May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
जिल्ला अस्पताल सल्यानका आकस्मिक र कोभिड – १९ उपचार बाहेक अन्य सबै सेवा बन्द

जिल्ला अस्पताल सल्यानका आकस्मिक र कोभिड – १९ उपचार बाहेक अन्य सबै सेवा बन्द

बैशाख १६, सल्यान । जिल्ला अस्पताल सल्यानको ओपिडी, गर्भवती चेकजाँच लगाएत अन्य सेवा अर्को सूचना नआउदा बन्द सम्मको लागि बन्द गरिएको अस्पतालले बताएको छ।

जिल्लामा कोभिड – १९ संक्रमणको जोखिम बढेसँगै अस्पतालले आकस्मिक र कोभिड – १९ विशेष उपचार सेवा बाहेक अन्य सेवा बैशाख १७ गतेदेखि अनिश्चितकालीन बन्द गरेको हो ।

जिल्लामा कोभिड – १९ संक्रमण बाट अहिलेसम्म ३ जनाको ज्यान गैसकेको छ । त्यसैगरी कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यलय सल्यानले जिल्लामा बैशाख १९ गतेदेखि जेठ १ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको