June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
शुनिल शाह: जसले आफ्नो जिल्लालाई आपत पर्दा यसरी सहयोग गरे

शुनिल शाह: जसले आफ्नो जिल्लालाई आपत पर्दा यसरी सहयोग गरे

जेठ ०३, सल्यान । बिश्वलाइ त्रासमा पारेको कोरोना भाइरसले नेपाल पछिल्लो समय अत्यन्तै जोखिम महामारीको रुप लिएको छ । नेपालका कुनै पनि अस्पतालमा खाली बेड पाउनै मुस्किल पारेको छ। कोरोना दोस्रो लहर नेपाल भित्रीए सङै यसले नेपाल भरी भयावह स्थिति पैदा गरेको छ। दोस्रोलहरमा नेपाल भरी बिरामीमा अक्सिजनको मात्राकम भएर अकालमै ज्यान गुमाउनु परेका खबरहरु दिनहुुँ सुन्नु पर्ने स्थिति रहेको छ ।

बिरामी लाई अक्सिजन दिएरै बचाउनु पर्ने भएपछी देशै भरी अक्सिजन सिलिन्डरको हाहाकार पैदा भयो । यसको असर सल्यानमा पनि व्यापक देखिन पुग्यो। गतहप्ता मात्रै,जिल्ला भरी अक्सिजनको कमि भएर अस्पतालहरुले बिरामीहरुको उपचार गर्न निक्कैनै समस्या भोग्नु पर्यो। कुनै पनि प्रलय बाजा बजाएर आउदैन भने झै,कोरोनाको दोस्रो लहर न्यूनीकरणमा देशै भरी शुन्य प्राय: तयारी भएको थियो । कर्णाली प्रदेशको सल्यान भौगोलिक बनोटको बिकट जिल्ला यहाँ पनि कोरोनाको दोस्रो लहरका लागी तयारी लगभग शुन्यनै थियो,एकैपटक जिल्ला भरी बिरामीको संख्या बढ्न थालेपछि एउटा जिल्ला अस्पताल र १० वटा स्थानीय तहमा हायलकायल नै भयो।

प्रायः जसो सबै बिरामी लाई अक्सिजन दिनु पर्ने स्थिति पैदा भएपछि जिल्ला अस्पतालमा रहेका १६/१७ वटा सिलिन्डरले केहिको ज्यान जोगाउन निक्कै मद्दत गरे। अक्सिजन सिलिन्डर सकेपछि भर्नको लागि फेरि अन्य जिल्लामा पठाउनु पर्ने आइलागे पछि र समयमा अक्सिजन सिलिन्डर रिफिल गर्न नपाएपछि जिल्लाभरी सिलिन्डरको कमि भएपछि निक्कै हल्ला पैदा भयो कि जिल्लाका माननीयको कार्यक्षमतामा समेत प्रश्न उठिरहेको छ। सल्यान अस्पतालले पहिलो चरणमा रिफिलका लागी सुर्खेत पठाएर सल्यान के लाएको थियो । त्यसको जस कस्ले लिने त भन्नेमै निक्कै बहस चल्यो,कार्यकर्ताले एकआपसमा सामाजिक संजालमै भिड्न थाले ।

जिल्लाभरी अक्सिजनको कमि भएर बिरामीको ज्यान जान थालेको खबर दिनहु सुन्निन थाले पछि,सल्यानका ४ युवाहरु मिलेर अक्सिजन सिलिन्डरको लागि मेरो १ हजार अभियान संचालन गरे। चार युवाहरुले जब अभियान सन्चालन गरे,एकै दिनमा देशबिदेश बाट लाखौ रकम जुट्न थाल्यो । रकम त आयो तर अक्सिजन सिलिन्डर देशै भरी हाहाकार भएर पाउन निक्कै समस्या आइपर्यो । सिलिन्डरको लागि देशै भरी बुझ्दापनी पाउने सम्भावना लगभग शुन्य प्रतीसत भयो।

अक्सिजन सिलिन्डरको लागी जतिजनशक्ति लाएपनी करिब निराशको स्थितिमा पुगेको अबस्थानै पैदा भयो,सयौं लाई गुहार माग्दा उपलब्ध हुन नसकेपनि यसको जवाफ अब के दिने भन्नेमा अभियान्ताहरु चिन्तित बन्न थाले । अभियान संचालन गरेको करिब ८ दिन पछि सल्यानको शारदा नगरपालिका वडा न. ५ रानीकोट घरभै दाङमा राष्ट्रसेवक भएर काम गर्ने शुनिल शाह अभियान्ताको सम्पर्कमा केहि रकम सहयोग जोडिएका थिए । अभियान्ताले सिलिन्डर नपाउदाको स्थिती बारे सबै जानकारी गराएपछि र सक्नु हुन्छ भने सिलिन्डरको जोहो गरिदिन,२० वटा जति किन्न सक्छौं भने पछि उहाँले २ घण्टामा फोन गर्छु सक्ने प्रयास मेरो हुनेछ भनेको अझै याद गर्छन अभियान्ता आशिष केसी । सिलिन्डर पाउने आसको लगभग शुन्यको स्थितिमा शुनिलले नभन्दै २ घण्टा मा फोन गरेर अभियान्तालाइ सिलिन्डर भोली वा पर्सि पाइन्छ,चिन्ता नलिनु पैसा निकालेर राख्नु भने पछि शुन्य बाट बाट ५० प्रतिशत बिश्वासको ढोका खुलेको थियो।५० प्रतिशत त अभियान्ता ढुक्क हुने स्थिति नरहेको बताउछन,किन कि सयौंलाई सिलिन्डर उपलब्ध गराउन गुहार माग्दा दिननसकेको अबस्था थियो ।

अझ शुनिल सल्यानी भएपनी फेसबुक बाट चिनजान भएको ब्यक्ति थिए,सिलिन्डर नपाउदा सम्म मनमा एउटा हिमाल भन्दा पनि ठुला संकाहरु मनमा पैदा भएर बसे,तर शुनिलले आफ्नो घरभएको ठाउँ भएर हाम्रो टिमलाइ सफल बनाउन निक्कै मेहनत गरेको अभियान्ता आशिष बताउछन । जिल्लामा एकै चोटि २० वटा सिलिन्डर उपलब्ध गराउन पहल गरेर,कयौंको ज्यान जोगाउन मद्दत गर्ने छ।अझ शुनिलले आफ्नो जिल्लाका बिरामी बाहिर आउदा यो महामारीमा बिरामीको सहजताको लागि पहल पनि गरिरहेको बिरामी बाहिर जानू भन्दा जसरी पनि सल्यानमा अक्सिजन पुर्याउनु पर्छ र त्यो टिमसङ सहकार्य गरियो भने सजिलो हुने देखेपछी आफू सिलिन्डरको जोहोमा लागेको शुनिल बताउछन ।

विशेषत बाहिर बस्दा आफ्नो जिल्ला,गाउँ घरको निक्कै याद आउने भएकोले सहयोगको लागि अगाडि बढेको उनी बताउछन । आफुले राष्ट्रसेबक भएर काम गर्दा सबैलाइ सहयोग गरिएको हुन्छ । सल्यान जस्तो बिकट ठाउमा त्यो पनि अक्सिजन नपाउदा बिरामीले उपचार नपाएर अकालमै ज्यान गुमाएको समाचार सुन्नु नपरोस भनेर लागि परेको शुनिल सुनाउछन ।

शीर्ष समाचार

धेरै पढिएको