November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार
कर्णाली प्रदेश सरकारलाई प्रदेशी युवाको खुल्ला पत्र….

कर्णाली प्रदेश सरकारलाई प्रदेशी युवाको खुल्ला पत्र….

सम्माननिय मुख्यमन्त्री ज्यु
सर्वप्रथम प्रदेशिएका हजारौंहजार आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुको तर्फबाट नमस्कार तथा नमन छ।

विगत एक, दुई महिना अघिदेखि कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रुपमा लिएको तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो। त्यसैकारण यसले विश्वभरमा मानव स्वास्थ्य र आर्थिक, सामाजिक क्षेत्रमा निकै बढि प्रभाव परेको देखिन्छ। यसरी कोभिड १९ एक विश्व महामारीको रुपमा फैलिदा प्रदेशिएका आमा, बुबा, दाजुभाइ, दिदिबहिनीहरुले विभिन्न असरहरु तथा पिडाहरु भोग्नुपरेको छ अथवा भोगिरहेका छाैं । मैले २/४ दिन अगाडि देखि सामाजिक सञ्जालहरुमा विभिन्न क्षेत्रहरुबाट विभिन्न ब्यक्तित्वहरुले सर-सहयोग गर्नुभएको देख्दा म लगाएत अरु विभिन्न साथिभाईहरु पनि त्यो कुरा सुन्दा र पढ्दा निकै खुसियाली एवं हर्षित छौ। त्यसैले यो दु:खको घडीमा नेपालमा मात्र सहयोग नगरेर खाडीमुलुकहरुमा अलपत्र परेका नेपालीहरुको पनि उद्धार गर्ने हो कि भनेर हजुरहरु समक्ष आग्रह गर्न चाहान्छु।

माननीय कर्णाली प्रदेश मुख्यमन्त्री ज्यु, तपाईंले जुनबेला आफु निर्वाचित हुदा गाउगाउ, टोलटोल, सहरका विभिन्न गल्ली गल्लीमा गएर के कस्ता प्रतिज्ञा गर्नुभएको थियो अथवा आश्वासन दिनु भएको थियो ती सबै पुर्ण रुपमा पूरा गर्न नसकिएता पनि गरिबीको कारण यो प्रचण्ड गर्मीमा प्रदेशिभुमिमा छट्पटाइ रहेका हामी नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरु प्रति अलिकति माया, दया र सहयोगी भावना छकि छैन ? के ती प्रदेशिएका आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरु जननि जन्मभूमि नेपाल आमाका सन्तान होइनन् र ?

हामी हाम्रो रहरले होइन बाध्यताले प्रदेशिएका हजारौं हजार आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु यहाँ रोगले भन्दा पनि भोगले मर्ने सम्भावना दिन प्रतिदिन तिब्र गतिमा बढ्दै गएको देखिन्छ। लकडाउन संग संगै ड्युटी पनि बन्द भएको अब लगभग १ महिना भैसकेको छ। कसैको कोठामा खाना छैन। कसैलाई बस्ने बास छैन र यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ र कतिपयलाई त कोठाभाडा तिर्नलाई पैसा छैन । कोठादेखि घरबेटीले निकालिदिदा नाङ्गो आकास मुनि सुत्न बाध्य भएका छन। अझै दु:खको कुरा के छ भने कोहिको साथमा त एक डेढ महिनाका बच्चाहरुपनि छन। त्यो दयनिय स्थिति देख्दा मन भतभति पोलेर भकानिएर आउछ। तर चाहेर पनि सहयोगी मनहरुबाट सहयोग आदानप्रदान गर्न सकिएको छैनौं ।

यस्तै हो भने फेरि चुनावी माहुलमा गाउघर, टोलटोल, अनि सहरका गल्ली गल्लिमा भोट होइन माननीयज्यु तपाईंहरुलाई मोसो दलेर जसरी यो दुख:द घडीमा हजारौं हजार प्रदेशिएका युवाहरू छट्पटाई रहेका छन् त्यसरी नै तपाईहरुलाई पनि त्यो रङ्गिन माहुलको घडीमा अहिले प्रदेशिएका युवाहरु कसरी छट्पटाई रहेका छन् त्यसरी नै तपाईहरुलाइ पनि छट्पटाउनु पर्ने छ हेर्दै जानुहोला। हामिले पनि तुरुन्तै हामीलाई नेपाल फर्काउनु होस भनेका छैनौ। तपाईहरु राजदुतावास समन्वय गर्नुहोस् अथवा वैदेशिक राष्ट्रहरुसंग समन्वय गर्नुहोस् र राहत संकलन गरि अलपत्र परेका नेपालीहरुलाई प्रबन्ध मिलाई दिनुहोस। नत्र भने अबका आउने चुनावमा गाउगाउ, टोलटोलमा तपाईहरुले भोट माग्ने दिनहरू सिद्धिने छन् । त्यसैले म हजुरहरु समक्ष जसरी भएपनि अलपत्र हामि जस्तैः हजारौं प्रदेशिहरुलाई थोरै भएपनि राहत संकलन गरि उद्धार गरियोस्।

मान्छे महान बन्नलाई हजारौं हजार काम होइन मुख्यमन्त्री ज्यु दु:खको यस घडीमा प्रदेशिएका युवाहरुलाई मलमपट्टी लगाउने काम गर्नुभयो भने अथवा गरेमा प्रसंसानिय कार्य हुनेछ। मान्छेलाई हजारौं गुणले होइन तपाईंको थोरै सहयोगी भावनाले कसैको जीवन मृत्युको मुखबाट बाँच्न सक्छ भने यो कार्य गरिएमा प्रदेशिएका युवाहरुले हरदम तपाईंको नाम पुकार्नु बाध्य हुनेछन्। त्यसैले यो दु:खको घडिमा तपाईंले सहयोग गरेमा बाँकि दिन बाँकी पलहरुमा तपाईंलाई पनि कुनै न कुनै दिन आपतबिपत र समस्याहरु आइपरेमा प्रदेशि भुमिबाट भएपनि प्रदेशिएका युवाहरूले अवस्य सहयोग गर्नेछौं।

त्यसैले हामी फेरि पनि हजुर समक्ष बिन्ती गर्दछौं। तपाईं लाई अझै पनि केही गरेर नेपाली धर्तिमा सिलालेखमा झै नाम लेखाउने हो भने अझै नाम कमाएर अगाडि बढ्न चाहानु हुन्छ भने यो महान कार्यमा हात हाल्न जरुरी छ! र यति भन्दै लेख्न त धेरै मन थियो अझै पनि तर अ भनेसि अलङ्कार सम्म बुझिन्छ भने अब धेरै लेख्नु पनि ठिक ठान्दिन । त्यसैले यो पत्र अवस्य पढिदिनुहोला र कार्यनयन भएसम्म बाँकि सुखदुःखका कुराहरु अर्को पत्रमार्फत समावेश गर्ने बाचा राख्दै यो चलिरहेको कलम बन्द गर्छु। धन्यवाद !

केवल बस्नेत
महाराष्ट्र,नाशिक भारत

शीर्ष समाचार

धेरै पढिएको