August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
दोस्रो चरणको कोभिड- १९ रोकथाम गर्न सल्यानको छत्रेश्वरी गाउँपालिका द्वारा ३ निर्णय

दोस्रो चरणको कोभिड- १९ रोकथाम गर्न सल्यानको छत्रेश्वरी गाउँपालिका द्वारा ३ निर्णय

बैशाख १२, सल्यान । दोस्रो चरणमा फैलिरहेको कोरोना भाइरस ( कोभिड – १९ ) ले छिमेकी देश भारत र नेपाल कै शहरी इलाकाहरूमा भयावह रुप लिन थालेको बेला सम्भाबित महामारीलाई रोकथाम गर्न सल्यानको छत्रेश्वरी गाउँपालिकाले तयारी थालेको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा बसेको बिपत ब्यबस्थापन समितिको बैठकले कोभिड १९ तथा कोरोना संक्रमणलाई कसरी नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ भन्ने बारेमा विभिन्न निर्णय गरेको हो ।

समितिले कोभिड १९ को संक्रमणलाई मध्येनजर गर्दै वार्षिक परिक्षाको तयारिका लागि यहि १३ गतेदेखि २० गतेसम्म ८ दिन परिक्षाको तयारीकालागि बिदादिने निर्णय गरेको बताइएको छ ।

त्यस्तै कोरोना भाइरस सँग मेलखाने कुनैपनि लक्षण देखिएमा आआफ्नै घरमा सुरक्षितका साथ बसि आफ्नो समुदायलाई सुरक्षित राख्ने उद्देश्यका साथ जटिल समस्या देखिएमा नजिकैको स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मी लाई जानकारी गराउने बताइएको छ ।

त्यसैगरी कोभिड -१९ लाई लक्षित गरि भारत लगाएत अन्य मुलुकबाट छत्रेश्वरी गाउँपालिकामा आएका जो कोहि ब्यक्ती हरुको नामावली बिवरण सम्बन्धित वडाले राख्ने र आफ्नो घरपरिवारबाट कम्तिमा १० दिन अलग बस्ने र कडा निगरानी समेत वडाले गर्ने निर्णय गरिएको छ ।

स्रोत : छत्रेश्वरी गापाको फेसबुक

शीर्ष समाचार

धेरै पढिएको