July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
कविको रूपमा माओ:यस्तो छ,माओको दुर्लभ कविता

कविको रूपमा माओ:यस्तो छ,माओको दुर्लभ कविता

(माओलाई पनि एक समय कविता लेख्ने सोख पलाएको थियो।उनका कविता राम्रा पनि थिए।तर महान नेता र चिनको भाग्यविधाता बनेपछि चाप्लुसीको डरले उनले आफ्ना कविताहरू छाप्न दिँदैनथे।आफ्ना तितिक्षा र तपस्याका दिनहरूमा माओ त्सेतुङ्गले निम्नलिखित कविता लेखेका थिए।)

एक्लो चिसो सरदमा,
उत्तरबाहिनी स्याङ्ग नदिसँग
अनारको द्वीपमा,
राता लाखौं पर्वत सर्वत्र देखे मैले,
रंगीन बाक्ला पत्ताहरूले
र पारदर्शक हरिया नदि,
जसमा सयकडौँ नाउहरू दौडिरहे।

असिम आकाशमा उडिरहेका चिलहरू,
झुलमा एकितृत माछाहरू,
चिसो आकाशतल जीवन विविध रूपमा
स्वतन्त्रताको लागि प्रस्फुटित भइरहेको छँदा।
मैले एउटा एक्लो धरहराको गुप्त कोठा खोलेँ,
र सोधेँ : विशाल ग्रहमा को
प्राणीहरूको भाग्यको फैसला गर्दछ?

धेरै साथीहरूसँग फेरि पनि
म यसै ठाउँमा आएँ,
मैले बिताएका उत्साहमय दिनहरू याद गरेँ,
जबकि मेरा सबै तरुण मित्रहरू,
भारमुक्त हृदयले कोमल थिए,
हात पनि जो लेख्दथ्यो र बाधा जान्दैनथ्यो,
मुक्त तर कोमल कल्पनामा अधिकार राख्थे!
मैले नदि र पहाडतर्फ सङ्केत गरेँ,
जो सृजनात्मक बुद्धिलाई प्रेरित गर्थे,
लाखौं परिवारहरूको शासक,
विगतका मालिकहरूसँग घृणा गर्थे,

के तिमिले बिर्स्यौ,
तिव्र बगेको जलप्रवाहको बीच कसरी,
लहरहरूमा आरुढ हाम्रो नाउ अघि बगिरहेछ?

-माओत्सेतुङ 

नोट:यो कविता ‘क्रान्तिकारीहरूको जिवनी’ किताब बाट साभार गरिएको हो।राहुल साँकृत्यायनले लेख्नु भएको माओको जिवनीलाई तिलकप्रसाद लुइँटेल र नीलाम्बर अर्ज्यालले संपादन गर्नु गर्नुभएको छ।

शीर्ष समाचार

धेरै पढिएको