October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
गणेशमान सिंहको फल्स लभ

गणेशमान सिंहको फल्स लभ

फल्स लभ
– गणेशमान सिंह

(म वाचा गर्छु, म जीवनको फूल फुलाउनेछु । म अझै जीवनको नदी बगाउनेछु । म प्रेम गरिरहनेछु, मेरो शरीरमा अक्सिटोसिनको एक बूँद रहेसम्म । म प्रेम गरिरहनेछु अथोफोबियाले नगाँज्दासम्म । म प्रेम गरिरहनेछु, पेडोफोबियाले नछोप्दासम्म । हो, प्रेम गरिरहने छु हाइड्रोफोबियाले नसताउँदासम्म ।)

गणित पढाउने सरले भन्थे – समान्तर रखो जति लम्ब्याए पनि आपसमा कहिल्यै भेटिँदैनन् । गणित, मलाई त्यसै पनि मन पर्दैनथ्यो । अझ ज्यामितीका ती तथ्य र कारणहरू त बुझिँदै नबुझिने । त्यसमाथि सरको यो कुरा झन् पटक्कै मन परेन । किनकि, मैले सँगै पढ्ने रेखालाई माया गर्थें । म सोच्थेँ रेखा र मेरो प्रेम समानान्तर छ । हामी बराबरै भएर अगाडि बढ्छौँ र एक दिन हाम्रो प्रेमको मिलन हुन्छ ।

घरनजिकैको विद्यालयबाट आठ कक्षा पास गरिसकेपछि म पढ्नलाई रुकुम मुसिकोट गएँ । नयाँ साथी, नयाँ स्कूल । जति साथी बने पनि ती नयाँ नै हुन्थे । रेखा र म ‘ए’ सेक्सनमा थियौँ । एक दिन, अङ्ग्रेजी पढाउने देव सरले मलाई पढाउँदा–पढाउँदै पिट्नुभयो । टाउको समाएर ढाडमा हान्दा लाग्यो, मेरो ढाडमा सरको हात होइन, बम पड्कियो । मैले किन मार खाएँ ? कारण थाहा पाइनँ । सरले पनि भन्नुभएन । किन पिट्नुभयो ? सोध्ने आँट कहाँको आउनु ? त्यो दिन म रुँदै डेरा फर्किएँ ।

त्यसपछि मलाई त्यहाँ बस्न, त्यो स्कूल पढ्न नै भारी लाग्न थाल्यो । मनमा स्कूल जान कत्ति पनि रहर हुन्थेन । उपाय अनके लगाए । तर, विकल्प देिखन । बाध्यतावश पढन् जानै । मनमनै प्रण गरेँ, एक पटक त्यो सरसँग अवश्य बदला लिनेछु । धेरै दिनपछि स्कूल गएँ । देवसरले “किन नआएको ?” भनी सोध्नुभयो । माया गरेजस्तो गर्नुभयो । अलि अर्कै लाग्यो । साँझ डेरा आउँदै गर्दा अलि परैबाट उसले बोलाई । मेरो बारेमा सोधपुछ गरी । त्यो दिन सामान्य कुरा भयो । उसले सुनाई, “अर्काले गरेको गल्तीमा सर झुक्किनुभएछ । उहाँलाई गल्ती भएको थाहा भयो । यस्तै हो, कहिलेकाहीँ सिकाउने गुरुहरूले पिट्दा रिसाउनुहुँदैन । हाम्रै लागि हो ।” यति भनेर हाँस्दै ऊ आफ्नो बाटो लागी । अर्का ेबिहान, म काठोमा डसे« चन्ेज गर्द ैथिए ँ। ऊ झुलक्ुक ढोकामा देखा परी । म लाजले भुतुक्कै भएँ । मेरो रातो भएको अनुहार नदेखेजस्तो गरी । अनि, उज्यालो हाँसो छर्दै भनी– “तिमी अझै तयार नभको ?” हामी सँगै स्कूल गयौँ । त्यो दिउँसो क्यान्टिनमा सँगै नास्ता खायौँ । बेलुका पनि सँगै फर्कियौँ । उसले मलाई कोठासम्म छाडेर फर्किई । जाँदाजाँदै नोटबुक पनि मागी । कोठामा यसै पनि म एक्लो थिएँ । ऊ गएपछि झन् कताकता एक्लोपनले गाँज्यो । भोक कत्ति पनि लागेको थिएन । खाना पकाउने जाँगर त त्यसै पनि चलेन । सम्झिएँ, हिजो मलाई उसले आफैँ बोलाई । आज पनि मेरो कोठामा ऊ आफैँ आई । दिउँसो नास्ताको पैसा पनि मलाई तिर्न दिइन । दिनभर रमाइला कुरा गरी । रातभरि निद्रा लागेन । मेरो आँखामा नाचीरही । लाग्यो, सुरुसुरुमा मायाको खरो यस्तै हुँदो हो ।

त्यसपछिका दिनमा हामी साथसाथ रह्यौँ । अगाडि सरले पढाइरहँदा हेराहेर गथ्र्यौं । क्लासवर्क गर्दा सल्लाह गरेर हल गथ्र्यौं । होमवर्क गर्दा नोटबुक साटासाट गथ्र्यौं । बाटोमा हिँड्दा पनि प्रश्न सोधासोध गथ्र्यौं । ट्युशन जाँदा बिहानको शीत सँगै छिचोल्थ्यौँ । शैक्षिक भ्रमण जाँदा, वनभोज जाँदा, शुक्रबारे कार्यक्रममा हामीले मनका सारा कुरा ग¥यौँ । भावना साटासाट ग¥यौँ । सुखदुःखमा सर–सहयोग ग¥यौँ । हामी यति नजिक भएछौँ कि हाम्रो चर्चा स्कूलभरि भयो ।
म उसलार्इ प्रेम गथे । यति गर्थें कि, मापनको कुरै थियन ।
तर, अझै पनि उसको सामु व्यक्त गरेको थिइनँ । इशाराबाटै बुझेँ, उसले पनि मलाई माया गर्छे । लाग्यो– उपयुक्त मौकामा प्रेम–प्रस्ताव राख्छु ।

एक दिन त्यो मौका आयो । भ्यालेनटाइन डे थियो । साथीहरूले यस दिन प्रस्ताव राखे प्रेम सफल हुन्छ भन्ने कुरा गरे । तयारी ग¥यौँ सबैले । कसैले फूल दिने, कसैले चिठी दिने भए । कसैकसैले त औँठी गराउन भ्याए । सबैका आ–आफ्नै रोजाइ रहे । म के दिऊँ ? निकै अन्योलमा परेँ । जे दिन खोज्दा पनि मनले खोट देखाइहाल्थ्यो । धेरै दिनपछि मैले लाएकै घडी दिने निर्णय गरेँ । दाइले विदेशबाट ल्याइदिएको सिको घडी जो थियो । आजभोलि सोच्छु, घडी नै किन दिनेभएँ हुँला ? हरेक पटक उसले टाइम सोध्थी । त्यसैले होला, मलाई सबभन्दा राम्रो उपहार घडी लाग्यो ।

उसलाई किन थाहा नहुनु ? आज प्रेम दिवस हो भन्ने ? तर, थाहा नपाएजस्तो गरी । त्यो दिन स्कूलमा गणितको टेस्ट थियो । बिहानै ऊ मेरो कोठामा आई । एक छिन सम्भावित प्रश्नहरूको बारेमा छलफल ग¥यौँ । अरू दिनको तुलनामा त्यो बिहान उसलाई अलि बढी नै सेवा–सत्कार देखाएँ । अनि, प्रेमदिवसको कुरा झिकेँ । भनेँ, “रेखा, म तिमीलाई मनको कुरा भनूँ भनेको । निराश बनाउदिनौँ नि ?” यत्ति भनेर हातको घडी फुकालेँ र उसको हातमा बाँधिदिँदै भनेँ, “आई लभ यू !” मलाई लाग्छ, मेरो प्रस्तुति उच्चस्तरको थियो ।

एक छिन ऊ केही बोलिन । रिसाएजस्तो त लागेन ।

बरु लजाएजस्तो गरी । मैले गल्ती त गरिनँ ? मैले आतुरीको भावमा यस्तै अनुहार लगाएँ सायद । उसले भनी, “हामी त त्यसै
पनि साथी थियौँ । यो किन ?” अब लजाउने पालो मेरो थियो ।
“हो, साथी नै थियौँ । तर, रेखा, म तिमीलाई साथीभन्दा
जीवनसाथी बनाउन चाहन्छु ।” आत्मविश्वासका साथ भनेँ ।
“जाऊँ, ढिला भो !” भन्दै उसले स्कूल जान पो हतार देखाई ।
मलाई लागेको थियो, उसले मेरो प्रस्ताव स्वीकार्छे । तर, त्यो मिठो भ्रम रहेछ । अर्को दिन उसले बोलाउन छाडी । मैले बोलाउँदा पनि करैले बोलेजस्तो गर्थी । एकाएक टाढा हुन थाली । म निराश भएँ । पढ्न मन लागेन । झन् त्यो स्कूल त जानै मन लागेन । केही महिनासम्म गइनँ पनि । स्कूल नगएको पनि धेरै भइसकेको थियो, पहिलो पटक जाँदा मनमा लागेको थियो, रेखाले किन आएनौँ भनी सोध्नेछे । बिडम्बना, ती दिन त गइसकेछन् ।

उसले त बिहे गरिसकिछ । उसलार्इ सिन्दरू कत्ति सहुाएको थिएन । साथीहरूसँग सोधपुछ गरेँ, बिहे त त्यै स्कुलमा पढाउने सरको छोरोसँग पो गरिछ । उसको लोग्नेले बैङ्कमा जागिर गर्दो रहेछ । सबका सामु कार्टुन भएजस्तो लाग्यो । मेरो अगाडि केही बाँकी थिएन । वरपर पनि कोही थिएन । त्यो स्कूल छाडिदिएँ । अर्को स्कूलबाट एसएलसी पास गरेँ ।
त्यसपछि आजसम्म मैले रेखालाई भेटेको छैन । देखेको समेत छैन । जब उसको याद आउँछ, त्यति बेला गणित पढाउने सरले भनेको सम्झन्छु– समानान्तर रेखा जति लम्ब्याए पनि एकआपसमा कहिल्यै भेटिँदैनन् ।
….. ……. ……
म विद्यार्थी नेता थिएँ । विद्यालयका, क्याम्पसका विद्यार्थीमाझ गएर सङ्गठन बनाउनुपथ्र्यो । पार्टीले जिल्लामा विद्यार्थी सङ्गठनलाई सम्मेलन गर्न निर्देश गरेको थियो । जिल्ला सम्मेलन आयोजक समितिको संयोजक भएको थिएँ । सम्मेलन गर्ने मिति नजिकिँदै गर्दा हामी सङ्गठन निर्माणमा व्यस्त थियौँ ।

एक दिन म र साथी एउटा उ.मा.वि.मा सङग्ठनका लागि जाँदै थियौँ । सदाझैँ त्यहाँका पार्टीका स्थानीय कमरेडको घरमा गयौँ । त्यो साँझ त्यहीँ बस्यौँ । उहाँलाई जिल्लामा पार्टीले गरेको गतिविधिका बारेमा जानकारी गरायौँ । नेताहरूका बारेमा पनि कुरा भयो । गाउँघरका राजनीतिका पनि कुरा गरियो । र, विद्यार्थी सम्मलेनको बारमो पनि अवगत गराइयो । भाेिल हामी जनु स्कलूमा जाँदै थियौँ, त्यही स्कूलमा उहाँकी छोरी पनि पढ्नै रैछिन् । हामीलाई सजिलै भयो । कमरेड बुबाले परिचय गराइदिनुभयो । उनको नाम सपना रहेछ ।

अर्को दिन हामी सँगै स्कूल गयौँ । त्यो बेला भर्खर पार्टी विभाजन भएको थियो । मूल पार्टीबाट सम्बन्ध–विच्छेद गरेर किरणको नेतृत्वमा पार्टी पुनर्गठन भएको थियो । मैले विद्यार्थीमाझ पार्टी विभाजनको कारण, औचित्य तथा आगामी दिनमा पार्टीसामु देखापरेका चुनौती र अभिभाराको विषयमा करिब डेढ घन्टा भाषण दिएँ । अनि केही समय विद्यार्थीका पढाइका, स्कूलका बारेमा कुरा गरियो । जनवादी शिक्षाको महत्व र आवश्यकता, बुर्जुवा शिक्षाको कमी–कमजोरीको बारेमा पनि बोलियो । त्यसपछि सङ्गठन बनाउने जिम्मा साथीलाई दिएर सरहरूसँग छलफल गर्न म अफिसतिर लागेँ ।

त्यो विद्यालयमा राम्रो सङ्गठन बन्यो । अधिकांश सङ्गठनमा बस्न रुचाएछन् । बुझेर हो वा रहरले, करिब असी जनाको सदस्य भएको सङ्गठनमा सचिव भने सपना भइछन् । घर फर्किंदै गर्दा धेरै कुरा गरियो । सपनालाई सङ्गठनमा बसेको हुँदा धन्यवाद भनेँ । त्यो साँझ पनि हामी उनकै घरमा बस्यौँ । त्यहाँबाट अर्को स्कूल जान धेरै समय लाग्ने भएकाले उनको बुबाले पनि त्यहीँ बस्न आग्रह गर्नुभयो । साँझ निकै बेर कुरा ग¥यौँ । सपना अलि जिज्ञासु स्वाभावकी रै’छिन् । राजनीतिका बारेमा कुरा गरिन् । बुबा–आमाले पनि सम्झाउँदै भन्नुभयो– “के गर्नुपर्छ ? के पढ्नुपर्छ ? हामीलाई केही थाहा छैन । नानी, उहाँहरू तेरा दाइहरूजस्तै हो । उहाँसँग सोधपुछ गर्नू, सल्लाह गर्नू ।” उहाँहरूले यो भन्दै गर्दा सपना र मेरा आँखा जुधे । उनी मुस्कुराइन् मात्र । भोलिपख सपनालाई “स्कूलबाट विद्यार्थी ल्याएर सम्मेलनमा आउनू,” भन्दै बाटो लाग्यौँ ।

त्यसपछिका दिनमा हामी फोनमा जोडियौँ । सपनाले स्कूलका, गाउँघरका बारेमा जानकारी दिन्थिन् । म जिल्लामा भइरहेका राजनीतिक गतिविधि र कार्यक्रमको बारेमा कुरा गर्थें । कुरा गर्दैगर्दा हामीले जीवनका, पढाइका र प्रेमका विषयमा पनि लामालामा अनुभव, ज्ञान आदान–प्रदान ग¥यौँ । म हौसिँदै मायाप्रेमका कुरा झिक्दा नमुना तर्किन खोज्थिन् । भन्थिन्– “म त सानै छु ।” तर, मलाई उनी सानै हो भन्ने कत्ति लाग्दैनथ्यो । हामी जिल्लाको सम्मेलनमा जुट्यौँ । उनी पनि धेर ै विद्यार्थी ल्याएर आइन् । ५१ सदस्य जिल्ला कमिटीमा केटीहरू पाँच जनामात्र भए । समावेसी र समानुपातिक प्रणाली लागू गर्दै पदाधिकारीमा एक जना महिलालाई छान्नुपर्ने भयो । अरूभन्दा सपना नै चलाखजस्तो लाग्यो । क्षमतावान् पनि । कोषाध्यक्षमा मैले सपनाको नाम सिफारिस गरेँ । मेरो प्रस्ताव सर्वसम्मतिका साथ पारित भयो ।

जिल्लामा मिटिङ हुँदा, कार्यक्रम हुँदा, आन्दोलन हुँदा उनी र म सँगसँगै हुन्थ्यौँ । जिल्लाबाहिर हुने विद्यार्थीका, पार्टीका प्रशिक्षणमा पनि हामी साथै हुन थाल्यौँ । बेलाबेला जिल्लामा अभियान सञ्चालन गथ्र्यौं, त्यसमा पनि हामी सँगै हुन्थ्यौँ । केही समयपछि सपनाले राजनीतिक÷वैचारिक स्तर यति माथि पु¥याइन् कि सामान्य मान्छेका लागि त्यो गाह्रो थियो । उनले गरेका भाषण सुन्दा गर्व लाग्थ्यो । कहाँकी पहिला भेटिएकी सपना, कहाँकी आजकी नेता सपना ! पार्टीका नेता–कार्यकर्ता उनलाई महिला नेतृमा गन्न थाले ।

हाम्रो लामो सङ्गतले, लामो छलफलले बिस्तारै प्रेमको बाटो हिँडाएको पत्तै भएन । मैले उनलाई एकोहोरो माया गर्न थालिसकेछु । जीवनमा यस्तै मान्छे भेटिने हो कि होइन भन्ने लाग्न थाल्यो । मौका मिलेको बेला, अवसर जुरेको बेला जे त होला, होला घरजम गरिहालौँ जस्तो लाग्यो । एक दिन मनको कुरा राख्न काठोमा बालोए । क्रान्तिका, त्यागका, बलिदानका र पाटीर्का सङ्घर्ष र आरोह–अवरोहका आदर्श छाँटिसकेपछि, क्रान्तिकारी प्रेमका उहादरण दिएर लामो भूमिका बाँधेँ । मैले जानेजतिका, सुने–पढेजतिका इतिहास खोतलेँ । भनेँ– “यदि माक्र्सको जीवनमा जेनी नभएकी भए के माक्र्स, माक्र्स हुन सक्थे ? लेनिनको जिन्दगीमा यदि क्रुप्स्काया नभईदिएकी भए लेनिन, लेनिन हुन सक्थ े?” यति बले ासम्म सपना कहेी बाेिलनन ्। यसरी मलै ेवर्गिनष्ठ प्रेम, क्रान्तिकारी भावनाको प्रेम आदिका बारेमा बोलिसकेपछि मनका सारा कुरा राखेँ । उनले पनि हाँसीहाँसी स्वीकार गरिन्, पूरै क्रान्तिकारी पाराले ।

उनले प्रथम श्रेणीमा प्लस टु पास गरिन् । सपनाका बुबाले मलाई घरमा बोलाए । छोरीको पढाइबारेमा कुरा भए । मैले सदरमुकाममै राम्रो क्याम्पस भएकाले त्यतै पढाउन सल्लाह दिएँ । अनि, आउदँ ैगरको ेस्ववियु चनुावमा उठाउन सकिन ेकरुा पनि गरे । राजनीति र खर्चबर्चका लागि पनि जिल्लामै पढ्न सल्लाह दिएँ । उनी खुसी नै थिइन् । घरमा भाले काटेका थिए । बुबाले हल्का ड्रिङ्क्स लिन आग्रह गरे । मैले आजसम्म नचाखेको कुरा गरेँ । तर, ढाँटेको थिएँ । सपनालाई थाहा थियो सबै कुरा । मेरो ढाँट देखेर उनी मुस्कुराइन् मात्र । खाना खाँदै गर्दा सपनाले बोतलबाट मेरो अगाडिको गिलासमा बियर खन्याइदिइन् । म हेरेको हे¥यै भएँ । उनी त मलाई हेरेर जिस्किँदै थिइन् । उता हेरेँ, सपनाका बुबा–आमा कुरा गर्नमा व्यस्त थिए । के गरौँ.. के गरौँ भयो । थाहा पाए बूढाले के भन्ने हुन् ? डर लाग्यो । वरपर हेरेँ, सपनातिर हेरेँ । खाऊ के भनेर आँखा झिम्काइन् । मैले पनि हतारमै गिलास रित्याएँ ।

खानापछि सुत्ने बेलामा उनी मेरो कोठामा आइन् ।
बियरको नशाले मलाई रमरम गराउँदै थियो । मैले भनेँ– “सपना, सुरुमा भेट्दा सानै लागेको थियो । सङ्गत गर्दै जाँदा आफूसमान देखेँ । आजकी सपना हेर्छु त मभन्दा पनि परिपक्व देख्छु । अब म तिमीलाई टाढा देख्न सक्दिनँ । उतै पढ्ने हो । बिहे पनि गर्नुपर्छ ।” मेरो कुरामा सपनाले पहिलो पल्ट असहमति जनाइन् ।

भनिन्, “सँगै बस्दा पढाइ बिग्रिन्छ । नजिक भइयो भने बानी बिग्रिन्छ । बानी बिग्रिए पढाइ बिग्रिन्छ, पढाइ बिग्रिए भविष्य बिग्रिन्छ ।” पछाडिको वाक्य भन्दा हाँसिन् ।
उनले थपिन्, “दुई जनाले राजनीति नगर्ने । म राम्ररी पढेर जागिर गर्छु । हजुरले मात्र राजनीति गरे हुन्छ । बिहे त अलि सेटल भएर गरौँला । के हतार भैगो र ?” उनले आफू घोराही पढ्ने कुरा गरिन् । यी कुरामा म पनि कन्भिन्स भएँ ।

उनी घारोही पढन् थालिन ्। म जिल्लाम ैपार्टी सङग्ठनमा काम गर्न थालेँ । हामी फोनमा, एसएमएसमा कुरा गरिरहन्थ्यौँ । राजनीतिले गर्दा भनेजति त समय कहाँ मिल्थ्यो र ? तैपनि म कोसिस गर्थें बढीभन्दा बढी समय दिन ।

केही समयपछि उनले राजनीतिका कुरा मन पराउन
छाडेजस्तो गर्न थालिन् । भन्थिन्, “राजनीतिको केही भर हुन्न ।” उनले जे भने पनि म भने भौतिक रूपमा टाढा भएको कुरा बुझ्थेँ । र, मायामा कत्ति कमी आउन दिइनँ । बेलाबेला भेट्न जान्थेँ । जबजब म उनको प्रेममा आशक्त हुँदै गएँ, उनी भने टाढा हुन थालिन् । समयमा फोन नउठाउने, भेट्न जाँदा पनि अर्कै बहाना बनाउने । पछिपछि त पठाएका कुनै पनि म्यासेजको रिप्लाई आउनै छाड्यो । यता राजनीतिको दबाब उत्तिकै थियो, उता प्रेमको । म विक्षिप्तजस्तै भएँ ।

एक दिन अनलिमिट नशा पिएँ अनि फोन गरेँ । हत्तपत्त फोन नउठाउने उनी, म्यासेजमा ‘यो लास्ट कल हो’ भन्दा मात्र उठाइन् । उनलाई भनेँ– “सपना, हाम्रो माया नमुना पो बन्नुपर्छ । सबैका सामु हाम्रो जोडी पनि नमुना देखिनुपर्छ । मैले त भविष्यमा नमुनायोग्य बनाउने कल्पना, सपना देखेको छु । किन तिमी आजभोलि बदलियौ ? मेरो मायालाई बुझ्ने कोसिस गर ।” मैले थुप्रै कुरा गरेँ, भनेँ । तर, उनी चुपचाप थिइन् । धेरै बोलिसकेपछि, जवाफ नपाइसकपेछि मलै ेअलि धम्कीपणर््ूा भाषा पय्रागे गर,ँे जसको मलाई आजसम्म पछुतो छ ।

त्या ेदिनदेिख उनल ेमाबोइल स्वीच अफ गरिन ्। उनलाई जे–जति भने पनि, गाली गरे पनि मायाले नै गरेको थिएँ । मायाले भनेको थिएँ । तर, उनले बुझिनन् । पछि सुनेँ, उनी अरूकै मायामा छिन् रे । मेरो कामना छ, उनी खुसी रहून् ।
आजको दिनसम्म पनि म एक्लै छु । कहिलेकाहीँ एक्लै हुँदा बिताएका पलहरू सम्झिन्छु । ती सल्लेरी पाखामा जान्छु । यादहरूले बाटो नै छेकिदिन्छन् । अझै पनि सपनाप्रतिको माया ममा कत्ति कमी देख्दिनँ । हावामै भए पनि सही, बेलाबेला प्रश्न
गर्छु– के उनीसँगको प्रेम पनि फल्स लभकै नमुना हो ?
…… …… ……
भिक्टर ह्युगो भन्थे– “जीवन एउटा फूल हो भने प्रेम त्यसको सुगन्ध ।” मैले प्रण गरेँ, मेरो जीवनलाई म पनि फूलजस्तै बनाउँछु ।
जीवन–भागोइका हजारा ँैपत्रहरू जम्मा गर ँेतर विडम्बना, त्यसका ेसयंक्तुताबाट मरो ेजीवन फलूजस्ता ेबन्न सकने । सगुन्धको कुरा त झन् परै रह्यो । मेरो त्यो कोसिस व्यर्थ भएपछि म पनि सानोतिनो दार्शनिक भएँ ।

भनेँ– जीवन एउटा नदीजस्तै हो । नदीजस्तै बग्नु पो पर्छ । कलकल । गरागरा हुँदै । खेतै खेत । फाँट फाँटै भिजाएर । अनि त के म पनि नदीजस्तै बग्ने प्रयास थालेँ । भोगाइका सैयौँ लहरहरू बनाएँ । तर, अहँ सैयौँ लहरहरूको मिलनबाट पनि मेरो जीवनको नदी बगेन । नदीको शीतलता त झन् परै रह्यो ।
यसरी एकपछि अर्का ेकाेिसस असफल भएपछि मरो ेसामु
जीवन के हो ? भन्ने प्रश्न जब्बर भएर आयो ।

एक जना शिष्यल ेसकुरातसगँ साधेछेन–् “गरुुदवे, विवाह गर्नु ठिक हो ?”
सुकरातले भनेछन्, “अहँ, विवाह गर्दा तिमी बर्बाद हुनेछौ ।”
शिष्यले फेरि सोधेछन्, “अनि, विवाह नगर्दा नि ?” गुरुले भनेछन्, “नगर्दा पनि तिमी बर्बाद नै हुनेछौ ।”
ती शिष्य सुकरातका यस्ता जवाफबाट दोधारमा परेछन् । सायद यस्तै शिष्यको दोधार मेट्न होला, धेरै पछि सुकरातले भने– “विवाह जरुर गर्नू । किनकि, विवाहमा असल स्वभावकी श्रीमती परेमा तिमी यही धर्तीमा स्वर्ग भोग्नेछौ । यदि खत्तम, छुच्ची, कहिल्यै नसोचेकी परेमा पनि केही छैन, मजस्तो दार्शनिक हौला ।” मसँग पनि मनभरि यस्तै प्रश्न थिए । प्रेम गर्नु ठिक हो ? अनि, प्रेम नगर्दा के हुन्छ ? तर, मसँग सुकरातजस्ता गुरु थिएनन् । जसले केही समयलाई भए पनि ठिक, दोधारमा हुने मौका मिल्थ्यो कि !

सयांगेको कुरा , आज मरो फल्स लभहरू पनि विभिन्न रङ भएर सम्झनाको इन्द्रेणीमा मिसिएका छन् । सम्झनाको तरेलीमा कोही राता छन्, कोही सेता । कोही काला त कोही खैरा । मैले हिम्मत हारेको छै्रन । समय अझै सकिएको छैन । म वाचा गर्छु, म जीवनको फूल फुलाउनेछु । म अझै जीवनको नदी बगाउनेछु । म प्रेम गरिरहनेछु, मेरो शरीरमा अक्सिटोसिनको एक बूँद रहेसम्म । म प्रेम गरिरहनेछु अथोफोबियाले नगाँज्दासम्म । म प्रेम गरिरहनेछु, पेडोफोबियाले नछोप्दासम्म । हो, प्रेम गरिरहने छु हाइड्रोफोबियाले नसताउँदासम्म ।

मेरो जीवन फूलै फूलले सजाउनु छ । छालमय बनाउनु छ । र, यो रङ्गिन जीवनलाई सातै रङ्गको इन्द्रेणी बनाउनु छ ।

लेखक राप्ति उत्कृष्ट सिर्जना पुरस्कार २०७१ प्राप्त पुस्तक यो देश र म  र त्यसैगरी सल्यान इतिहास र सपना पुस्तकका लेखक हुनुहुन्छ ।

गणेशमान सिंहको कविता : प्रिय हुन्छ्न

कविता:देशमा जरुर केही हुनेवाला छ

शीर्ष समाचार

धेरै पढिएको