July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
जनयु’द्धको रफ्तार सँगै हाम्रो प्रेमको रफ्तार पनि बढ्दै गयो

जनयु’द्धको रफ्तार सँगै हाम्रो प्रेमको रफ्तार पनि बढ्दै गयो

मंसिर १५, सल्यान । प्रिय पाठकबृन्द, २०५२ सालदेखि देशमा जनयु,द्ध आरम्भ भयो। नेपाली समाजको सम्पुर्ण उथलपुथलमा यो ऐतिहासिक परिघटना थियो । यसले बिचार, राजनीति, अर्थतन्त्र र संस्कृतिमा समेत छुट्टै बहसको सिर्जना गरेको यहाँहरूलाई थाहा नै छ ।

अहिले मंसिर महिना छ । नेपाली संस्कृति र परम्परा अनुसार यो महिनालाई बिबाहको महिना पनि भनिन्छ तर आज हामी मंसिर महिना बिशेशका कुरा गर्दै छैनौं । हामी कुरा गर्दैछौं – परम्परागत बिबाह भन्दा भिन्न मार्क्सवादी, जनबादी बिबाहको ।

यसै सन्दर्भमा आज हामीले देशमा १० बर्ष संचालित जनयु,द्धमा जनबादी बिबाह कसरी हुन्थे ? बिबाहले क्रान्ति, राजनीति र जिवनमा कस्तो प्रभाव पार्छ ? लगएत बिषयमा तत्कालीन जनयु,द्धमा जनबादी बिबाह गरेका मध्ये पुर्व अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष तथा नेकपाका युवा विद्यार्थी नेता तिलकराज भण्डारी सँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ – जनबादी प्रेम र बिबाह बारे भण्डारी सँग गरिएको रमाइलो कुराकानीमा आधारित पुर्ण पाठ ।

हामी ( तिकल राज भण्डारी र माेति बस्नेत ) ले जनवादी विबाह २०६४ पुस ३ मा गरेका हौं । विबाह गर्दा म २४ वर्ष र उनी २१ वर्षकाे थिइन । त्यतिबेला महान जनयु,द्धकाे जगमा सञ्चालित संयुक्त जनआन्दाे’लनकाे सफलता लगत्तै शान्ति प्रक्रिया चलिरहेकाे थियाे ।

राजनीतिक र सामाजिक हिसावले माअाेवादीहरुप्रति जनताकाे निकै आकर्षण थियाे । जनवादी संस्कृती र विवाहप्रति मान्छेहरुकाे निकै चासाे थियाे । सल्यान सदरमुकाम तथा श्रीनगर क्षेत्रमा हाम्राे जनवादी विवाह नै पहिलाे भएकाे थियाे ।

अखिल (क्रान्तिकारी) सल्यानकाे १३ औँ जिल्ला सम्मेलनमा नै विवाह भएकाे हुनाले सम्मेलनका प्रतिनिधि, आयाेजक, अतिथि, श्रीनगर अासपासका जनसमुदाय र हाम्राे पारिवारिक आफन्तहरु उपस्थित थिए । अतिथिकाे सन्दर्भले पार्टीकाे केन्द्रीय सदस्य टेक बहादुर बस्नेत र संगठनकाे उपाध्यक्ष रमेश मल्ल उपस्थित हुनुहुन्थ्याे ।

जनवादी विवाहहरू आ-आफ्नै सापेक्षताहरुमा सम्पन्न हुने गरेका थिए । हाम्राे सन्दर्भमा पनि आफ्नै सापेक्षतामा मार्क्सवादी प्रेम र जनवादी विवाह सम्पन्न भएकाे थियाे ।

२०६०मा प्रेम प्रस्ताव, ०६१ असाेजमा स्विकृत

म अखिल (क्रान्तिकारी) सल्यानकाे उपाध्यक्ष र माेति जिल्ला समितिकाे सदस्य रहेकाे समयमा २०६० काे अन्त्यतिर मैले प्रेम प्रस्ताव पेश गरेकाे थिए । ०६१ काे असाेजमा उनले पनि प्रस्ताव स्विकृत गरिन ।

त्यतिबेला म जिल्ला अध्यक्षकाे भुमिकामा थिए । हाम्राे प्रेम प्रस्ताव परिपक्व भएपछि संगठनकाे बैठकमा पेस गरियाे र अनुमाेदन भयाे । उक्त बैठकमा जिल्ला समितिका अन्य केही साथीहरुकाे पनि प्रेम प्रस्ताव संगठनकाे तर्फबाट अनुमाेदन गरिएकाे थियाे ।

करीब तीन वर्षसम्म जन,युद्धकाे क्रान्तिकारी रफ्तारसँगै हाम्राे मार्क्सवादी प्रेमले पनि औंफ्नै रफ्तारमा विकास गर्याे ।

जनयु’द्धकाे पेचिलाे समयमा व्यक्तिगत जीवन र प्रेमलाइ धेरै समय दिने कुरा पनि सम्भव थिएन । पाइएकाे केही समयमा पनि म संगठनकाे अध्यक्ष भएकाेले प्रेमलाइ समय दिएर छलफल गर्ने कुरामा समेत केही अप्ठेराे थियाे ।

संगठनकाे केन्द्रीय सदस्य हुन बित्तिकै मेराे संगठनात्मक कार्यक्षेत्र पाल्पा, गुल्मि, अर्घाखाँची र प्युठान तिर रह्याे भने पार्टी कमिटी पाल्पामा रह्याे र बसाइ पनि पाल्पातिर नै थियाे ।

यसै सन्दर्भमा अखिल (क्रान्तिकारी) सल्यानले १३ औं जिल्ला सम्मेलन आयाेजना गरेकाे थियाे । यहि जिल्ला सम्मेलनमा हामीले विवाह गर्ने याेजना बनायाैं ।

बिबाह भएको एक हप्तामै आआफ्नो कार्यक्षेत्र तिर

उक्त सम्मेलनबाट माेति बस्नेत जिल्ला समितिकाे सचीव निर्वाचित भइन । सम्मेलन सम्पन्न भइसकेपछि हाम्राे विवाहकाे आयाेजना भयाे ।

हामी दुबैले संयुक्त रुपमा पेस गरेकाे निवेदन पार्टी र संगठनकाे तर्फबाट स्वीकृती प्रदान गरियाे । त्यसपछि विवाह शुरु भयाे । विवाहकाे शुरुमा हामीले सँयुक्त रुपमा दिप प्र,ज्वलन गरेर टीका, माला लगाएपछि हाम्राे विवाह सम्पन्न भएकाे घाेषणा गरियाे ।

आफन्त र नेता- कार्यकर्ताहरुकाे तर्फबाट टिकामाला र उपहार प्रदान गर्नेकाे भिडभाड बढ्याे । लगत्तै शुभकामना मन्तव्यहरु शुरु भए त्यस प्रक्रियाकाे अन्त्यमा हाम्राे प्रतिबद्धता मन्तव्य सँगै विवाह सम्पन्न भयाे ।

त्यसपछि चिया खाजा शुरु भयाे । यस क्षेत्रमा खुल्ला रुपमा गरिएकाे उक्त जनवादी विवाहमा जनसमुदायकाे निकै उपस्थित थियाे । हामीले आ-आफ्नाे परिवार बाहेक अरुलाइ बाेलाएका थिएनाैं । सबै सुचना र निमन्त्रणा गर्ने कार्य संगठनले गरेकाे थियाे । त्यसदिन निर्वाचित जिल्ला समितिकाे बैठकपछि हामी आफन्तहहरु संग भेटघाटतिर लाग्याैं ।

त्यसपछि विवाहकाे लागि संगठनले दिएकाे करिव एक हप्ते विदा सकियाे र म कार्यक्षेत्रतिर लागेँ । उनी पनि आफ्नाे कार्यक्षेत्र सल्यानमा क्रियाशिल रहिन । यसरी स्वभाविक रुपमा अन्य विवाह भन्दा जनवादी विवाह प्रगतिशिल, कम खर्चिलाे, छाेटाे, छरिताे र नयाँ संस्कारकाे थियाे।

उनीलाइ चाेट लाग्दा मलाइ दुख्न थाल्याे

हाम्राे मार्क्सवादी प्रेम नै जनवादी विवाहमा परिणत भएकाे थियाे । हाम्राे क्रान्तिकारी विचार, आस्था, वर्गिय पक्षधरता र हाम्राे युवा अवस्था नै प्रेम सम्बन्धकाे पृष्ठभुमि र प्रेरक शक्ति बन्न गए ।

उनीलाइ मैले जिवनसाथीकाे रुपमा छनाैट गरेर प्रस्ताव पेश गर्नु र उनीले पनि स्वीकृति गरेपछि हामी भावनात्मक रुपमा पनि निकट रह्याैं ।

त्यसपछि हामीले व्यक्तिगत भविष्यलाई पनि संयुक्त रुपमा साेच्न थाल्याैं । उनीलाइ चाेट लाग्दा मलाइ दुख्न थाल्याे, म हाँस्दा उनी पनि हाँस्न थालिन । सायद दुइमुटु एक हुने भनेकाे यहि हाेला ।

विवाहले मेराे जीवनमा राजनितिक र सामाजिक रुपमा परिपक्वता र जिवनप्रति जिम्मेवारीबाेध तुल्यायाे । यदि हामीले वास्तविक रुपमा प्रेम र विवाहलाइ बुझेर साँचाे प्रेम र विवाहले गरेका छाैं भने विवाहले व्यक्तिगत विकास र प्रगतिलाइ राेक्ने हाेइन विकास र प्रगतिमा टेवा पुर्याउँछ ।

मेराे सन्दर्भमा हाम्राे प्रेम र विवाहले हाम्राे राजनितिक र सामाजिक जिवनलाइ एकदमै सहयाेग गरिरहेकाे छ ।

विवाहपछि सामाजिक परिपक्वता बढ्छ

अविवाहित जीवनभन्दा विवाहपछि मान्छेमा सामाजिक परिपक्वता र जिम्मेवारीबाेध बढ्छ । र, मानिसले वास्तविक रुपमा जीवन र मृत्यु, सामाजिक मूल्य मान्यता र मानविय भावना र मनाेविज्ञान तथा व्यक्तिगत जीवनका कैयाैं आयामहरुमा परिपक्वता हासिल गर्दछ ।

विवाह कहिले गर्ने भन्ने कुरा अा-अाफ्नै जिवनकाे सापेक्षतामा हुनुपर्छ । तर, कानुनी प्रावधान र सामाजिक मुल्य-मान्यता सँग प्रतिकुल नहुनेगरि पुगेकाे उमेरमा विवाह गर्नु अावश्यक छ ।

पारिवारिक र सामाजिक मुल्यमान्यता प्रतिकुल नहुने गरि सकेसम्म सुलभ र प्रगतिशिल विवाह गर्नु उपयुक्त हुन्छ । मेराे सुझावमा उमेरकाे २०-३० दशकभित्र विवाह गरिसक्नु उपयुक्त हुन्छ ।

सामान्यतया ढिलाे विवाह त्यति राम्राे हाेइन

कानुनी उमेर नपुगि विवाह गर्नु हुँदैन । उमेर पुगेपछि धेरै ढिला गर्नु हुँदैन । उमेर पुगेपछि छिटाे विवाह गर्दा पारिवारिकि, सामाजिक, आर्थिक र राजनितिक याेजना निर्माण तथा कार्यन्वयनमा सहजता पैदा हुन्छ ।

सबै याेजनाहरु समयमै गर्न सकिन्छ । बिबाहको वेफाइदा त नभनाैं तर विहे गरेपछि व्यक्तिगत चाहानालाई पारिवारिक र सामाजिक सम्बन्धले क्रमश हस्तक्षेप गर्दै अगाडि बढ्छ ।

सामान्यतया ढिलाे विवाह त्यति राम्राे हाेइन । तर, अाफ्नाे निर्धारित लक्ष्य अनुरुपकाे अध्ययन, अनुसन्धान र याेजनाकाे सफतापछि विवाह गर्ने कुरालाइ पनि ढिला भन्नू हुँदैन ।

आजकाे सन्दर्भमा प्रेम, विवाह र पारिवारिक जीवनका पनि विभिन्न स्वरुप र कानुनी प्रावधानहरु आएका छन् । त्यसलाइ सबै आत्मसाथ गर्नैपर्दछ ।

अन्तमा, मेरो विचारमा विवाह उर्जा नै हाे । याे विचार मात्रै नभएर अनुभवमा समेत प्रमाणित भइसकेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको