September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
कोरोनाको जोखिम बढेपछि सल्यानको सल्लीबजारका व्यापारीहरू द्वारा स्वस्फूर्त बजार बन्द

कोरोनाको जोखिम बढेपछि सल्यानको सल्लीबजारका व्यापारीहरू द्वारा स्वस्फूर्त बजार बन्द

दुर्गा विसि / बैशाख १४, सल्यान । सल्लीबजारका व्यापारीले स्वस्फुर्तरुपमा वजार बन्द गरेका छन् । सल्लीबजारमा पनि काेराेना जाेखिम उच्च रहेकोले व्यापारीहरुले अाफै पसलहरु बन्द गरेका छन् ।

भारतबाट आएका नागरिकलाई वजारमा किनमेल नगर्न भनिएको छ । अाफ्नै घरमा पुगेर १० दिन हाेम क्वारेन्टाइनमा वस्न विशेष आग्रह गरिएको छ । यतिबेला अनावश्यक फजुलरुपमा किनमेलकाे लागि बजार भनभन्ति नघुम्न स्थानीयलाई व्यापारीहरुले अपिल गरेका छन् ।

त्यसैगरि सल्लीबजारमा ईलाका प्रहरी कार्यालय सल्लीले सामाजिक दुरि कायम राख्न, बजारमा मास्क लगाएर मात्रै हिडडुल गर्न, मास्क लगाएकालाइ मात्रै किनमेल गर्न भनिएको छ । काेभिड-१९ काे जनचेतनामूलक सन्देश दिन ईलाका इन्चार्ज शसिराम वली सहितको प्रहरी टाेलि माइकिङ, पाेष्टर र मास्क सहित घुमिरहेकाे छ ।

मास्क नलाइ सार्वजनिक यातायातका साधनमा सवार नगर्न भनिएको छ । मास्क नभएका र नलगाएकालाइ एक पटककाे लागि मास्क समेत वितरण गरिएको छ । दोस्रोपटक मास्क नलगाउनेलाइ दण्ड समेत गरिने जनाएको छ ।

दोस्रो चरणको काेराेना निकै घातक भएकोले सबैलाई सचेत हुन प्रहरीको भनाइ रहेको छ । प्रहरीसँगै स्थानीय नेकपा एमालेकि महिला नेतृ अाशा वली, नेपाली कांग्रेसकि लक्ष्मि वराइली समेत मास्क वितरण र काेभिड जनचेतनामूलक अभियानमा प्रहरीलाई साथ दिएका थिए ।

बजारमा भिडभाड र अटेरी गरे सह्य नहुने जनाएको छ । प्रहरीले हजार थान मास्क बाँड्दै सचेत पार्ने गरेको छ । यता व्यापारीले पनि कसैले केही नभनि स्वत वजार बन्द गराएका छन ।

भारतबाट आएका नागरिक वजारमा किनमेलकाे छ्याप छ्याप्ति हुन थाले पछि व्यापारी तथा स्थानीय त्रसित वनेका छन् । गाउँहरुमा ज्वराे, पखालाका बिरामी वढ्न थालेका छन् ।शंकास्पद बिरामी काेभिड चेकजाँचकाे लागि सुर्खेत जाने गरेका छन् ।

यसैबीच सल्यानकाे प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा जानलाइ राेक लगाइएकाे छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ कुपिण्डे ताल नजिकै रहेकाे बाबियाचौर बजारमा एक जना व्यापारीलाइ काेराेना देखिएपछि ताल सँगै बजार पनि बैशाख १५ देखि २२ गतेसम्मलाइ बन्द गरिएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको