August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
समकालीन नेपाली गजलका ४ राष्ट्रिय हस्तीहरू पुस ३ गते सल्यान आउदै

समकालीन नेपाली गजलका ४ राष्ट्रिय हस्तीहरू पुस ३ गते सल्यान आउदै

मंसिर २, सल्यान । समकालीन नेपाली गजलका ४ राष्ट्रिय हस्तीहरू बाबू त्रिपाठी, हुकुम ‘धड्कन’, ऋषि ‘सुदामा’, ‘संगीता थापा’ पुस ३ गते सल्यान आउने भएका छन । सल्यान कला साहित्य परिषद् सल्यानले आयोजना गर्न लागेको तेस्रो गजल महफिलमा उनिहरू आउने भएका हुन ।

यहि पुस ३ गते सल्यानको बागचौरमा हुने उक्त महफिलका मुख्य आकर्षकको रुपमा परिषदले गजलकारहरूको ब्यानर सहित नाम सार्वजनिक गरेको छ ।

“श्रष्टा रचना वाचन साँझ “कृति विमोचन, स्रष्टा सम्मान तथा प्रोत्साहनको ब्यानर भने केही दिनमा सार्वजनिक गरिने सल्यान कला साहित्यपरिषद् सल्यानले जानकारि दिएको छ ।

को हुन यि चार हस्ती ? सल्यान कला साहित्य परिषदले उनिहरूको बारेमा यस्तो लेखेको छ । –

बाबु त्रिपाठी

नेपाली गजलका अभिभावक नेपाली गजल महफिलका अभियानता बाबु त्रिपाठी गजलमा कर्म गरिरहेका नेपाली गजलका बादसाह हुन्। उनका प्रकाशित कृति मध्यको “बा“नामक गजल कृती बर्मामा पाठ्यक्रमकै रुपमा पढाइ हुने गरेको छ ।

नेपाली गजलका लागि योगदान, जगेर्ना, उत्थान, उन्नयन, पृथक कार्य, वाचन र लेखनको अग्रपंक्तिको पनि पहिलो नाम हो बाबु त्रिपाठी । देशका राष्ट्रिय साहित्य संस्थाहरुले ससम्मान, पुरस्कृत भइरहेका त्रिपाठी गजलका बादसाह मात्रै नभई अनुज, श्रष्टा, सर्जक र गजल लेख्न चाहनेहरुका लागि गजल पाठशाला समेत हुन ।

हुकुम धड्कन

हुकुम धड्कन नेपाली गजल पाठक, श्रोता, दर्शकले अत्यन्तै रुचाइएका गजलका एक्का हुन् । हुकुम “धड्कन“ गजलसगै उनको वाचन शैलीमा झुम्छन् नेपाली गजलका फ्यानहरु । देशमा हुने महफिलमा उनको बाक्लो स्टेज उपस्थिती छ । निकै मिजासिला “धड्कन“नेपाली गजलका पनि “धड्कन“हुन् । नेपाली गजलले “धड्कन“जस्तो गजकार पाउनु नेपाली गजल जीवित रहनु हो ! “धड्कन” नेपाली गजलका लागि धड्कन हुन ।

ऋषि “सुदामा”

ऋषि सुदामा लामो समय देखि नेपाली गजलमा निरन्तर साधना गरिरहेका नेपाली गजलका अब्बल गजलकार हुन् ऋषि “सुदामा“ । सालिन स्वभावका “सुदामालाइ नेपाली गजलका अघिल्लो, पछिल्लो दुबै पुस्ताले बहुप्रतिभावान गजलकारका रुपमा चिन्ने गरेको छ । देशमा हुने गजल महफिलहरुमा उनको पानी बाक्लो उपस्थिति र माग छ । “सुदामा” नेपाली गजलका लागि मात्रै हैन नेपाली गजलका श्रोता, दर्शक, पाठक, शुभचिन्तकका लागि पनि “सुदामा” नै हुन् !

संगीता थापा

संगीता थापा गजलमा मात्रै हैन नेपाली साहित्यमै नारी सर्जकहरुको संख्या यति थोरै छ जो औलामा गन्न सकिन्छ । यहीँ औलामा गन्न सकिने गन्ती मध्यको पहिलो अंकमा आउने अब्बल नारी सर्जकको नाम हो संगीता थापा शुभाशिल स्वभावकि संगीता गजलमा पनि उत्तिकै शुभाशिलरुपमा प्रस्तुत हुन्छिन्। गजलले देश खाइरहेकी थापा गजलकार मात्रै होइनन् ।

गीतसङ्गित गायन र अभिनयमा पनि उनको छुट्टै पहिचान छ ।नेपाली गजलमा नेपाली नारी सर्जकहरु पनि यति अब्बल होनहार छन् भन्ने उनी एक उदाहरण हुन ।

महफिलमा उपस्थितिका लागि परिषदले सबैमा अनुरोध सहित निमन्त्रणा गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको