September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
कबिता : म हराएको छैन, कमरेड

कबिता : म हराएको छैन, कमरेड

देवराज कार्की

धेरै दिन कपाल का’ट्न
नपाएर जुख्रुङ्ग
नुहाउन नपाएर
मैलो शरीर
भनेका बेला लुगा धुन
समय नमिलेर
मैलो टेरिकटनको सर्ट
र कटराइजको
पछाडि रफ गरेको पेन्ट
लगाएर गाउँमा
चेतनाको राँको सल्काउन
आउने मै हु एउटा
हराएको छैन
म गाउँ मै छु कमरेड ।

काधमा कालो झोला
त्यसमा बर्ग संघर्षका
नयाँ अंक, अपानी
नानिहरुका लागि
चिनियाँ चित्र काथाका
पुस्तकहरु
प्रेक्षण चौकि नम्वर तीन
बाल गडेरिया हाएवा
एउटा टर्च लाइट
छाता र लुङ्गि बोकेर
दुर दुरान्त गाउँमा
संगठन गर्दै हिड्ने
लाल सलाममा मुठ्ठी उठाउदै
दह्रो हात मिलाउने
म हराएको छैन कमरेड ।

को-अर्डिनेसन देखि
गाउँका झोपडिमा
क्रान्तिकारी किसान
क्रा’न्तिकारी महिला
नानिहरुको रेड गार्ड
शिक्षकहरुलाई संगठित गर्दै
मजदुरको पनि
संगठन बनाउदै
साथी भन्ने होइन
कमरेड भन्नू पर्छ
भनेर हिड्ने एक संगठ्क
मै हु
म हराएको छैन
कमरेड ।

जनता संग
सियो र धागो समेत
सित्त्यै लिनु हुदैन
अन्याय गर्नु हुदैन
र सहनु पनि हुदैन
झुठो बोल्नु हुदैन
सत्यको पक्षमा उभिनु पर्छ
शोषक सामान्तको अन्त्य गरेर
जनताको राज्य निर्माण गर्न
एक तन्त्रीय तानाशाहि
फा’सिस्ट वि’रुद्ध लड्नु पर्छ
भन्दै गाउँ जाग्रीत गर्दै हिड्ने
म कतै हराएको छैन
सेल्टर दाता कमरेड ।

राती हामी सुतेको बेला
चारै दिशा चनाखो
पहरा बस्ने तपाईंहरु
दिउँसो पिसाब फेर्न गाह्रो हुदा
कोपरामा पिसाब फाल्ने
ए महान किसान कमरेडहरु
आफू नखाएर पनि
खाना खुवाउने
आफू नसुतेर हाम्रो
निन्द्रा पुर्‍याउने
अहिलेको अवस्था
ल्याउन अहं भुमिका
तपाईंहरुको छ
त्यही भएर
मान्छे हरायो भनेर
खोज्नु स्वाभाविक छ
तर म हिजो जस्तै
आज पनि कमरेड
चेतना भर्दै गाउँ बस्ती
गर्दैछु म हराएको छैन कमरेड ।

केही हिजोका कमरेडहरु
त्यो दुख र संघर्ष बिर्सेएर
खसिको टाउको राखेर
कुकुरको मासु बेच्दैछ्न्
राती टर्च लाइट बालेर
चारकोशे जंगल पार गर्दै
भिर पहरा पार कुल्चदै
संगठनमा हिड्ने
हामीलाइ त्यागेर
तपाईंलाई छोडेर
साम्राज्यवाद संग अंकमाल गरी
बिक्री भै सकेका छन्
आलिसान महलमा
आफुलाइ रुपान्तरण गरी
बिगतलाइ लात हानेछन्
उनिहरु संग जोगिनु होला
म र म जास्त तपाईंलाई
अन्यायको वि’रुद्ध लड्न सिकाउने
तपाईंको घरमा आइ रहने मध्ये
धेरै गाउँ मै हुनुहुन्छ
कलम समातेर बिद्रोहको
आवाज बुलन्द गर्दैछु
म हराएको छैन कमरेड
हराउने पनि छैन।

तपाईंहरुको असिम
स्नेह म’र्न दिने छैनौ
केही बाघको खाल ओढेका
स्यालहरु सिनोमा भुले पनि
हामी त्यो जग बसाल्नेहरु
कहिल्यै बिस्वासघात गर्ने छैनौ
तपाईंका मान्छे हामी
हराएको छैन कमरेड
म अहिले पनि गाउँ मै
तपाईंहरुको स्नेह संगै
बसेको छु
म हराएको छैन कमरेड ।

(२०७७-०५-२३)

शीर्ष समाचार

धेरै पढिएको