प्रथम पुरस्कार नगद ६०००( छ हजार ) मुक्तक किङ ट्रफि, प्रमाणपत्र र मायाको चिनो !

मुक्तक परिषद पदाधिकारीहरुका निम्न इमेल तथा ब्यक्तिगत फेसबुक म्यासेन्जरमा पठाउनु पर्ने छ ।

सल्यान कला साहित्य परिषदको फेसबुक म्यासेन्जर बक्स

Lokesh Jalan म्यासेन्जर बक्स
इमेल = [email protected]

Bharat Rokaya म्यासेन्जर बक्स
इमेल = [email protected]

सुनिल राना बिरही म्यासेन्जर बक्स
इमेल [email protected]

Shanta Budhathoki म्यासेन्जर बक्स
इमेल [email protected]

जीवन जलन म्यासेन्जर बक्स
इमेल [email protected]

Nim Ba म्यासेन्जर बक्स
इमेल [email protected]

Govinda Magar म्यासेन्जर बक्स
इमेल [email protected]

इन्द्रा बस्नेत = म्यासेन्जर बक्स

शिव राज वि.सि शिखा =म्यासेन्जर बक्स
इमेल [email protected]

थप जानकारीका लागि सम्पर्क नम्बर
९८४३४३७९७६

९८६९६४९५७५
९८६९०१४६७६

धन्यवाद

अध्यक्ष

भरत रोकाय ‘एक्सन’
सल्यान कला साहित्य परिषद

शीर्ष समाचार

धेरै पढिएको