July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्री बाटै सुरक्षा थ्रेट

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्री बाटै सुरक्षा थ्रेट

जेठ ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा। केसी आलाइन्सले डा। गिरीको सुरक्षाको लागि अपिल गरेका छन्।

‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा। केसी अलाइन्सले आइतबार संयुक्त विज्ञप्ति जारी गरी राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले गरेको उक्त ज्यादतिको भर्त्सना गरेका छन्।

‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा। श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन्। शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा। गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा। गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन्।

‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयंमा भर्त्सना योग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ। त्यसैले डा। गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बनेको छ। चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा। गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

यद्दपि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाब र धम्कीका बाबजुद झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन तत्काललाई टरेको छ।

लामो समयदेखि बीएण्डसीलाई सम्बन्धन दिलाउन अनेक उपाय खोजिरहेका ओलीले आइतबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई धम्कीको अस्त्र प्रयोग गरेका थिए।

आफ्नो सरकारी निवास बालुवाटारमा उनले आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरी, सदस्य सचिव डिल्ली लुईंटेललगायतलाई बोलाएर बीएण्डसीलाई सम्बन्धन दिन खुलेरै दबाब दिएको स्रोतले बताएको छ।

‘त्यति धेरै लगानी र मेहेनत गरेकालाई हतोत्साहित गर्न मिल्दैन। बीएण्डसी मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन दिन लगाउनु पर्‍यो। तपाईँले किन यसमा असहयोग गरिरहनुभएको छरु यसमा ढिलो गर्नुपर्ने कारण के छरु सम्बन्धन दिन अब बिलम्ब नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीले डा। गिरीलाई दिएको दबाब उद्धृत गर्दै स्रोतले भन्यो।

तर स्रोतका अनुसार डा। गिरीले प्रधानमन्त्री ओलीसमक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नमिल्ने अडान राखेका थिए।

उनले ओलीलाई भनेका थिए, ‘सम्बन्धन पाउन निश्चित मापदण्ड पूरा गरेको हुनुपर्छ। प्रस्तावित बीएण्डसी मेडिकल कलेजले त्यो मापदण्ड पूरा गरिसकेको छैन। मापदण्ड पूरा गरेका दिन मात्रै आयोगले सम्बन्धनका लागि सिफारिस गर्नेछ।’

त्यसपछि प्रधानमन्त्रीले केही नबोली डा। गिरीलाई बालुवाटारबाट बिदा गरेका थिए। तर त्यसलगत्तै डा। गिरीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले बोलाएर काम गर्न नसक्ने भए राजीनामा दिनुहोस् भन्दै धम्काएका थिए।

मन्त्री श्रेष्ठले गिरीलाई सोधेका थिए, ‘बीएण्डसीलाई सम्बन्धन दिन किन मिल्दैनरु’ डा। गिरीले प्रधानमन्त्री ओलीलाई दिएको जबाफ मन्त्री श्रेष्ठलाई पनि दोहोर्‍याएका थिए।

डा। गिरीले भनेका थिए, ‘बीएण्डसीले मापदण्ड पूरा गरेको छैन। मापदण्ड पुरा गरेपछि मात्रै सम्बन्धन दिनेछौँ।’

त्यसपछि शिक्षामन्त्री श्रेष्ठले आक्रोशित हुँदै डा। गिरीलाई भनेका थिए, ‘तपाईँले काम गर्न सक्नुभएन, यो पद छोड्दिनुहोस्।’

त्यसलगत्तै डा। गिरीले आइतबार नै आयोगका सदस्यहरु डा। भगवान कोइराला, प्रधानमन्त्री ओलीकी निजी चिकित्सकसमेत रहेकी डा। दिव्यासिंह शाहलगायतसँग बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनेरनदिनेबारे छलफल गरेका थिए।

त्यसपछि डा।गिरीसँगै आयोगका सदस्यहरु मापदण्ड पूरा गरेपछि मात्रै बीएण्डसीलाई सम्बन्धन दिने साझा निर्णयमा पुगेका थिए। उनीहरुले आइतबार नै उक्त निर्णयको ‘माइन्यूट’समेत गरेका छन्। वास्तवमा आयोगका उपाध्यक्ष डा। गिरी र सदस्यहरुले प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन नमिल्ने भन्ने निर्णय शुक्रबार नै गरेका थिए।

तर आइतबार उक्त, निर्णयमा उनीहरुले हस्ताक्षरसमेत गरेका हुन्। आफूलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले धम्की दिएकोबारे केही बोल्न नचाहेका डा।गिरीले मापदण्ड पूरा नगरेको बीएण्डसीको सम्बन्धन तत्काललाई टरेको भने पुष्टि गरेका छन्।

प्रधानमन्त्री ओली र शिक्षा मन्त्रीले बीएण्डसीलाई सम्बन्धन दिलाउन दिएको दबाबलाई लिएर तीब्र विरोध सुरु भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक भएको दाबी गर्दै आएका बीएण्डसी सञ्चालक दुर्गा प्रसाईंको पछिल्लो पटक आउजाउ बालुवाटारमा बाक्लिएको थियो। उनले सम्बन्धन नपाउँदा आफ्नो करोडौँको लगानी खेर गइरहेको दाबी गर्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको