July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
सल्यानी गायक शेरबहादुर डाँगी, ज्योति फिल्म म्युजिक अवार्ड २०७७ द्वारा सम्मानित

सल्यानी गायक शेरबहादुर डाँगी, ज्योति फिल्म म्युजिक अवार्ड २०७७ द्वारा सम्मानित

चैत २७,सल्यान । सल्यानी गायक शेरबहादुर डाँगी ज्योति फिल्म म्युजिक अवार्ड २०७७ द्वारा सम्मानित भएका छन । डाँगीको शब्द, संगीत र स्वरमा रहेको राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय जय विर नेपाली’ बोलको गितको लागी उनलाई अवार्ड प्रदान गरिएको बताईएको छ ।

बिभिन्न बिधाका गीतकार, संगीतकार एवं सन्चारकर्मी लाई प्रदान गरिने साङ्गितिक अवार्ड तथा सम्मान शुक्रबार राष्ट्रिय नाच घर जमलमा एक समारोहका बिच डाँगी सँगै अन्य ३८ जना गितकार, चलचित्रकर्मी तथा संचारकर्मीलाई प्रदान गरिएको हो ।

अवार्ड बाट सम्मानित हुनेमा आधुनिक गीत तर्फ अन्जु पन्त, उत्कृष्ट अभिनय तर्फ पल साह, संचारकर्मी एक कलाकार तर्फ शिसिर भण्डारी, चलचित्रकर्मी तर्फ राजेन्द्र खड्की, नायक धिरेन श्रेष्ठ, संगीतकार सम्भुजित बास्कोटलाई, राजु परियार लगायत बिभिन्न बिधाका ३८ जना कलाकारहरू रहेका छन ।

कार्यक्रमको सुरुवातमै सल्यान गायक शेर बहादुर डागीको शब्द संगीत र स्वरमा रहेको ” जय जय बीर नेपाली” गीत सर्बोउत्कृस्त घोषणा भएको थियो ।

गायक शेर बहादुर डाँगीले यहि माघमा राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय जय विर नेपाली’ बोलको गीत मालारानी युटुव च्यानल मार्फत सार्वजनिक गरेका थिए । गीतको शब्द, संगीत आफ्नै रहेको म्युजिक भिडियोमा पनि डाँगी आफैले फिचरिङ गरेका थिए ।

गीतको एरेन्ज सन्जय सिर्पालले गरका थिए भने निर्देनशन दिलिप रेग्मीले गरेका थिए । गितको म्युजिक भिडियोको सम्पादन रोशन धितालले गरेका छन् । गितमा डाँगीले देशका विभिन्न जातजाति र समुदायको आपसी एकता र सद्भावले समृद्धि हासिल गर्न सकिने र स्वाभिमानको रक्षा गर्न सकिने सन्देश दिएका छ्न ।

डाँगी गायन सँगै शिक्षण पेसामा पनि आवद्ध छन ।

शीर्ष समाचार

धेरै पढिएको