May 17, 2021, Monday
२०७८ जेष्ठ ३, सोमबार
सल्यानका दार्मा र कपुरकोटमा अपांगता भएका वालवालिका पहिचान गर्दै शिविर सम्पन्न

सल्यानका दार्मा र कपुरकोटमा अपांगता भएका वालवालिका पहिचान गर्दै शिविर सम्पन्न

दुर्गा विसि / चैत्र २९, सल्यान । सल्यान जिल्लाका १० स्वटै थानीय तहमा अपांगता भएका वालवालिकाका लागि विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल पुनस्र्थापन केन्द्रले शिविर सञ्चालन गर्दै आएको छ ।

सोही क्रममा जिल्लाका कालिमाटी गाउँपालिका, बनगाड गाउँपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, र कपुरकाेट गाउँपालिका उक्त शिविर सम्पन्न भएको छ ।

शुक्रबार मात्रै जिल्लाको दार्मा गाउँपालिकामा विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना समुदायमा आधारित पुनर्स्थापना सिबीआर कार्यक्रम अन्तर्गत संयुक्त आयाेजनामा अपाङ्गता भएका बालबालिकाकाे लागि स्वास्थ्य पुनर्स्थापना घुम्ती शिविर सम्पन्न भएको छ ।

शिविरमा पालिकाका सबै वडाका १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका ४९ जना अपांग व्यक्तिहरुकाे पहिचान, ४९ जना लाई फिजियाेथेरापि, १ जनालाई ह्विल चियर, सहायक सामाग्री १ जनालाई नाप जाँच गरिएको छ । ३ जाेरा बैशाखि, ६ जनालाई वाकर, ४९ जनालाई औंषधि वितरण र ४९ जनालाई परामर्श तथा ६ जनालाई शल्यक्रियाकाे लागि अपाङ्ग बाल अस्पतालमा भर्ना हुने मिति ताेकिएको छ ।

त्यसैगरि शनिबार सल्यानकाे कपुरकाेट गाउँपालिकामा पनि विकलाङ्ग मित्र समूह द्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेले समुदायमा आधारित पुनर्स्थापना सिबीआर कार्यक्रम अन्तर्गत संयुक्त आयाेजनामा अपाङ्गता भएका बालबालिकाकाे लागि स्वास्थ्य पुनर्स्थापना घुम्ती शिविर सम्पन्न गरेको छ ।


शिविरमा कपुरकोट गाउँपालिकाका सबै वडाका १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका ३९ जना बालबालिकाहरुकाे पहिचान गरिएको छ भने ३९ जना बालबालिकाहरूलाई फिजियाेथेरापि सेवा, ३ जनालाई सहायक सामाग्री बितरण गरिएको छ । ३९ जनालाई औंषधि वितरण गरिएको छ ।

त्यस्तै ३९ जनालाई परामर्श र ६ जनालाई शल्यक्रियाकाे लागि अपाङ्ग बाल अस्पतालमा भर्ना हुनका लागि मिति ताेकिएको छ । अनुगमन तथा प्ररामर्स सेवाका लागि ४ जनालाई बनेपा अपाङ्ग बालअस्पतालमा बाेलाईएकाे छ ।


शिविरमा डा.बिजय कुमार ज्याक, डा.गंगा साक्य, शसिकला महत, लुम्बिनी प्रर्देस ईन्चार्ज बासुदेब जाेशि, सिबिआर सचिव गणेश भन्डारि, प्रशासन शहायक मिनबहादुर चंन्द, जिल्ला सुपरभाईजर हाेमराज के .सी,सहायक उपकरण प्राबिधिक श्याम कुरामा दाहालकाे टिम खटिएकाे थियो ।

उक्त संस्थाले सल्यान जिल्लाभरका १८ वर्ष उमेर समुहका वालवालिका पहिचान गरि, विभिन्न निशुल्क सेवा दिदै अाएको छ । जन्मजात हात खुट्टा, ढाड बाङ्गीएको वा अपांग भएका वालवालिकालाइ निशुल्क औषधि उपचार गरि घर पठाउने समेत गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको