October 29, 2020, Thursday
२०७७ कार्तिक १३, बिहीबार
कबिता :  के सोध्नु हुन्छ ?

कबिता : के सोध्नु हुन्छ ?

देवराज कार्की
मोरङ

बिलखबन्दमा परेको छु आज
म शिर निहुराएर गाउमा हिड्छु
प्रजातन्त्र ल्याउने भनेर सडकमा
जिन्दावाद र मुर्दावादको नारा लाउदै
मसाल जूलूस निकालेर दौडदै गर्दा
लाठी खाइएन कि
अश्रुग्या’स पचाइएन कि
गाउका जनता मलाइ सोध्छन्
म अब के उत्तर दिने होला ?
खै प्रजातान्त्रमा हामिले के पायौ ?

जनताको सत्ता आउछ राज्यमा
भोका ना’ङ्गा कोहि हुदैनन्
शिक्षित छोराछोरी राज्यको माग हो
बेरोजगार कोहि बस्नु पर्दैन
उध्योगधन्दा र बिकास निर्माणको
गाउँ बाट मुल फुट्छ जताततै।
घर भनेनौ परिवार भनेनौ
यति सम्म कि जिन्दगी आफ्नो गनेनौ
बन्दु’क बोकेर कहिले दाङ हान्यौ
कहिले खारा त कहि दुनै क’ब्जा गर्‍यौ
सल्लेरी र भालुबाङमा कयौ साथिका
मृत र घाइते छटपटाउदै गरेका
साथी त्याग्यौ बलिदानमा साटेर
शान्ति सम्झौता गरे पछि
घाइतेको बिल्लिबाठ मात्रै भएन
अग्योग्य भएर अहिले आँसु पिउदै
दुखले पस्चातपको जिन्दगी बाच्ने
मलाइ सोध्दैछन् खै जनताको सत्ता
भन्नुहोस् म के उत्तर दिनु ?

प्रजातान्त्र पनि आयो
लोकतन्त्र पनि आयो
गणतन्त्र नै नेपालमा छायो
खै झोपडिमा परिवर्तन ?
खै सत्तामा परिवर्तन ?
खै व्यबहार परिवर्तन ?
खै नेतामा परिवर्तन ?
म शिर झुकाएर गाउमा हिड्छु
किनकी मै हु उनिहरुलाइ बिश्वास दिलाएर
त्यो आन्दोलनमा होमिदिने
मै हु बन्दु’क बोकाएर यु’द्धमा पठाउने
आज खै समाजवाद भन्छन्
खै जनताको राज्य भन्छन्
म के उत्तर दिनु शिर निहुराउनु बाहेक
जब म नै बिलखबन्दमा छु।

के सोध्नु हुन्छ, पराजित सहयोध्दाहरु
के प्रश्न गर्नु हुन्छ घाइते मित्रहरु
तपाईंको आखाले देखेको सत्य हो
तपाईको पाइतालाले टेकेको धर्ती
लथालिङ्ग भएको राजनीति
आफ्नो जमिर नेताले बेचेको पनि
सामान्तवाद संग संझौता गरेर
साम्राज्यवाद संग मितेरी गासेको पनि
सत्य हो अब कुनै दोधार छैन ।

के सोध्नु हुन्छ, अहिले यहाँ
म कुनै जवाफ दिन सक्दिन
गाउमा शिर झुकाउन बाध्य छु ।
त्यो राजनीति ब्यापार
र नेता त्यसका ब्यापारी भएर हो
मेरो आफ्नो कारण छैन
पार्टीले नै पजेरो चढेर
सिद्धान्तले भ्रष्टाचार संग दोस्ती गरेपछि
अब म के भन्न र गर्न सक्छु र मित्र ?

२०७७-०६-०५

शीर्ष समाचार

धेरै पढिएको