June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार
सल्यान अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु

सल्यान अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु

बैशाख १६, सल्यान । सल्यानमा कोरोना संक्रमण बाटनएक जनाको ज्यान गएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषेको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार केही दिन अघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएका उनि होम आइशोलेसनमा बसेका थिए । उनले भने – “स्वास प्रस्वासमा समस्या भएपछि गए राती करिब सवा ८ बजे अस्पतालमा ल्याएका थिए ,हामीले अक्सीजन दिंदादिंदै उहाँको मृत्यु भयो ।”

उनिसंगै सल्यानमा कोरोना बाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिका निवासी दुइ जना पुरुषको ज्यान गइ सकेको अस्पतालले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको