September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
मुक्तक : चो’ट देउ बरु मलाइ जति पनि सहन्छु म

मुक्तक : चो’ट देउ बरु मलाइ जति पनि सहन्छु म

नन्दराम बस्नेत

१.

चो’ट देउ बरु मलाइ जति पनि सहन्छु म
तर तिम्रै नाम सम्झी यो मनले बहन्छु म

अजात स’त्रु झै यसरी नदेउ मलाई पीडा तिमी
तिम्रो प्रगती हेर्न भएनि जिउदो रहन्छु म

२.

अजात स’त्रु हो नजाने काल बनाउछ माया
अनेक घुम्ती घुम्तीमा बेहाल बनाउछ माया

एकले अर्कोलाई भुझ्नु जरुरी छ यो दुनियामा
बेजोगमा हुर्केको जिन्दगी बेहाल बनाउछ माया

३.

पसिनाको आँसु पिउने मान्छे म चाहिन्न झुटो माया
हरेक पल पलमा रुने मान्छे म चाहिन्न झुटो माया

बरु जाउ मलाइ छोडी जे सजाय पनि भोग्छु म
फाटेको मन सिउने मान्छे म चाहिन्न झुटो माया

४.

सन्सार जित्छु भन्ने सोच्थे मैले माया लायपछी
थियो चाहाना कवि बन्ने तिम्रो माया पाएपछी

फरक छ बेदना गर्दैन आट दुस्साहसको सत्रु पनि
तर बद्लियौ तिमी म तिम्रै मायाको पछि धाएपछि

शीर्ष समाचार

धेरै पढिएको