July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
कक्षा १० पढ्दासम्म म केटिहरुसँग खासै बोल्दैन थिए, जब +२ पढ्न दाङ गइयो त्यसपछि……….

कक्षा १० पढ्दासम्म म केटिहरुसँग खासै बोल्दैन थिए, जब +२ पढ्न दाङ गइयो त्यसपछि……….

मंसिर १४, सल्यान । मंसिर महिना । बिबाह लगनको महिना । मंसिर र बिबाह एक अर्काको परिपुरक जस्तो । प्रायः अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने महिना ।

मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई विभिन्न तरिकाले जिस्काउने, छेड हान्ने दबाब दिने र उत्साहित गराउने गरिन्छ । सोधिन्छ- “बिबाह कहिले गर्ने ? यो मंसिर यत्तिकै जानु हुदैन है ।”

यद्यपि बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोन, सामाजिक संजालको माध्यमको प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।

यसै सन्दर्भमा नयाँ दृष्टि डटकमले मंसिर, प्रेम र बिबाहबारे विभिन्न क्षेत्रमा सफल तथा कृयाशिल अविवाहित ब्यक्तित्वहरू सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, लोकप्रिय अनलाइन पत्रीका लेकाली अनलाइनका संचालक/ संपादक युवा पत्रकार खकेन्द्र केसीसँग गरिएको रमाइलो कुराकानीको सम्पादित अंश ।

मंसिर सम्झीदा त बिहे गर्दिम कि जस्तो लाग्छ

अहिले म २२ वर्ष पुरा भएर २३ वर्षमा लागे । मंसिर महिना आउन बित्तिकै धेरैले सम्झीने भनेको बिहेको महिना भनेर हो । धैरैले बिहे कहिले हुन्छ भनेर जिस्क्याउने महिना पनि मंसिर नै हो ।

हुनत बिहे मंसिरमै गर्नैपर्छ भन्ने होइन तर मंसिरले धेरैको बिहे कुरिरहेको हुन्छ । मंसिर सम्झीदा त बिहे गर्दिम कि जस्तो लाग्छ तर यो मंसिरमा भने मेरो बिहेको कुनै टुंगो लागेको छैन र कुनै तयारी पनि गरिएको छैन् ।

तपाइले गरेको प्रश्नमा मेरो बिहे यो बेला हुन्छ भनेर त्यस्तो कुनै समयको पनि टुंगो लागेको छैन् । आशा गरौं बिहे छिटै होस् ।  म कर्मले सदरमुकाम भएपनि बेलाबखत घर जाने गर्छु ।

घर गएको बेला आमाबुबा र छिमेकी आफन्तहरुले अब त बिहे गर्नुपर्यो भनिराख्नु हुन्छ । गाउँमा मेरो उमेरका सबैले बिहे गरेर पनि होला उहाँहरुको यो जोडबल हुन्छ ।

तर म उहाँलाई गजबसँग कुरा गरेर बिहे गर्ने कुरालाई ढिसमिस गर्छु र उहाँहरु पनि मेरो कुरामा सहमत हुन्छन् । उहाँहरुलाई केहि समयपछि बिहे गर्छु भनेर आशामा राखेर फर्किने गर्छु ।

कक्षा १० पढ्दा केटिहरुसँग खासै बोल्दैन थिए

यो उमेरमा बिहे गर्न धेरै ढिला भएजस्तो त लाग्दैन् तर अब बिहे गर्ने उमेर भने भएको हो । मेरो प्रेम सम्बन्धका कुरा गर्दा म कक्षा १० सम्म पढ्दा केटिहरुसँग खासै बोल्दैन थिए ।

अझ प्रेमको कुरा त परै छ । जब एसएलसी पास गरेपछि +२ पढ्न अध्ययनको लागि दाङ गइयो । त्यहाँ विस्तारै सामान्य प्रेमका कुराहरुतिर प्रवेश गरियो ।

सायद त्यो बेला गरिएका प्रमेका कुराहरुलाई सार्थकता दिइएको भए उहिल्यै बिहे गरिन्थ्यो होला तर खासै गहिरो प्रेम गरिएन् । त्यो बेलाको उमेर पनि अन्जान थियो । त्यो बेला बिहे नगरेर अहिले ठिकै गरिए जस्तो लाग्छ ।

म दुईवर्ष पछि सल्यान फर्किए र रेडियोमा काम गर्न थाले । रेडियोमा काम गर्दा थुप्रै केटिहरुले मन पराउथिन्, फोन गर्थिन् तर म खासै वास्ता गर्दैन थिए र कसैसँग गहिरो प्रेम पनि गरिन् ।

केहि केटीहरुलाई प्रेम प्रस्ताव

यो बीचमा केहि केटीहरुलाई प्रेम प्रस्ताव भने गरियो । कैतबाट अस्वीकार भए भने कतै स्वीकार पनि भए । स्वीकार भएका प्रेमहरुलाई अगाडी बढाइयो । कुरा गर्दै जाँदा एकले अर्कोलाई नबुझ्ने, शंका उपशंका गरेर होला ती प्रेमले सार्थकता पाएनन् ।

समय बदलिदै गयो र अहिले उमेर पनि बढ्यो । आजको दिनसम्म भन्नुपर्दा म कसैसँग प्रेम सम्बन्धमा छैन् । म पत्रकारितामा अलि बढी व्यस्त हुने गर्दछु । प्रेममा धेरै समय दिन सकिएन कि जस्तो पनि लाग्छ ।

यस्तो होस् जीवन साथी

तपाईले गरेको प्रश्नमा मैले खोजेको जीवनसाथी रुपले होइन मनले सफा होस् । जीवनमा केहि गर्न सक्ने आट र आफ्नो खुट्टामा उभिएको होस् । जीन्दगीदेखि पछाडी कहिल्यै नहटोस् अगाडी बढ्ने अठोट भएको होस् ।

बिहे भन्ने कुरा एकपटक गर्ने हो र त्यो जीवनभरका लागि टिकाउने हो । मान्छेको एउटै मन हुन्छ भन्ने छैन् तर बिवाह गर्ने जीवनसाथी एकले अर्कालाई बुझ्न सक्ने हुनुपर्छ । हरेक समस्यामा साथ दिने हुनुपर्छ । एकले अर्काको कामलाई बुझ्नुपर्छ राम्रो कामलाई साथ र नराम्रो कामलाई सल्लाह दिने जीवनसाथी हुनुपर्छ ।

यो पनि पढ्नुहोस :

साथीहरूले लमीको काम गरेपछि……..

मंसिर, प्रेम र बिबाहका  सन्दर्भमा नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, पत्रकार टेकराज शाहीसँग गरिएको रमाइलो कुराकानी ।

साथीहरूले लमीको काम गरेपछि……..

हाम्रो विहे भएको २०६३ मंसिर ११ गते हो । त्यतिवेला म २२ वर्षको थिए । खासमा सरकारी उमेरमै विहे भएको थियो ।

हाम्रो प्रेम विवाह हो । ओहो ! प्रेमको कुरा गर्दा तपाईले बिर्सन लागेको कुरा सम्झाई दिनुभयो । खासमा म त्यतिवेला गाँउवाट आएर खलंगामा वस्थे । मेरो श्रीमति उहाँ चाही जागीर गर्नुहुन्थ्यो । उहाँ सँगै काम गर्ने मेरो साथी पनी हुनुहुन्थ्यो उहाँ सगै उहाँको कार्यलय जान्थे त्यहि चिनजान भयो । चिनजान सँगै एकले अर्कालाई मन परायौ होला सायद अलि वाक्लो भेटघाट हुन थाल्यो ।

त्यतिवेला मोवाईल फोन,सामाजिक संजाल अहिलेको जस्तो थिएन । साथीहरुनै लमीको काम गर्थे अथार्त उताको कुरा यता यतको कुरा उता गराउने । साथीहरु मार्फत कुरा आदानप्रदान भयो । यो प्रकृया खास लामो चलेन करीव ६ महिनामै हामी विवाह वन्धनमा वाधियौ ।

अविवाहित मानिस अस्तव्यस्त

पहिलो कुरा त विवाहले मलाई व्यवस्थित वनायो भन्छु । किनभने गाँउवाट सदरमुकाम आएर एक्लै वस्दा म जुन खालको अवस्थामा थिए त्यसवाट अलग्गिएर श्रीमति सहितको जिवन सुरु भयो ।

अर्काे कुरा ससुराली पनी सदरमुकाम नै भएकोले यहाँका हरेक मान्छेहरु सँग मेरो नाता सम्वन्ध सहितको साईनो जोडिएपछि स्वभाविक रुपमा मेरो आनीवानी सवैकुरा परीवर्तन भयो । त्यसले मलाई हरेक कुरा हरुमा व्यवस्थित गर्न मद्धत पुग्यो ।

उमेर पुगेपछि गरीएको विवाहले व्यत्तित्व विकासका र प्रगतिका लागी विवाहले रोक्दैन बरु प्रगतिका ढोका हरु अझ वढि खोल्छ भन्ने मेरो धारणा मात्र हैन अनुभव पनी हो ।

विवाहित जिवन र विहे नगर्दाको जिवन धेरै फरक छ । विहे नगर्दा एक्लो मान्छे धेरै कुरा अस्तव्यस्तमै गईरहेको हुन्छ । हुन त विहे नगरी वसेकाहरु पनी जिन्दगिलाई सजिलै चलाईरहेका पनी हुन्छन ।

बिहेपछि बढी जिम्मेवारी

तर विहे पछि त घरपरीवार, सन्तान सवै कुरा ख्याल गर्नुपर्ने हुन्छ । सामाजिक हिसावले पनी विहेपछि अलि धेरै जिम्मेवारी पनी थपिएको हुन्छ , त्यसले गर्दा फरक भन्दा पनी अलि वढि जिम्मेवारी चाही थपिन्छ । परीवार प्रति अझ वढि जिम्मेवार वनाउछ । समाज त छदै छ ।

बिबाह कानुनले तोकेको उमेर पुगेगपछि र आफुले आफनो लागी केही पेशा व्यवसाय सुरु गरी परीवारका अन्य सदस्यामा आर्थिक भार नपर्ने गरी गर्नु नै उपयुक्त वेला हो जस्तो लाग्छ मलाई ।

कानुनले वन्देज गरेको उमेर बिहे गर्दा त्यसले फाईदा होईन वेफाईदा नै हुन्छ । ढिलो भनेको चाही आफु व्यवहारीक हिसावले र अध्ययन सकेर गर्दा मान्छेको जिवनमा आउने हरेक समस्या लाई डिल गर्न सहज हुन्छ त्यसैले ठिक्कको उमेरमा विहे गर्दा राम्रो हुन्छ ।

बिबाह : बन्धन कि उर्जा ?

यो मंसिरको महिनामा वन्धन नै हो भन्दियो भने कतिले विहे गर्न पक्का गरेको सहमति नै तोडर भाग्लान भन्ने डर । खासमा विहे दुवैजनाको मन मिल्यो, मन सँगै व्यवहार मिल्यो अनि एकले अर्काको काम र व्यवहार लाई वुझ्न सक्ने हो भने विवाह उर्जा नै हो ।

यो पनि :

जन्ती बोकेको गाडी पल्टियो, चार जनाको घट’ना स्थलमै मृ’त्यु

शीर्ष समाचार

धेरै पढिएको