September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
राप्रपा नेता राजेन्द्रवीर रायले पठाए, जिल्ला अस्पताल सल्यानलाई अत्यावश्यक स्वास्थ्य सामाग्री

राप्रपा नेता राजेन्द्रवीर रायले पठाए, जिल्ला अस्पताल सल्यानलाई अत्यावश्यक स्वास्थ्य सामाग्री

जेठ ०१, सल्यान । राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता, पूर्ब केन्द्रीय सह- महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजेन्द्रबीर रायले जिल्ला अस्पताल सल्यानलाई अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउनु भएको छ ।

सल्यान जिल्लामा फैलदो कोरोना भाइरस (कोभिड -१९ ) को महामारीलाई दृष्टिगत गरि उहाँले जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर, स्वस्थ्यकर्मी तथा संक्रमितलाई आवस्यक पर्ने स्वास्थ्य सामग्री पठाउनु भएको हो ।

सल्यान खलंगा बयलडाँडामा जन्मिइ नेपालगन्जलाई कर्मथलो बनाउनु भएका नेता रायले जिल्ला अस्पताल सल्यानका डाक्टरहरूको परामर्शमा अस्पताललाई १० हजार थान सर्जिकल माक्स, १ हजार जोडी सर्जिकल ग्लोब्स, २० थान अक्सिमिटर, १० थान इन्फ्रारेड थर्मल गन, २० थान डिजिटल थर्मामिटर, २० लिटर सेनिटाइजर र ५० थान फेस सिल्ड प्रदान गर्नु भएको हो ।

त्यस्तै जिल्लामा अक्सिजनको अभावलाई मध्येनजर गर्दै २० सिलिन्डर अक्सिजन पठाउन चाहेपनी बजारमा उपलब्ध हुन नसकेकोले पठाउन नसकेको उहाँले बताउनु भयो। “बीस सिलिन्डर अक्सिजन पठाउन खोजेको थिए तर कतै किन्न पाइएन ।” उहाँले भन्नुभयो – “आगामी दिनमा उपलब्ध भएमा पठाउने छु ।”

आफू सल्यानवासी भएकाले जिल्लामा समस्या पर्दा सामाजिक दायित्वबोध गरेर स्वास्थ्य सामाग्री पठाएको उहाँले बताउनु भयो ।

नेता रायले प्रदान गरेको उक्त स्वास्थ्य सामाग्री शनिबार राष्ट्रीय प्रजातन्त्र पार्टी सल्यानका प्रबक्ता तथा युबा मोर्चाका केन्द्रीय सदस्य बिमर्श प्रधान , सह प्रबक्ता तथा युबा मोर्चाको अध्यक्ष अन्जीत श्रेष्ठ र राप्रपा जिल्ला सदस्य बिरेन्द्र भडेल नेपालगन्जमा प्राप्त गरेको र आइतबार जिल्ला अस्पताल सल्यानलाई हस्तान्तरण गरिने बताइएको छ । सबै स्वास्थ सामाग्री रायले व्यक्तिगत लगानी प्रदान गर्नुभएको हो ।

राष्ट्रीय प्रजातन्त्र पार्टी सल्यानले बिगतमा पनि जिल्लाका विभिन्न गाउ घरमा पुगेर निशुल्क मास्क बितरण गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको