September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
“बा”

“बा”

टेक राज भण्डारी

एक दिन “बा”लाई सम्झिन नसक्नेले के सधैभर सम्झिन्छ होला र ? बिहान घाम झुल्किनु भन्दा पहिले नै  शहरको एक बन्द कोठामा बिर्खे उठ्छ । उस्को हात हतपत मोबाईल मै जान्छ । अनि “बा” लाई फोन लगाउछ ।

टिङ टिङ मोबाईलमा फोनको आवाज बज्छ । बिर्खे खुसी ले  गदगद  हुन्छ । बन्द गल्लीमा अस्ताउन खोजेका उस्का आँखा खुल्छ्न । तर बा को फोन उठ्दैन । उस्को मन खिन्न हुन्छ । खुलेका आँखा पिलपिल पार्छ र फेरि मोबाईलको बटन थिच्छ ।

बा लाई हानेको फोन को टिङ टिङ आवाज सकिन्छ । तर  पनि बा को फोन उठ्दैन । उ आफैमा उकुसमुकुस हुन्छ र मोबाईल थन्क्याउछ । बेडमा गएर पल्टिन्छ । उस्ले मुख बिगार्दै प्याट प्याट पार्छ र बा लाई सम्झिन्छ ।बा घाँस काट्न गाउँका पाखा पखेरा पुगेको सम्झिरहन्छ । घरमा बा लाई बा दिबस पनि था हुदैन ।

बा ले कहिले खुर्पा छोड्नु हुन । कम्मरमा बा ले “खुर्पेटो” छाड्नु हुदैन । बा को कम्मरमा खुर्पेटो  झुन्डिएको हुन्छ । खुर्पेटो मुन्तिर खुर्पा । बिर्खे पल्टेको बेड बाट जुरुक्क उठ्छ । आँखामा हातको मुडि बजार्न थाल्छ । उस्लाई बन्द कोठामा बस्न मन पर्दैन । बा घाँस काट्न गएको खेतका गरा उस्को दिमाग भर फन्को मारिरन्छ्न । गड्याङ ढोकाको मुसेलो आवाजमा बिर्खे रन्थनिना थाल्छ । हतार हतार ढोका को साङ्लो लगाउछ र कोठा बाहिर निस्केर सहरको गल्ली तिर पस्छ ।

उ सुस्त सुस्त गल्लीका कुना कुना चिहाउछ । गल्ली वरपर हेर्दै निस्कन्छ । उ बायाँ तिरको मोड बाट दायाँ तिरको मोड्मा पस्छ । उस्का आँखा बुढी आमा र बुढा बा बसेको ठाउमै पर्छ्न । बिजुलिको पोल्को आड्मा बुढा बा बसेका थिए । उन्को काखमा  सानी छोरी पल्टेकी थिई । बुढी आमैले पनि काखमा सन्तान चेपेकी थिईन ।

बिर्खेले ती काखमा पल्टेका सन्तान तिर हेर्छ । नाङ्गै काखमा पल्टिएका थिए, ती सन्तानहरु । उ ट्क्क रोकिन्छ । एकछिन लामो श्वास फेर्छ । जिउ ढाक्ने एक सर्को लुगा नभएका तर सन्तानलाई काखमै च्यापेर सुताएका बा आमा सहरको गल्ली गल्लीमा देखिन्छ्न ।

बा को त्याग सम्झेर उ गल्ली बाट पाईला चाल्दै अगाडि लम्किन्छ । वरपरका गल्ली चिहाउदै बिर्खे अर्को गल्ली बाट फर्किन खोज्छ । उस्ले गल्ली गल्लीमा कति बा र आमाका अनुहार हेर्यो उस्लाई पत्तै छैन । उ फर्किने गल्लिको पारी पट्टि ठूलो बोर्ड टासिएको थियो ।

उस्ले बोर्ड्मा पोतिएका अक्षरहरु हेर्छ । ठूलो पारी बोर्डमा लेखिएको थियो ” बृदाआश्रम ” । उस्का आँखा त्यही बोर्डका अक्षरमा पर्छन। उ त्यहाँ सम्म पुग्नै खोजेकै  थिएन। उ लुरुङ्ग परेर गेटमा उभिन्छ । गेट भित्र रहेका बा र आमा हरुको आवाज घन्कीरहेको सुन्छ उस्ले ।

गेटको प्वाल बाट भित्र चिहाउछ । मान्छे हरुको लामो लर्को थियो । लहरै बसेका बुढा बाहरु देख्छ । भित्र बाट गेट तिर कोहि आएको सुइको पाउन साथ उ त्यहाँ बाट निस्कन्छ । घरका बा लाई सम्झिदै उ फेरि गल्ली को आफ्नो अँध्यारो कोठा तिर पस्छ । बन्द ढोका खोलेर भित्र झुल्किन्छ  । बेडमा गएर उ पल्टिन्छ । एकछिन उ सुस्ताउछ र फेरि बा लाई फोन लगाउछ ।

टिङ टिङ फोन लागेको आवाज उस्को कानैमा पर्छ । मोबाईल कान तिर थड्याउछ । बा ले फोन काट्नु हुन्छ। बा ले फोन गर्दा भनुहुन्छ – “पैसा सकिन्छ होला फोन राख म आफै गर्छु ।” बा ले फोन गर्दा बोलेको बोली सुनेर उ अर्को पट्टि पल्टिन्छ ।एकैछिन पछि उस्को मोबाईलमा टिङ टिङ आवाज आउँछ । उस्ले मोबाईल हेर्छ  ।  बा कै फोन थियो ।

हतार हतार बिर्खे आतिन्छ । र बाको फोन उठाउछ । हेलो ….? हेलो, बा ढोग गरे । कता जानू भा थियो मैले अघि बाट फोन गरेको थिय । …? उ ट्क्क रोकिन्छ ।

घाँस का’ट्दा काट्दै ढिला भएछ । तलाई पैसा राख्दिन गा थिए एकछिन पछि सम्म पैसा आउँछ। बाले भनु भो । बा  बोल्दा उ एकछिन शान्त हुन्छ । यतिकैमा बा सँग केहीबेर मिठा कुरा गरेर फोन राख्छ र कङ्गाल सपनी बाट बिउझेर कोल्टो फेर्छ ।

यति बेला बिर्खे ले उहीँ बा लाई आधा रातमा सम्झीरहन्छ । झ्याल खोलेर त्यहि गल्ली को बाटोमा हेर्छ । बाहिर सिमसिमे  पानी परिरहेको थियो । पानीमा भिजिरहेका  मान्छे  देख्यो उस्ले । सुनसान रातमा कुकुर भुकिरहेका थिए । उन्ले काखमा सन्तान समाएर बिजुलिको पोल नेर पानीमा भिजिरहेका थिए ।

यो बेला बिर्खे एकोहोरो ती बा तिर हेरि मात्र रहेको छ । यो सपना थियन । बिपना नै थियो उस्को लागि । आधा रातमा उस्लाई छ्ट्पट्टी हुन्छ र बा लाई फोन लगाउन थाल्छ । टिङ टिङ ….

शीर्ष समाचार

धेरै पढिएको