August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
जब, धौलागिरीको अगाडि बिबाह मण्डप तयार भयो र पम्फा भुसाल सँगै विप्लव उपस्थित भए

जब, धौलागिरीको अगाडि बिबाह मण्डप तयार भयो र पम्फा भुसाल सँगै विप्लव उपस्थित भए

मंसिर १६, सल्यान । २०५२ सालदेखि देशमा जनयु,द्ध आरम्भ भयो। नेपाली समाजको सम्पुर्ण उथलपुथलमा यो ऐतिहासिक परिघटना थियो । यसले बिचार,राजनीति,अर्थतन्त्र र संस्कृतिमा समेत छुट्टै बहसको सिर्जना गरेको यहाँहरूलाई थाहा नै छ ।

अहिले मंसिर महिना छ । नेपाली संस्कृति र परम्परा अनुसार यो महिनालाई बिबाहको महिना पनि भनिन्छ तर आज हामी कुरा गर्दैछौं – परम्परागत बिबाह भन्दा भिन्न मार्क्सवादी, जनबादी बिबाहको ।

यसै सन्दर्भमा देशमा १० बर्ष संचालित जनयु,द्धमा जनबादी बिबाह गरेका मध्ये एक योद्धा तथा अहिलेका पर्यटन ब्यवसायी सल्यान कुमाखका भिम भारती सँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ – त्यतिबेला जनबादी प्रेम र बिबाह कसरी हुन्थे ? बिबाहले क्रान्ति, राजनीति र जिवनमा कस्तो प्रभाव पार्छ ? लगाएत बिषयमा भारती सँग गरिएको रमाइलो कुराकानीको पुर्ण पाठ ।

• भिम भारती

नेपालमा खासगरी महान जनयु ‘द्धको समय र प्रक्रियामा जनवादी विबाहको प्रचलन आएको हो। यो ‘जनवादी विबाह’ भन्ने शब्द मलाई अलिकति अतिरन्जित शब्द जस्तो लाग्छ।

यो प्रक्रिया र परिवेशमा भएका विबाहहरु जनवादी नभएर प्रगतीशील हुन् भन्ने लाग्छ। किनकि देशमा चलेको राजनैतिक व्यवस्था अनुसार संस्कारहरु हुने गर्छन अथवा संस्कार अनुसारको राजनैतिक ब्यबस्था हुने गर्छ।

हाम्रो विवाहको समयमा हामीले तत्कालिन राज्यब्यबस्थाको बिरुद्धमा बिद्रोह गरेका थियौ। जनताका छुट्टै खालका संस्कारहरु निर्माण गर्ने प्रयास गरेका थियौ। नत हामीले तत्कालिन राज्यब्यबस्थालाई पुरा रुपमा जीत्न सक्यौ नत हामीले जनताका संस्कारहरु स्थापना गर्न सक्यौ।

त्यसकारण पुरानो मूल्य मान्यता भन्दा अगाडी बढेको तर राजनैतिक रुपमा जनवादी ब्यबस्था स्थापना भई नसकेको त्यो र यो समेतको समयमा त्यस प्रकारको प्रक्रियामा हुने र गरिने विवाहलाई जनवादी भन्दापनि प्रगतीशील विबाह भन्नुपर्छ भन्ने मेरो बुझाई छ।

धौलागिरी हिमालको अगाडी विवाहको मण्डप

अब लागौ प्रश्नतिर, हाम्रो विबाह २०६१ साल कात्तिक १४ गते भएको हो। विबाह गर्दाको समयमा म आफु २४ वर्षको र मेरी जीवन संगीनी २३ वर्षको हुनुहुन्थ्यो। बाग्लुङ्ग,म्याग्दी र गुल्मी जिल्लाका नेता र अगुवा कार्यकर्ताहरुको पार्टी प्रशिक्षण कार्यक्रममा हाम्रो विबाह भएको हो।

हामि सहित गुल्मी जिल्लाका अर्का जोडीको पनि त्यो रात विबाह भएको हो। पार्टी प्रशिक्षण कार्यक्रम भन्नसाथ् त्यो जनयु,द्धको रणनैतिक प्रत्याक्र’मणको पहिलो योजनाको प्रशिक्षण थियो। स्वभावैले देशमा कम्युनिष्ट आदर्शको राज्यसत्ता प्राप्त गर्न लागि परेका महान मानिसहरुको त्यो एउटा जमघट थियो।

धौलागिरी हिमालको ठिक अगाडी हाम्रो विवाहको मण्डप तयार पारिएको थियो । जूनेली रात एकदम रोमान्चकारी देखिन्थ्यो। तीन जिल्लाका जनकलाकारहरुले जोडजोडले संगीत दिएर माहोल बैवाहिक बनाईदिएका थिए।

कार्यक्रममा तत्कालिन पार्टी नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य तथा राप्ती धौलागिरी ब्युरो इञ्चार्ज नेत्र बिक्रम चन्द ‘बिप्लव’ ब्युरो सह-इन्चार्ज पम्फा भूषाल ‘बिद्युत’ पार्टीका केन्द्रिय सदस्यहरु बामदेव क्षेत्री, चन्द्रहरि सुवेदी ‘अटल’ जनमुक्ती सेनाका बटालियन कमिसार टिकाराम ओली ‘दर्शन’ लगायत महत्वपुर्ण मानिसहरुको उपस्थिती रहेको थियो। हामी दुवैजनाको जन्मघरबाट भने कोहि उपस्थित हुनुहुन्थेन।

यसरी हुन्थ्यो बिबाह

जोडीहरुले एकापसमा एक अर्कालाई मन पराएर संगै जीवन जिउन राजि भैसके पछि अथवा भनौ उनीहरुको प्रेम भईसकेपछी आफ्नो काम गरिरहेको पार्टी वा कमिटीमा हामि यस्तो गर्न चाहन्छौ भनेर जानकारी गराइन्थ्यो।

विबाह गरि पाउँ भनेर निवेदन समेत दिईन्थ्यो। पार्टीले प्रेमलाई बैधानिकता दिन उपयुक्त अवसर र समयमा बैवाहिक कार्यक्रम आयोजना गरेर संगै बस्ने र जैविक सम्बन्धको लागी सामाजिक र बैधानिक मान्यता प्रदान गर्दथ्यो।

एउटा स्मरणीय कुरा के छ भने जनयु,द्धताका कसैसंग प्रेम सम्बन्ध राख्ने नसक्ने, एकअर्कालाई आफ्नो मनको कुरा ब्यक्त गर्न असहज मान्ने,लज्जाउने केटाकेटीहरुलाई चाहि पार्टीले नै उपयुक्त जोडी खोजेर विबाह गरिदिने समेत हुन्थ्यो।

प्रगतिशील र पुँजीबादी बिबाहमा अन्तर

यस्तो प्रगतीशील विबाह र अरु विबाह ( खासगरी पुँजिवादी विबाह) मा आकास र जमिन जत्तिकै भिन्नता छ । प्रगतीशील विबाह विचार दर्शन अनि कम्युनिष्ट मूल्य मान्यतामा आधारित हुन्छ ।

यसमा शारीरिक आकर्षण धन दौलत मान सम्मान दाईजो ईत्यादी कुराहरुको लेशपनि मतलब हुदैन। विचार र भावनाको मेल भएर गरिने विबाह नै खासगरी प्रगतीशील विबाह हो भने पुजिवादी तरिकाले गरिने प्रायजसोका विबाहहरु शारीरिक आकर्षण, मान सम्मान आदी ईत्यादी कुराहरुबाट प्रेरित भएर गरिएका हुन्छन।

प्रगतीशील विवाहमा विवाहको मान्यता पाउनु पूर्व शारीरिक सम्बन्ध हुने कुराको कल्पना समेत गरिएको हुदैन भने पुँजिवादी विबाहमा विबाह पूर्व नै यौन शोषण भईसकेको हुन्छ ।

अवाञ्चित क्रियाकलाप भइसकेको हुन्छ । प्रगतीशील विबाहमा एक अर्काको वैचारिक प्रतिबद्धताको स्तर ऊसको देशाभातिको भावना, भबिष्यप्रतिको आशा एबम बिस्वासलाई आधार बनाएर गरिन्छभने पुजिवादी विबाह केवल शारीरिक आकर्षण हेरेर गरेको देखिन्छ ।

एउटै अभियानमा खटिदा लव

प्रेम पश्चात् हाम्रो विबाह भएको हो । बाग्लुङ्ग जिल्लाको अखिल (क्रान्तिकारी)मा मैले काम गर्दा उहाँ (जीवनसंगीनी) चाहिं महिला संघको जिल्ला कोषाध्यक्ष हुनुहुन्थ्यो। महिला र विद्यार्थीहरुको एउटा अभियान संगै चल्यो।

स्वाभाविक रुपमा मेरो सिर्जनशील कार्यहरु (जस्तो कबिता लेख्ने, प्रतियोगीता गराउने, नयाँ नयाँ अध्ययन गर्ने बिपरित बिचार राख्ने मानिसहरु सँग पनि छलफल गर्ने ) मा बढी रुची र सक्रियता हुन्थ्यो । उहाँको जनतासंग भिज्नेशैली एकदमै लोभलाग्दो थियो।

दुई संगठनको अभियानमा हामि नै बढी चल्ताफुर्ता थियौ। उहाँलाई मेरो स्वभाव र शैली मन परेर हामि प्रेममा रह्यौ। प्रेम भएको झन्डै १ वर्षपछि साथीभाई र पार्टीको सल्लाहमा हाम्रो विबाह भयो।

हामि एकबाट दुई भयौ

विवाहले मेरो जीवनमा जिम्मेवारी थप्यो। हामि एकबाट दुई भयौ, यु,द्धमा आफ्नो कोहि नहुदा एकले अर्कालाई हेरचाह गर्ने भयौ। उहाँ यु,द्धको घाईते भएकोले पनि स्वाभाविक रुपमा मेरो जिम्मेवारी बढ्यो।

विवाहले व्यक्तित्व विकास गर्न रोक्दैन उल्टो सहयोग गर्छ। भनिन्छ नि जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड । जंगलबाट ल्याएर श्रीखण्ड बनाउन सकेमात्र औषधी हुने हो। महिलाहरु भावना र प्रेरणाका खानी हुन् उनीहरुको सम्मान पनि गर्न सक्नुपर्छ।

जिवनसाथीले जति भावना कसैले बुझ्दैनन

अविवाहित जीवनबाट नै मानिस विवाहित जीवनमा प्रवेश गर्ने हो। त्यसकारण जीवनका यी दुई चरण प्राणीले पार गर्नपर्छ। विबाह पूर्व मानिसले आफ्ना मनका भावना साट्ने भनेको आफ्ना नजिकका साथिहरु सँग हो भने विबाहपछि उसका मनका कुरा साटिने भनेको आफ्नो जीवनसाथी सँग हो।

कसैको भावना आफ्नो जीवनसाथीले जति बुझ्न र सहयोग गर्न सक्छ त्यति साधारण साथीले नबुझ्न र नगर्न सक्छ। माथि पनि भनियो कि विबाह गर्नु भनेको एउटा जिम्मेवारी लिनु पनि हो। जो जिम्मेवारी ढिलो वा चाडो संसारका सबै प्राणीले लिनैपर्छ।

पक्कैपनि विवाहले मानिसलाई परिपक्क त बनाउछ नै तर विबाह नगरेर पनि मानिस सामाजिक चाहि हुन सक्छ। विबाह गरेपनि नगरेपनि मानिस आखिर सामाजिक प्राणि त हो नै।

आजका युवाले प्रगतीशील विबाह गर्नुपर्छ

विबाह यतिबेलै गर्नुपर्छ भनेर सार्वभौम रुपमा कहिपनि नियम बनेको छ जस्तो मलाई लाग्दैन। हरेक देश र सामाजिक अवस्था अनुसार फरक फरक समय र उम्मेर तोकिएको हुन्छ।

सम्बन्धित देशको तोकिएको नियम र कानुनमा रहेर आफुले वैवाहिक जिम्मेवारी लिन सक्छु भन्ने आफैलाई बोध भैसकेपछि विबाह गर्दा हुन्छ।

अहिलेको समय अनुसार आफु राम्रोसंग आत्मनिर्भर भएपछी विबाह गर्दा हुन्छ। विबाह बोझ हुनु भएन विबाह प्रेरणा र देश बिकास साथै व्यक्तित्व बिकासको साधक हुनुपर्छ। विवाहमा धेरै खर्च गर्नु हुदैन। विवाहमा खर्च हुने पैसा जोडीहरुले आफ्नो भबिष्य बनाउने काममा लगाउनु पर्छ ।

आजका युवा युवतीले प्रगतीशील विबाह नै गर्नुपर्छ। नेपालको सन्दर्भमा विबाह गर्ने उपयुक्त उमेर केटाको २४ र कतिको २२ हो।

उमेर नपुगी विवाह गर्नु भन्दा विबाह ढिलै गर्नुपर्छ। शारीरिक र मानसिक रुपले तयार नरहेर गरिने विबाह प्रत्युत्पादक हुनसक्ने भएकोले ठिक उमेरमा नै विबाह गर्नु राम्रो। ठिक समय र पुरा आत्मनिर्भर भएर गरिने विवाहका जति फाईदा छन , बालविबाहका उति नै बेफाइदा छन् ।

तसर्थ, ठिक समयमा ठिक तरिकाले गरिएको विबाह उर्जा हुन्छ।

यो पनि पढ्नुहोस :

जनयु’द्धको रफ्तार सँगै हाम्रो प्रेमको रफ्तार पनि बढ्दै गयो

प्रस्तुत छ – जनबादी प्रेम र बिबाहले क्रान्ति, राजनीति र जिवनमा कस्तो प्रभाव पार्छ ? लगाएत बिषयमा तत्कालीन जनयु,द्धमा जनबादी बिबाह गरेका मध्ये एक अर्का नेता पुर्व अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष तथा नेकपाका युवा विद्यार्थी नेता तिलकराज भण्डारी सँग रमाइलो कुराकानीको पुर्ण पाठ ।

• तिकल राज भण्डारी

हामी (तिकल राज भण्डारी र माेति बस्नेत ) ले जनवादी विबाह २०६४ पुस ३ मा गरेका हौं । विबाह गर्दा म २४ वर्ष र उनी २१ वर्षकाे थिइन । त्यतिबेला महान जनयु,द्धकाे जगमा सञ्चालित संयुक्त जनआन्दाे’लनकाे सफलता लगत्तै शान्ति प्रक्रिया चलिरहेकाे थियाे ।

राजनीतिक र सामाजिक हिसावले माअाेवादीहरुप्रति जनताकाे निकै अाकर्षण थियाे । जनवादी संस्कृती र विवाहप्रति मान्छेहरुकाे निकै चासाे थियाे । सल्यान सदरमुकाम तथा श्रीनगर क्षेत्रमा हाम्राे जनवादी विवाह नै पहिलाे भएकाे थियाे ।

अखिल (क्रान्तिकारी) सल्यानकाे १३ औँ जिल्ला सम्मेलनमा नै विवाह भएकाे हुनाले सम्मेलनका प्रतिनिधि, आयाेजक, अतिथि, श्रीनगर अासपासका जनसमुदाय र हाम्राे पारिवारिक अाफन्तहरु उपस्थित थिए । अतिथिकाे सन्दर्भले पार्टीकाे केन्द्रीय सदस्य टेक बहादुर बस्नेत र संगठनकाे उपाध्यक्ष रमेश मल्ल उपस्थित हुनुहुन्थ्याे ।

२०६० सालमा प्रेम प्रस्ताब ६१ मा स्वीकार 

जनवादी विवाहहरू आ-आफ्नै सापेक्षताहरुमा सम्पन्न हुने गरेका थिए । हाम्राे सन्दर्भमा पनि आफ्नै सापेक्षतामा मार्क्सवादी प्रेम र जनवादी विवाह सम्पन्न भएकाे थियाे ।

म अखिल (क्रान्तिकारी) सल्यानकाे उपाध्यक्ष र माेति जिल्ला समितिकाे सदस्य रहेकाे समयमा २०६० काे अन्त्यतिर मैले प्रेम प्रस्ताव पेश गरेकाे थिए । ०६१ काे असाेजमा उनले पनि प्रस्ताव स्विकृत गरिन ।

त्यतिबेला म जिल्ला अध्यक्षकाे भुमिकामा थिए । हाम्राे प्रेम प्रस्ताव परिपक्व भएपछि संगठनकाे बैठकमा पेस गरियाे र अनुमाेदन भयाे । उक्त बैठकमा जिल्ला समितिका अन्य केही साथीहरुकाे पनि प्रेम प्रस्ताव संगठनकाे तर्फबाट अनुमाेदन गरिएकाे थियाे ।

करीब तीनवर्षसम्म जन,युद्धकाे क्रान्तिकारी रफ्तारसँगै हाम्राे मार्क्सवादी प्रेमले पनि औंफ्नै रफ्तारमा विकास गर्याे ।

जन,युद्धकाे  रफ्तारसँगै हाम्राे प्रेमको रफ्तार बढ्यो 

जनयु’द्धकाे पेचिलाे समयमा व्यक्तिगत जीवन र प्रेमलाइ धेरै समय दिने कुरा पनि सम्भव थिएन । पाइएकाे केही समयमा पनि म संगठनकाे अध्यक्ष भएकाेले प्रेमलाइ समय दिएर छलफल गर्ने कुरामा समेत केही अप्ठेराे थियाे ।

संगठनकाे केन्द्रीय सदस्य हुन बित्तिकै मेराे संगठनात्मक कार्यक्षेत्र पाल्पा, गुल्मि, अर्घाखाँची र प्युठान तिर रह्याे भने पार्टी कमिटी पाल्पामा रह्याे र बसाइ पनि पाल्पातिर नै थियाे । यसै सन्दर्भमा अखिल(क्रान्तिकारी) सल्यानले १३ औं जिल्ला सम्मेलन अायाेजना गरेकाे थियाे ।

यहि जिल्ला सम्मेलनमा हामीले विवाह गर्ने याेजना बनायाैं । उक्त सम्मेलनबाट माेति बस्नेत जिल्ला समितिकाे सचीव निर्वाचित भइन । सम्मेलन सम्पन्न भइसकेपछि हाम्राे विवाहकाे अायाेजना भयाे ।

हामी दुबैले संयुक्त रुपमा पेस गरेकाे निवेदन पार्टी र संगठनकाे तर्फबाट स्वीकृती प्रदान गरियाे । त्यसपछि विवाह शुरु भयाे । विवाहकाे शुरुमा हामीले सँयुक्त रुपमा दिप प्र,ज्वलन गरेर टीका, माला लगाएपछि हाम्राे विवाह सम्पन्न भएकाे घाेषणा गरियाे ।

बिबाह भएको १ हप्तामै कार्यक्षेत्रतिर 

आफन्त र नेता- कार्यकर्ताहरुकाे तर्फबाट टिकामाला र उपहार प्रदान गर्नेकाे भिडभाड बढ्याे । लगत्तै शुभकामना मन्तव्यहरु शुरु भए त्यस प्रक्रियाकाे अन्त्यमा हाम्राे प्रतिबद्धता मन्तव्य सँगै विवाह सम्पन्न भयाे ।

त्यसपछि चिया खाजा शुरु भयाे । यस क्षेत्रमा खुल्ला रुपमा गरिएकाे उक्त जनवादी विवाहमा जनसमुदायकाे निकै उपस्थित थियाे । हामीले आ-आफ्नाे परिवार बाहेक अरुलाइ बाेलाएका थिएनाैं । सबै सुचना र निमन्त्रणा गर्ने कार्य संगठनले गरेकाे थियाे । त्यसदिन निर्वाचित जिल्ला समितिकाे बैठकपछि हामी आफन्तहहरु संग भेटघाटतिर लाग्याैं ।

विवाहकाे लागि संगठनले दिएकाे करिव एक हप्ते विदा सकियाे र म कार्यक्षेत्रतिर लागेँ । उनी पनि आफ्नाे कार्यक्षेत्र सल्यानमा क्रियाशिल रहिन ।

स्वभाविक रुपमा अन्य विवाह भन्दा जनवादी विवाह प्रगतिशिल, कम खर्चिलाे, छाेटाे, छरिताे र नयाँ संस्कारकाे थियाे।

हाम्राे मार्क्सवादी प्रेम नै जनवादी विवाहमा परिणत भएकाे थियाे । हाम्राे क्रान्तिकारी विचार, आस्था, वर्गिय पक्षधरता र हाम्राे युवा अवस्था नै प्रेम सम्बन्धकाे पृष्ठभुमि र प्रेरक शक्ति बन्न गए ।

उनीलाइ चाेट लाग्दा मलाइ दुख्न थाल्याे

उनीलाइ मैले जिवनसाथीकाे रुपमा छनाैट गरेर प्रस्ताव पेश गर्नु र उनीले पनि स्वीकृति गरेपछि हामी भावनात्मक रुपमा पनि निकट रह्याैं ।

त्यसपछि हामीले व्यक्तिगत भविष्यलाई पनि संयुक्त रुपमा साेच्न थाल्याैं । उनीलाइ चाेट लाग्दा मलाइ दुख्न थाल्याे, म हाँस्दा उनी पनि हाँस्न थालिन । सायद दुइमुटु एक हुने भनेकाे यहि हाेला ।

विवाहले मेराे जीवनमा राजनितिक र सामाजिक रुपमा परिपक्वता र जिवनप्रति जिम्मेवारीबाेध तुल्यायाे । यदि हामीले वास्तविक रुपमा प्रेम र विवाहलाइ बुझेर साँचाे प्रेम र विवाहले गरेका छाैं भने विवाहले व्यक्तिगत विकास र प्रगतिलाइ राेक्ने हाेइन विकास र प्रगतिमा टेवा पुर्याउँछ ।

मेराे सन्दर्भमा हाम्राे प्रेम र विवाहले हाम्राे राजनितिक र सामाजिक जिवनलाइ एकदमै सहयाेग गरिरहेकाे छ ।

अविवाहित जीवनभन्दा विवाहपछि मान्छेमा सामाजिक परिपक्वता र जिम्मेवारीबाेध बढ्छ । र, मानिसले वास्तविक रुपमा जीवन र मृत्यु, सामाजिक मूल्य मान्यता र मानविय भावना र मनाेविज्ञान तथा व्यक्तिगत जीवनका कैयाैं आयामहरुमा परिपक्वता हासिल गर्दछ ।

२०-३० दशकभित्र विवाह गरिसक्नु उपयुक्त

विवाह कहिले गर्ने भन्ने कुरा अा-अाफ्नै जिवनकाे सापेक्षतामा हुनुपर्छ । तर, कानुनी प्रावधान र सामाजिक मुल्य-मान्यता सँग प्रतिकुल नहुनेगरि पुगेकाे उमेरमा विवाह गर्नु अावश्यक छ ।

पारिवारिक र सामाजिक मुल्यमान्यता प्रतिकुल नहुने गरि सकेसम्म सुलभ र प्रगतिशिल विवाह गर्नु उपयुक्त हुन्छ । मेराे सुझावमा उमेरकाे २०-३० दशकभित्र विवाह गरिसक्नु उपयुक्त हुन्छ ।

कानुनी उमेर नपुगि विवाह गर्नु हुँदैन । उमेर पुगेपछि धेरै ढिला गर्नु हुँदैन । उमेर पुगेपछि छिटाे विवाह गर्दा पारिवारिकि, सामाजिक, आर्थिक र राजनितिक याेजना निर्माण तथा कार्यन्वयनमा सहजता पैदा हुन्छ ।

सामान्यतया ढिलाे विवाह त्यति राम्राे हाेइन

सबै याेजनाहरु समयमै गर्न सकिन्छ । बिबाहको वेफाइदा त नभनाैं तर विहे गरेपछि व्यक्तिगत चाहानालाई पारिवारिक र सामाजिक सम्बन्धले क्रमश हस्तक्षेप गर्दै अगाडि बढ्छ ।

सामान्यतया ढिलाे विवाह त्यति राम्राे हाेइन । तर, अाफ्नाे निर्धारित लक्ष्य अनुरुपकाे अध्ययन, अनुसन्धान र याेजनाकाे सफतापछि विवाह गर्ने कुरालाइ पनि ढिला भन्नू हुँदैन ।

आजकाे सन्दर्भमा प्रेम, विवाह र पारिवारिक जीवनका पनि विभिन्न स्वरुप र कानुनी प्रावधानहरु आएका छन् । त्यसलाइ सबै आत्मसाथ गर्नैपर्दछ ।

अन्तमा, मेरो विचारमा विवाह उर्जा नै हाे । याे विचार मात्रै नभएर अनुभवमा समेत प्रमाणित भइसकेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको