July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
नयाँ दृष्टि साहित्य बिशेश : सात सर्जकका साताका सात उत्कृष्ट मुक्तकहरू

नयाँ दृष्टि साहित्य बिशेश : सात सर्जकका साताका सात उत्कृष्ट मुक्तकहरू

पौष ११, सल्यान । नयाँ दृष्टिमा प्रत्येक हप्ताको शनिबार साहित्य बिशेषाङ्क प्रकाशित हुने भएको छ । साहित्य बिशेश स्किममा हामी साहित्यका बिबिध बिधाका पाठकलाई मम पर्ने सामाग्री प्रस्तुत गर्ने छौं । यसै सन्दर्भमा, प्रस्तुत छ – नयाँ दृष्टिका साहित्य संयोजक डिल्ली राज केसीले संकलन तथा संपादन गरेका साताका सात उत्कृष्ट मुक्तकहरू ।

१.
जिन्दगी भर दिल दुखाई बाँच्नै गाह्रो भयो।
पहाड जस्तै पीडा लुकाई बाँच्नै गाह्रो भयो।
मलाई बिटुलो पारी तिमी फरार भएदेखी,
छाती फुलाई शिर उठाई बाँच्नै गाह्रो भयो।

अस्मित थापा
दोलखा

२.
दुखिरहने मुटु झन दुखाई कसरी हेरौं ?
कोमल मनमा पीर बढाई कसरी हेरौं ?
औधी मन परेको मान्छे पो हौ त तिमी,
साथिको रुपमा मात्र तिमीलाई कसरी हेरौं ?

जनक बुढाथोकी
सानिभेरी गाप ८ रूकुम पश्चिम

३.
मुस्कुराउन खाेज्दा खस्छ अाँसु अाखिर कसरी भनुँ
मलाई कत्ति पनि छैन व्यथा, छैन पीर कसरी भनुँ
हजारौं फूलकाे जिन्दगी उजाड बनाईएकाे हाे
पवित्र छन् यि भगवान् यि मन्दिर कसरी भनुँ ।

जिवन प्रयास
लम्की कैलाली

४.
खेल्नु हुँदैन’ जानी-जानी खेलाएर गई
अधुरो बनाई प्रेम कहानी खेलाएर गई
सुम्पिन त मैले मुटु झिकेर सुम्पिएको हुँ
सायद उस्ले खेलौँना ठानी खेलाएर गई।

नवीन पुन मगर
बन्गाड कुपिन्डे १, सल्यान

५.
लाग्छ सबै आफन्त जस्तो दाजुभाइ जस्तो
अरू कसैलाई हुन्छ हुन्न खास मलाई जस्तो
बिहे गरेकै दिन खबर सोध्यो भुपु प्रेमीले
न लाग्यो श्रद्धाञ्जली जस्तो न बधाई जस्तो

मञ्जु भारती
झापा

६.
गरेर छल आफैले ढाँटी ढाँटी समात्न सक्छ।
मात्र कमसल भाग छाँटी छाँटी समात्न सक्छ।
अब कसैको भर पर्ने बिश्वास गर्ने जमाना छैन,
खुट्टा मुसार्दै गरेको मान्छेले घाँटी समात्न सक्छ।

विवस बिरेन्द्र सायर
बझाङ

७.
जान न दे यसरी खेर बिजुली निकाल
सधैं गइरहेछन बगेर बिजुली निकाल
मेरा आँखाहरुमा छन ठुला ठुला नदी
आ सरकार बाँध बाँधेर बिजुली निकाल

मनोज खड्का मिलन
घोडाघोडी न पा २ साडेपानी कैलाली

आफ्ना रचनाहरू पठाउन चाहानुहुन्छ भने नयाँ दृष्टिका साहित्य संयोजक डिल्ली राज केसीसँग सम्पर्क गर्नुहोस ।

सम्पर्क : ९८४५०७२८०० र ९८००६२२४९२ । इमेल : [email protected]

शीर्ष समाचार

धेरै पढिएको