September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
म हिड्न सक्तिनँ त्यो माया भण्दा परको बाटो :- उषा हमाल

म हिड्न सक्तिनँ त्यो माया भण्दा परको बाटो :- उषा हमाल

उषा हमाल

मायाको मुल्य

माया भण्दा परको बाटो
मलाई नदेखाउ
कठिन छ त्यो बाटो
चट्टान जस्तै
म हिड्न सक्तिनँ
त्यो माया भण्दा परको बाटो ।

नाङगा खुट्टाले
पहाडका तिखा ढुंगाहरु टेक्दै
हिडेका अनुभवहरु तिमिसँग छन भने
सम्झ ,
त्यो भण्दा पनि कठिन हुुन्छ
माया भण्दा परको बाटो ।

तिमि गह्रौै भारी बोकेर
उकाली चढेका छौ भने
सम्झ,
त्यस्तै गह्रौ हुन्छ
माया भण्दा परको जिवन
र हुन्छ कठोर
पुस माघका
सडक जिवन जस्तै ।

सम्झ प्रकृतिले हामिलाई
माया दियो
तर मायाको मुल्य बुझाएन ।

मधुपर्क, पुर्णअंक ५३९( २०७०,फागुन)

उषा हमालको कविता : समयका चित्रहरू

उषा हमालको कविता : कुमाख

शीर्ष समाचार

धेरै पढिएको