June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
छत्रेश्वरी गापा अध्यक्ष र उपाध्यक्षको गाडी कोभिडका बिरामीहरूको लागी प्रयोगमा ल्याइने

छत्रेश्वरी गापा अध्यक्ष र उपाध्यक्षको गाडी कोभिडका बिरामीहरूको लागी प्रयोगमा ल्याइने

वैशाख ३१, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी र उपाध्यक्ष सिता केसीले प्रयोग गर्ने गाडी कोभिड- १९ का बिरामीहरुको लागी प्रयोगमा ल्याईने भएको छ । हालसम्म गाउँपालिकाका ३ वटा एम्वुलेन्सहरु कोभिडका बिरामीहरुको सेवामा ल्याईएको र बिरामीको चाप बढ्दै गए गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडी प्रयोगमा ल्याईने अध्यक्ष केसीको सचिवालयले जानकारी गराएको छ ।

हाल ३ थान अक्सिजन कन्सन्ट्रेटर र ४ अक्सिजन सिलिन्डर सहित १० बेडको कोभिड अस्पताल संचालनमा ल्याएको गाउँपालिकाले बिरामीको चाप बढेपछी २० बेडको बनाईने बताईएको छ । हालसम्म आफ्नो कोभिड अस्पतालमा १५ जनाको उपचार गरेको गाउँपालिकाले ७ जनालाई डिस्चार्ज गरेको छन भने ५ जना उपचारको क्रममै छन । ३ जनालाई भने रिफर गरिएको बताईएको छ ।

गाउँपालिकाले कोभिड अस्पतालमा मेडिकल अधिकृत प्रोषेस सिंहको नेतृत्वमा ७ जना स्वास्थ्यकर्मि खटाएको छ । होम आईशोलेनसमा बसेकालाई पनि डाक्टरहरुले फोन बाटै परामर्श दिने व्यवस्था मिलाईएको अध्यक्ष केसीको सचिवालयले बताएको छ । बिपदको समयमा अनुशासित हुन र स्वास्थ्य मापदण्ड पालना गर्न पनि सचिवालयले अनुरोध गरेको छ ।

अध्यक्ष केसीको सचिवालयको जानकारीको पूर्ण पाठ :

१. गाउँपालिका बासिको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड अस्पतालमा उपचार जारी रहेको छ। कोभिड संक्रमीत बिरामीको लागि औषधि, खानपान, सरसफाई लगाएतमा विशेष ध्यान दिइएको छ।

२. मेडिकल अधिकृत डाक्टर प्रोशेष सिंहको नेतृत्वमा ७ जना स्वास्थ्यकर्मीको टोलि उपचारमा खटाएको छ। स्वास्थ्यकर्मी हरु आफ्नो ज्यानलाई बाजिराखेर उपचारमा तल्लीन रहनुभएको छ। उपचारमा संलग्न डाक्टर सहित स्वास्थ्यकर्मीको टिमलाई विशेष ब्यबस्था मिलाएको छ।

३. हाल ३ थान अक्सिजन कन्सन्ट्रेटर र ४ थान अक्सिजन सिलिन्डरबाट कोभिडका जटिल बिरामी हरुको उपचार जारी रहेको छ। शनिबारसम्ममा थप अक्सिजन सिलिन्डर र केही अक्सिजन कन्सन्ट्रेटर थपिने प्रयास जारी छ । १० बेड रहेको अस्पताललाई बेड थप गरि २० बेडको बनाइने छ।

४. बिरामी हरुलाई मध्यनजर गर्दै ३ वटा एम्बुलेन्स संचालनमा रहेका छ्न। बिरामिको आबस्यकता र चापलाई मध्यनजर गर्दै एम्बुलेन्सले नभ्याएको खन्डमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ज्यु ले प्रयोग गर्ने गाडी समेत प्रगोगमा ल्याइने छ।

 

५. हालसम्म १५ जना कोभिड संक्रमीत बिरामिहरुको उपचार गरिएको छ।जसमध्ये ३ जनालाई रेफर र ७ जनालाई डिस्चार्ज गरिएको छ। अहिले ५ जना कोभिड संक्रमीत बिरामीहरु उपचारार्थ रहनु भएको छ।

६. होम आइसोलेसनमा बस्नु भएका बिरामी र केही स्वास्थ्यमा समस्या भएका ब्यक्ती हरुलाई टेलिफोन मार्फत डाक्टर प्रोशेष सिंहले परामर्श दिरहनु भएको छ।

७. यो बिपतको समयमा सबैजना सजक अनि अनुशाशीत बनौ। सबैले आफ्नो ख्याल गरौ। स्वास्थ्य मापदण्ड पालना गरौ। एकले अर्कालाई सहयोग गरौ। सुरक्षित बसौं ।

शीर्ष समाचार

धेरै पढिएको