October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
बसन्त र कोइलीको कुहुकुहु

बसन्त र कोइलीको कुहुकुहु

एउटा महान चाडको भाका तोकि
हर्ष,उल्लास र उमङग बोकि
मानुषी माइती घरमा आएसरि
कोइली पनि आएकी छे|
दाजु वषन्तलाई भेटन, हतपत बाहिर गए
अनि संघारमा स्वागतम लेखेर सोधे – सन्चै छ्यौं ?
शिर निहुराउँदै मौनतामा भनिन् – सन्चैछु ।
‘कुहुकुहु’

उसको त्यो मौनतामा
वषन्तको चित्कार थियो
असन्तुष्टिको विचार थियो!
अनि कुहुकुहुमा
निराशाका लहर थिए
असन्धारा आँशुका बहर थिए!
अलपक हेरे उसका ती आँखा
भिजेका ती नरम कपास अनि सुने एकोहोरो
उसको निर्दोषी
‘कुहुकुहु’

निराश अनि मौनतामा किन कोइली ?
अनि किन नित्थ्रुक भिजेकी ?
सोधे मौनतामा;
शैशवकालमा सबैकी प्यारी अनि
यही डाँडापाखामा हुर्केकी म
आज यही ठाउँ बिरानु भएछ ।
बास माग्दा हिजोको त्यो रातको झरीमा कपास ढाक्ने कुनै ओत पाएन ।
सधैँ माइतीघर आउँदा त्यो पारि डाँडामा बिसाउँने
चौतारीको घुमाउँरो पिपलुको रुख पनि कुन पापीले काटिदिएछ ।
घनघोर जङगल पनि उजाड भएछ,
दौतरीसँग बसि पिरतीका गीत गाउँने त्यो पाखा कस्तो कसतो भएछ ।
डडेलोले खाएको शरीर जस्तो पो भएछ|

(स्वास रबर जत्तिकै तन्काउदै,गर्छे कोइली कुहुकुहु)

शीर्ष समाचार

धेरै पढिएको