June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
जिल्ला अस्पताल सल्यानलाइ ९ थान अक्सिजन सिलिन्डर सहयाेग

जिल्ला अस्पताल सल्यानलाइ ९ थान अक्सिजन सिलिन्डर सहयाेग

जेठ ०१, सल्यान । जिल्ला अस्पताल सल्यानलाई ९ थान अक्सिजन सिलिन्डर सहयाेग गरिएकाे छ । जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि विभिन्न सहयोगी हातहरुले अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान गरेका हुन ।

शुक्रबार सल्यान जेसिसले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । सल्यान जेसिसका अध्यक्ष एवं उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारुको नेतृत्वमा जेसी दिपक बोहरा र जेसी गणेश विक लगायतको टोलीले ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

श्रीनगर क्षेत्रमा रहेका खाली अक्सिजन सिलिन्डर जम्मा गरेर उनिहरुले नेपालगन्ज पठाइ भरेर सल्यान अस्पताललाइ हस्तान्तरण गरेका हुन् ।

यस्तै अस्पतालमा अक्सिजनको अभाव भएपछि सल्यानमा थालिएको सहयोग अभियानबाट ४ थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । १ लाख ३३ हजार रकमबाट ४ वटा अक्सिजन सिलिन्डर प्रदान गरिएको अभियान्ता तथा पत्रकार सनत कुमार शर्माले जानकारी दिए ।

अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोगका लागि थालिएको सहयोग अभियानमा एक्यबद्धता जनाई विभिन्न व्यक्तिहरुकाे सहयोगबाट उठेको पैसाले अक्सिजन सिलिन्डर किनेर अस्पतालाई हस्तान्तरण गरिएको उनको भनाई छ ।

उक्त सहयोग अभियानको नेतृत्व पुर्व राज्य मन्त्री राजेन्द्र बहादुर शाह, केशव सिहं श्रैष्ठ, चन्द्र प्रकाश वली, नवराज शर्मा र सनत कुमार शर्माले गरी रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको